२८ पौष, काठमाडौं । दुईदिन लगातार उच्च मुल्यमा गिरावट भएको सुनको मूल्य आज फेरि ६ सय रुपैँयाले उकालो लागेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला रु ९२ हजार ८०० मा कारोवार गर्ने गरी मूल्य निर्धारण गरिएको छ । सोमबार छापावाल सुन तोलामा रु ९३ हजार २ सयमा कारोवार भएको थियो ।
यस्तै तेजाबी सुन आजका लागि तोलामा रु ९२ हजार ३०० तोकिएको छ । सोमबार तोलामा रु ९१ हजार ७०० मा कारोवार भएको थियो । चाँदी तोलामा रु ३२० ले बढेको छ ।
सोमबार रु एक हजार २३० मा कारोवार भएको चाँदी आज भने रु एक हजार २५० मा कारोवार हुने गरी मूल्य निर्धारण गरिएको छ ।
वि.सं.२०७७ पुस २८ मंगलवार १२:३२ मा प्रकाशित






























