back
CTIZAN AD

पञ्चरत्न बाछिटाको विमोचन, नयाँ विधाको बढ्दो प्रभाव

वि.सं.२०७७ पुस २२ बुधवार

780 

shares

२२ पुष, काठमाडौँ । नेपाली साहित्यमा उदीयमान विधाका रुपमा स्थापित ‘बाछिटा’ले औपचारिक यात्राहरु फराकिलो पार्दै गएको छ ।

सर्जक भरत सिग्देल, खगेन्द्र बस्याल, केशव वैरागी ‘माइलो’, नारद आचार्य ‘सुदामा’ र मधु घिमिरेले लेखेको बाछिटा संग्रह विमोचित भएपछि यसले साहित्यमा थप प्रभाव पु¥याउने निश्चित भएको हो ।

मातृभाषा संरक्षण समूह अमेरिकाले प्रकाशन गरेको र अलंकार प्रतिष्ठान नेपालले आयोजना गरेको कार्यक्रममा शिक्षाविद् डा सदानन्द कंडेलले सो पञ्चरत्न बाछिटाको विमोचन गरेका थिए । तीन–पाँच–तीन अक्षरीय  ती पंक्तिपुन्जमा प्रकृतिको बिम्व वा झलकसहित प्रतिकात्मक प्रस्तुतिका माध्यमबाट जीवन र जगका भोगाइ र अनुभूति उतार्ने काम यो विधाले गरेको छ ।

अलंकार प्रतिष्ठान नेपालकी अध्यक्ष भारती न्यौपानेको अध्यक्षतामा आयोजित सो विमोचन कार्यक्रममा अम्बिका धिताल र निर्झरीणी बनर्जीले पाँच श्रष्टाका पाँच पाँच बाछिटा बाचन गरेका थिए भने सर्जक भरत सिग्देल र खगेन्द बस्यालले बाछिटाको पृष्ठभूमि, अन्य ३ सर्जकको परीचय र प्रकाशन बारे चर्चा गरेका थिए । कार्यक्रममा बाछिटाका अमर त्यागीको योगदान बारे प्रष्ट पारिएको थियो ।

सो कार्यक्रममा रातोपाटीका सम्पादक ओम शर्मा, राष्ट्रिय बाछिटा प्रतिष्ठानका महासचिव विष्णु भट्टराई ‘विभु’, काठमाडौँ विश्वविद्यालयका प्राध्यायपक डा. काशिराज पाण्डे, प्रतिष्ठानका सल्लाहकार चेतनाथ धमला, डा नारायण गैर, शेषनाथ पौडेल र प्रसिद्ध पराजुली लगायतले मन्तव्य दिएका थिए भने बाछिटा प्रतिष्ठानकी कोषाध्यक्ष अम्बिका धिताल र शेषनाथ पौडेललाई श्रष्टाहरुले सम्मानपत्र प्रदान गरेका थिए । अलंकार प्रतिष्ठानकी महासचिव सावित्रा पाण्डे सहजीकरण गरेको र कोषाध्यक्ष लक्ष्मी थापाको स्वागत मन्तव्य रहेको सो कार्यक्रममा भवानी पाण्डे, केशव नेपाल, सविता केसी, श्याम माकाजु लगायतले बाछिटा बाचन गरेका थिए ।

बाछिटामा तीन–पाँच–तीन लेख्य अक्षर हुन्छन् । यसको पहिलो पंक्तिमा विषयको उठान, दोस्रोमा भावको विस्तार र तेस्रोमा विषयको पुष्टि वा बैठान हुने गर्दछ ।

वि.सं.२०७७ पुस २२ बुधवार २०:२२ मा प्रकाशित

खुल्ला कविता प्रतियोगितासहित मनाइयो अफ्रिकामा २१३ औं भानु जयन्ती

खुल्ला कविता प्रतियोगितासहित मनाइयो अफ्रिकामा २१३ औं भानु जयन्ती

नैरोबी, केन्या । २१३ औं भानु जयन्तीको अवसरमा अन्तर्राष्ट्रिय नेपाली...

नेपाल -भारत चारु साहित्य आठौँ वार्षिकोत्सब तथा २१३ औं भानुजयन्ती सम्पन्न

नेपाल -भारत चारु साहित्य आठौँ वार्षिकोत्सब तथा २१३ औं भानुजयन्ती सम्पन्न

दाङ । लमही नगरपालिका र चारु साहित्य प्रतिष्ठान लुम्बिनी प्रदेशको...

आज आदिकवि भानुभक्तको २१३ औँ जन्मजयन्ती विविधि कार्यक्रम गरी मनाइँदै

आज आदिकवि भानुभक्तको २१३ औँ जन्मजयन्ती विविधि कार्यक्रम गरी मनाइँदै

काठमाडौँ । आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्ती आज देश तथा...

कविता : आमा तिमी इश्वर

कविता : आमा तिमी इश्वर

अलख निरन्जन लोहार टीकापुर , कैलाली हाल : भारत आमा...

चारु

चारु

डा. ठाकुर माेहन श्रेष्ठ,काठमाडौँ झुटो आरोप नलगाऊनु हतारमा पत्याउनेको कमी...

झिल्का कविताहरू

झिल्का कविताहरू

बाबुराम गौतम, गुल्मी १. सपना नछोड्नू कहिल्यै ताकेको लक्ष्य छुट्नसक्छ...