back
CTIZAN AD

डा. लोहनीद्वारा पृथ्वी जयन्तिलाई ‘नेपाली राष्ट्रीयता दिवस’ घोषणा गर्न माग

वि.सं.२०७७ पुस २२ बुधवार

1.1K 

shares

२२ पुष, काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले पौष २७ गतेको पृथ्वी जयन्तीलाई नेपाली राष्ट्रीयता दिवसको रूपमा घोषणा गर्न माग गरेका छन् ।

बुधबार साँझ सामाजिक सञ्जालमार्फत अध्यक्ष डा लोहनीले नेपाली राष्ट्रीयता र पहिचानका प्रबर्तक राष्ट्रनिर्माता पृथ्वी नारायण शाहको सम्झना र सम्मानमा पौष २७ गतेको पृथ्वी जयन्तिलाई नेपाली राष्ट्रियता दिवसको रुपमा घोषणा गर्न सरकारसँग माग गरेका हुन् ।

उनले आफूलाई राष्ट्रबादी भन्ने सरकारले नेपाली राष्ट्रीयता र पहिचानका प्रबर्तकको सम्झना र सम्मान गर्न नसक्नु दुर्भाग्य भएको बताएका छन् ।

सञ्जालमा उनले लेखेका छन् :

“बड़ा महाराजा पृथ्वी नारायण शाहले आफ्नो जिंदगीको अधिकांस समय नेपालको एकीकरणमा बिताउनु भयो र जिंदगी को अंतिम समय सम्ममा नेपालको निर्माताको तहमा पुग्नु भएको हो। नेपाल को अर्थ , परराष्ट्र संस्कृति ,र नेपाली एकता संबंध मा वहाका अभिब्यक्तिहरुले वहालाई राष्ट्रनिर्माताको तह माँ पुर्याएको हो । तर आफुलाई राष्ट्रबादी भन्ने सर्कारले नेपाली राष्ट्रीयता र पहिचान का प्रबर्तक को सम्झना र सम्मान को लागि पृथ्वी जयंती राष्ट्रीय दिवसको रूपमा मनाउने र नेपालका निर्माता प्रति कृतज्ञता ब्यक्त गर्न नसक्नु दुर्भाग्य हो। हामी राष्ट्रीय प्रजातंत्र पार्टी र देसभरीका नेपाली हुन माँ गौरव गर्ने देशभक्तहरु पौस २७ गते को पृथिवी जयंती नेपाली राष्ट्रीयता दिवसको रूपमा घोषणा गर्न मांग गर्दछौ।”

वि.सं.२०७७ पुस २२ बुधवार २०:१० मा प्रकाशित

मानव अधिकार पुरस्कारका लागि सिफारिस आह्वान

मानव अधिकार पुरस्कारका लागि सिफारिस आह्वान

काठमाडौं । नेपाल सरकारले मानव अधिकारको संरक्षण र संवर्द्धनमा उल्लेखनीय...

सप्तरीमा मोटरसाइकल दुर्घटना, एकजनाको मृत्यु

सप्तरीमा मोटरसाइकल दुर्घटना, एकजनाको मृत्यु

सप्तरी । सप्तरीमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु...

लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत 

लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत 

दाङ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशसभाबाट विश्वासको मत प्राप्त...

पत्रकार किशोर श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश

पत्रकार किशोर श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश

काठमाडौँ । वरिष्ठ पत्रकार तथा जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई...

मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको अनुरोध

मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको अनुरोध

काठमाडौँ । निर्वाचन आयोगले मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न...

कुटपिट गरी बुवाको हत्या गर्ने छोरा पक्राउ

कुटपिट गरी बुवाको हत्या गर्ने छोरा पक्राउ

बर्दिया । बर्दियामा आफ्नै बुवाको कुटपिट गरी हत्या गरेको आरोपमा...