back
CTIZAN AD

प्राङ्गारिक खेतीतर्फ उन्मुख हुँदै स्थानीय तह

वि.सं.२०७७ पुस २४ शुक्रवार

723 

shares

२४ पुष, बझाङ । पछिल्लो समय स्थानीय तहले खेती प्रणालीलाई प्राङ्गारिक बनाउन लागेका छन् ।

रासायनिक मल र विषादीले मानव स्वास्थ्य र माटो बिगार्ने बुझेपछि स्थानीय तहले प्राङ्गारिक खेतीतर्फ उन्मुख भएका हुन् ।

यहाँस्थित तीनवटा स्थानीय तहमा प्राङगारिक खेती प्रणाली अपनाउन किसानलाई सूचित गर्ने व्यवस्था गर्दै आएका छन् । त्यसमा पनि पछिल्लो समय कृषि ज्ञान केन्द्रबाट प्राङगारिक खेतीका लागि रकम छुट्टिन थालेपछि अझै सहज भएको छ । यस वर्ष मात्र कृषि ज्ञान केन्द्रमार्फत रु ४१ लाख ५० हजार बजेट विनियोजन भएको छ ।

ती स्थानीय तहमा क्लष्टर छनोट गरेर कार्यक्रम कार्यान्वयन गरिने कृषि ज्ञान केन्द्रका प्रमुख टेकबहादुर विष्टले जानकारी दिए । यसका लागि केन्द्रले जैविक विषादी, जैविक मल बनाउने, गड्यौला मल उत्पादनका लागि गड्यौलापालन, भकारो सुधारमा सहयोग गरिरहेको उनको भनाइ छ ।

सरकारले प्राङगारिक उपजको प्रमाणीकरण, प्राङगारिक उत्पादनको प्रशोधन, रासायनिक विषादीको प्रयोग नगरी गरिने उत्पादन र परम्परागत पद्धतिबाट हुने कृषि उत्पादनको प्रवद्र्धन गर्न बजेट विनियोजन गरेको हो । त्यसका लागि प्राङगारिक खेती पद्धतिको लागि सचेतना अभिवृद्धि गर्ने, प्राङगारिक उत्पादनका लागि आवश्यक सामग्रीमा सहयोग गर्ने, प्रविधि हस्तान्तरण गर्नेदेखि बजारीकरणसम्ममा सहयोग पुग्ने क्रियाकलाप सञ्चालन हुनेछन् ।

त्यस्तै उत्पादन विविधीकरण गर्ने, उत्पादित वस्तुको प्याकेजिङ लेबलिङ गरेर मूल्य अभिवृद्धि गरिनेछ । प्राङगारिक खेतीका लागि संरक्षित संरचनाभित्र बालीको उत्पादनका लागि नयाँ संरचना बनाउन सहयोग गर्ने, पुरानो संरचनालाई सुधार गर्नेदेखि खुला जमिनमा खेती गर्ने प्रणालीलाई समेत सहयोग गर्ने कार्यक्रम छन् । कार्यक्रम लागू भएको ठाउँमै बजार प्रवद्र्धनको केन्द्र बनाइने केन्द्रका प्रमुख विष्टले जानकारी दिए ।

यसरी उत्पादन भएको अर्गानिक कृषिउपजको जिल्लामा एउटा कोशेली घर निर्माण गरी खरिद गर्ने र धनगढी, काठमाडौँसम्म ढुवानी गर्नका लागि त्यहाँ पनी बझाङ कोशेली घर निर्माण गरी बजार व्यवस्थापन गरिने उनको भनाइ छ ।

वि.सं.२०७७ पुस २४ शुक्रवार १५:५६ मा प्रकाशित

विद्यालयबाट फर्किने क्रममा बेपत्ता बालिका खोलामा मृत भेटिइन्

विद्यालयबाट फर्किने क्रममा बेपत्ता बालिका खोलामा मृत भेटिइन्

घोडाघोडी (कैलाली) । कैलालीमा विद्यालयबाट घर फर्किने क्रममा सम्पर्कविहीन भएकी...

आम्दानीको प्रमुख माध्यम बंगुर र माछापालन

आम्दानीको प्रमुख माध्यम बंगुर र माछापालन

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–८ बेलडाँडीका तेजबहादुर चौधरीले डिउरो जातको बंगुरपालन...

पहिचान खुल्ने डरले टाढाको अस्पताल पुगेर सेवा लिन्छन् एचआइभी सङ्क्रमित

पहिचान खुल्ने डरले टाढाको अस्पताल पुगेर सेवा लिन्छन् एचआइभी सङ्क्रमित

दुर्गा देवकोटा, टीकापुर (कैलाली) । एचाइभी सङ्क्रमितलाई समाजमा अझै सम्मानजनक...

जालपादेवी केबलकारः कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

जालपादेवी केबलकारः कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

टिकाराम सुनार, सुदूरपश्चिम । माथिबाट बग्दै आएको नेपालकै लामो कर्णाली...

सैन्य अभ्यासका क्रममा एक जनाको मृत्यु

सैन्य अभ्यासका क्रममा एक जनाको मृत्यु

गोदावरी (कैलाली) । लम्कीचुहा नगरपालिका–३ स्थित गोरङ्गे ब्यारेकमा सैन्य तालिमका...

अनैतिक गतिविधिमा संलग्न रहेका भारतीयसहति २४ जना नियन्त्रणमा

अनैतिक गतिविधिमा संलग्न रहेका भारतीयसहति २४ जना नियन्त्रणमा

कैलाली। धनगढी उपमहानगरपालिका बजार क्षेत्रका विभिन्न होटलमा अनैतिक गतिविधि भइरहेको...