back
CTIZAN AD

विवरण सुधारेर पठाउन भन्दै निर्वाचन आयोगले पठायो नेकपाका दुवै समुहलाई पत्र (पत्रसहित)

वि.सं.२०७७ पुस २४ शुक्रवार

885 

shares

पुस २४, काठमाडौं । निर्वाचन आयोगले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दुवै समुहलाई विवरण सुधारेर पठाउन पुनः पत्र पठाएको छ । आयोगले सात दिनको म्याद राख्दै नेकपाका दुवै समुहलाई पत्र पठाएको हो ।

आयोगले नेकपाको दुई अध्यक्षले छुट्टाछुट्टै पत्र पठाएका विषयमा विवरण नमिलेको भन्दै विवरण अद्यावधिक गरि पठाउन भनेको हो ।

‘राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ५१ र राजनीतिक दलसम्बन्धी नियमावली २०७४ को नियम २५ मा भएको कानूनी व्यवस्था, दुई अध्यक्षले छुट्टाछुट्टै पत्र व्यवहार गरी पठाएकामा आपसमा नमिलेका विवरण व्यहोरा र माथि उल्लेख गरिए बमोजिमको दलको विधानमा रहेका यस विषयसँग सम्बन्धित प्रावधानका आधारमा दलको विवरण अद्यावधिक गर्न सुधारसहितको विवरण आउनुपर्ने र त्यस्तो विवरण उल्लेखित ऐन, नियमावलीको व्यवस्था र सो दलको विधान सम्मतसमेत हुनुपर्ने देखिएकोले सुधारसहितको विवरण ७ (सात) दिनभित्र पेश गर्न नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पत्राचार गर्ने भनी आयोगबाट मिति २०७७।०९।२३ मा निर्णय भएको हुँदा जानकारीको लागि अनुरोध छ’, पत्रमा भनिएको छ ।

निर्वाचन आयोगले यसअघि पनि पुस १७मा छुट्टाछुट्टै पत्र पठाई आधिकारिकता दाबी गर्न भनेको थियो । जसमा प्रचण्ड पक्षलाई दाबी गर्न सात दिन र ओली पक्षलाई जानकारी गराउन १ महिनाको समयसीमा दिएको थियो । जसपश्चात आयोगले सात दिने म्यादसहित दुवै पक्षलाई पत्र पठाएको हो ।

यस्तो छ आयोगले पठाएको पत्र

वि.सं.२०७७ पुस २४ शुक्रवार १५:५१ मा प्रकाशित

‘तीन ढुंगाबीचको तरुल’ बहसमा : नेपालको भूराजनीतिबारे पूर्वराजदूतहरूको सरकारलाई चेतावनी

‘तीन ढुंगाबीचको तरुल’ बहसमा : नेपालको भूराजनीतिबारे पूर्वराजदूतहरूको सरकारलाई चेतावनी

काठमाडौं । नेपालको भूराजनीतिक अवस्थाबारे आयोजित एक अन्तरक्रिया कार्यक्रममा पूर्वराजदूत...

प्रधानमन्त्रीका प्रमुख सल्लाहकारलाई जेन्जी अभियन्ता रक्षा बमको प्रश्न – ‘मान्छेको ज्यानभन्दा स्टन्ट ठूलो हो?’

प्रधानमन्त्रीका प्रमुख सल्लाहकारलाई जेन्जी अभियन्ता रक्षा बमको प्रश्न – ‘मान्छेको ज्यानभन्दा स्टन्ट ठूलो हो?’

काठमाडौं । जेन्जी अभियन्ता रक्षा बमले प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार...

नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा संगीता पहाडी अर्याल पुनर्बहाली

नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा संगीता पहाडी अर्याल पुनर्बहाली

काठमाडौँ । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को प्रबन्ध...

हर्ट अट्याकलाई जित्दै नयाँ जीवन : नजिकैको उपचारले बचायो

हर्ट अट्याकलाई जित्दै नयाँ जीवन : नजिकैको उपचारले बचायो

काठमाडौं । मुटुका दुईवटा महत्वपूर्ण नसा एकैसाथ बन्द भई गम्भीर...

पोखरा कलेज अफ म्यानेजमेन्टमा नमुना पत्रकार सम्मेलन

पोखरा कलेज अफ म्यानेजमेन्टमा नमुना पत्रकार सम्मेलन

काठमाडाैँ । पोखरा कलेज अफ म्यानेजमेन्टमा बिबिए आठौँ सेमेस्टरका विद्यार्थीहरूले...

पहिरोमा परी चार महिने शिशुको मृत्यु

पहिरोमा परी चार महिने शिशुको मृत्यु

काठमाडौं । दोलखाको कालिञ्चोक गाउँपालिका १ क्याङ्पोलमा पहिरोमा परि चार...