back
CTIZAN AD

खानेपानी ब्यवस्थापन बोर्डको दुई करोड बढी बक्यौता उठ्न बाँकी

वि.सं.२०७७ पुस २६ आइतवार

669 

shares

२६ पौष, भरतपुर । भरतपुर खानेपानी व्यवस्थापन बोर्डमा रु दुई करोड ५६ लाख १८ हजार ३५८ महसुल बक्यौता उठ्न बाँकी रहेको छ । महसुल नतिर्नेमा सरकारी कार्यालय, विभिन्न सङ्घसंस्थादेखि व्यक्तिगत घरसम्म रहेको बोर्डका प्रशासन शाखा प्रमुख तथा सूचना अधिकारी सञ्जय बरालले जानकारी दिए।

उनका अनुसार आर्थिक वर्ष २०७६/७७ को असारसम्मा रु एक करोड ३० लाख ४८ हजार महसुल उठाउन बाँकी थियो । चालु आव २०७७/७८ को साँढे पाँच महिनामा रु एक करोड २५ लाख ७० हजार ३५८ थपिएको हो । पटक–पटक ताकेता गर्दा पनि महसुल उठाउन नसकिएको उनले बताए । नतिर्नेलाई पटक–पटक पत्राचार गरिराखिएको उनले बताए। रिडरमार्फत जानकारी पनि गराउने गरिएको छ, जति गरे पनि नतिरेमा अन्तिममा आफूहरु खानेपानीको लाइन काट्न बाध्य हुने उनको भनाइ छ ।

बोर्डको कार्यक्षेत्र समग्र महानगर हो । तर, बोर्डले भरतपुरको १ देखि १६ सम्म र २२ नं वडामा खानेपानी सुविधा पु¥याएको छ । वडा नं १७ देखि २१ र २३ देखि २९ सम्मका कुनै ठाउँमा उपभोक्ता समितिमार्फत खानेपानी पुगेका छन् भने कुनै ठाउँमा पुगेका छैनन् । बोर्डले सबै ठाउँमा खानेपानी पु¥याउनका लागि काम गरिरहेको बराल बताछन् । यो आवमा दुई हजार नयाँ धारा जडान गरिएको उनले बताए।

हालसम्म बोर्डका ३० हजार ग्राहक छन्अर्थात् ३० हजार धारा जडान गरिएका छन् । अब ग्रामीण भेगहरुमा खानेपानी पु¥याउन बाँकी रहेको बरालको भनाइ छ । रासस

वि.सं.२०७७ पुस २६ आइतवार १०:३९ मा प्रकाशित

नेप्से परिसूचक छ दशमलव ११ अङ्कले बढ्यो

नेप्से परिसूचक छ दशमलव ११ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

दुई विधेयक दफावार छलफलका लागि समितिमा पठाउने प्रस्ताव स्वीकृत

दुई विधेयक दफावार छलफलका लागि समितिमा पठाउने प्रस्ताव स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभाले विभिन्न दुई विधेयक दफावार छलफलका लागि सम्बन्धित...

पहिरो पन्छाएर नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

पहिरो पन्छाएर नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

चितवन । नारायणगढ–मुग्लिन सडकको १५ ठाउँमा खसेको पहिरो हटाएपछि सडक...

चालु आर्थिक वर्षके ११ महिनामे २१ खरब २० अरब रेमिट्यान्स आएल

चालु आर्थिक वर्षके ११ महिनामे २१ खरब २० अरब रेमिट्यान्स आएल

काठमाण्डौँ । चालु आर्थिक वर्षके ११ महिनामे नेपालमे २१ खरब...

प्रतिनिधिसभाः विपद् जोखिमसहित समसामयिक विषयमा ध्यानाकर्षण

प्रतिनिधिसभाः विपद् जोखिमसहित समसामयिक विषयमा ध्यानाकर्षण

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा भाग लिनुहुने सांसदहरूले...

आदिकविले भाषिक एकतालाई बलियो बनाउनुभयो ः सभामुख अर्याल

आदिकविले भाषिक एकतालाई बलियो बनाउनुभयो ः सभामुख अर्याल

काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले नेपाली भाषा, साहित्य र संस्कृतिका...