back
CTIZAN AD

प्रतिनिधिसभा विघटनविरुद्धको सुनुवाई अर्को साता

वि.सं.२०७७ पुस २२ बुधवार

621 

shares

२२ पुष, काठमाडौँ । प्रतिनिधिसभा विघटनविरूद्ध परेको मुद्दाहरूमाथिको सुनुवाइ अर्को साता हुने भएको छ ।

बुधबारको संवैधानिक इजलासमा न्यायाधीश हरिकृष्ण कार्कीले नबस्ने घोषणा गरेपछि सुनुवाइ नै स्थगन भएको हो । सर्वोच्चले ले अर्को सुनुवाइ पुस २९ गते (बुधबार) गर्ने तय गरेको हो ।

बुधबारको संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणा तथा न्यायाधीश हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसीको रहेको थियो ।

तर बुधबारको सुुनुवाईमा वरिष्ठ अधिवक्ताहरुले प्रश्न उठाएपछि संसद् विघटन विरुद्धका रिटको संवैधानिक इजलासबाट न्यायाधीश कार्की अलग भएका हुन् ।

वरिष्ठ अधिवक्ता शम्भु थापा, रमण श्रेष्ठ र दिनेश त्रिपाठीले कार्कीको उपस्थितिप्रति प्रश्न उठाएका थिए । कार्की प्रधानमन्त्री ओली नेतृत्वको अघिल्लो सरकारका महान्यायाधिवक्ताको रुपमा रहेकाले मुद्दा हेर्दा स्वार्थ बाझिने वकिलहरुको तर्क थियो । बहसका क्रममा वकिलहरुले कार्कीको सहभागीताले जनतामा गलत सन्देश गएको बताएका थिए ।

सर्वोच्च अदालतमा रिट निवेदन दिएका १२ जना निवेदकहरुले संवैधानिक इजलाशको सट्टा बृहत् पूर्ण इजलासमार्फत सुनुवाई हुनु पर्ने माग सहित मंगलबार निवेदन पेश गरेका छन् । उक्त्त निवेदनलाइ आज संवैधानिक इजलास सुरु हुने वित्तिकै  दर्ता गरिएको छ ।

आउने बुधबारको संवैधानिक इजलासमा यो मुद्दाको सुनुवाइ हुने बताइएको छ । सोही इजलासले नै बृहत पूर्ण इजलासमा मुद्दा पठाउने कि नपठाउने भन्नेमा निर्णय गर्नेछ।

वि.सं.२०७७ पुस २२ बुधवार १८:४६ मा प्रकाशित

राम कार्कीको उज्ज्वल भबिस्यको कामना गर्दै प्रलोपाको संरक्षक बने जनार्दन

राम कार्कीको उज्ज्वल भबिस्यको कामना गर्दै प्रलोपाको संरक्षक बने जनार्दन

काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)को संरक्षकको जिम्मेवारीमा जनार्दन शर्मा...

इप्पान प्रतिनिधिमण्डलले भेट्यो रविलाई – ऊर्जा विकासका लागि निजी क्षेत्रलाई पूर्ण साझेदार बनाउन माग

इप्पान प्रतिनिधिमण्डलले भेट्यो रविलाई – ऊर्जा विकासका लागि निजी क्षेत्रलाई पूर्ण साझेदार बनाउन माग

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले ऊर्जा...

एआई र रोबोटिक प्रविधिले प्लास्टिक सर्जरीमा नयाँ सम्भावना

एआई र रोबोटिक प्रविधिले प्लास्टिक सर्जरीमा नयाँ सम्भावना

काठमाडौं। प्लास्टिक सर्जरी तथा पुनर्निर्माणात्मक उपचारमा कृत्रिम बुद्धिमत्ता (एआई) र...

पल्सर स्पोट्र्स अवार्डको ‘पिपुल्स च्वाइस’ विधाको मनोनयन सार्वजनिक, भोटिङ पार्टनरमा ‘खल्ती’

पल्सर स्पोट्र्स अवार्डको ‘पिपुल्स च्वाइस’ विधाको मनोनयन सार्वजनिक, भोटिङ पार्टनरमा ‘खल्ती’

काठमाडौँ । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले आयोजना गर्ने...

ग्यास विक्रेता महासङ्घले अबदेखि डिलरमार्फत ग्यास बाँड्ने

ग्यास विक्रेता महासङ्घले अबदेखि डिलरमार्फत ग्यास बाँड्ने

काठमाडौं । खाना पकाउने एलपी ग्यासको चरम अभाव भइरहेका बेला...

ओलिकाे चेतावनी – पार्टीमा बस्ने हो भने अनुशासनमा बस्नुपर्दछ

ओलिकाे चेतावनी – पार्टीमा बस्ने हो भने अनुशासनमा बस्नुपर्दछ

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी नेतृत्व...