back
CTIZAN AD

पर्सामा ८० प्रतिशत किसान धान खेतीतर्फ आकर्षित

वि.सं.२०७७ पुस २८ मंगलवार

612 

shares

२८ पुष, पर्सा । सरकारले निजीस्तरको गल्ला व्यापारीभन्दा बढी मूल्यमा धान खरीद गर्न थालेपछि पर्सा जिल्लाका किसान धान खेतीतर्फ आकर्षित हुँदै गएको छ ।

सरकारले पछिल्लो केही वर्षदेखि नेपाली धान खरीदको समर्थन मूल्य तोकेर खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमार्फत किसानको धान खरीद गर्न शुरु गरेको हो ।

सरकारले धान रोपाइँ नहँुदै गत असारमा धानको समर्थन मूल्य तोकेको थियो । जसअनुसार मोटा धानको मूल्य प्रतिक्विन्टल दुई हजार ७३५ र मध्यम धानको प्रतिक्विन्टल रु दुई हजार ८५५ तोकेको थियो । आर्थिक वर्ष २०७६/७७ को तुलनामा प्रतिक्विन्टल रु २०० भन्दा बढी मूल्य तोकेको हो । यसअघि मोटा धानको समर्थन मूल्य प्रतिक्विन्टल दुई हजार ५३१ रुपैयाँ ८० पैसा र मध्यम धानको समर्थन मूल्य दुई हजार ६७३ रुपैयाँ प्रतिक्विन्टल तोकेको थियो ।

आव २०७७/७८ को नीति तथा कार्यक्रममा किसानको लागतका आधारमा उत्पादनको उचित मूल्य प्राप्त गर्ने गरी कृषि उपजको बजारीकरणको प्रबन्ध गरिने नीतिअनुरुप सरकारले धानको समर्थन मूल्य तोकेको हो । सरकारले निजीस्तरको गल्ला व्यापारीभन्दा बढी मूल्यमा धान खरीद गर्न थालेपछि किसान धान खेतीतर्फ थप आकर्षित हुन थालेका छन् । यता, रोग किराको प्रकोप, हावाहुरीले धानको बालामा दाना नलाग्नु तथा परागसेचन नभए पनि पर्सा जिल्लामा चालू आवमा रु सात करोड ४४ लाख १७ हजार मूल्य बराबरको दुई हजार ७५० मेट्रिक टनभन्दा बढी धान उत्पादन भएको कृषि ज्ञान केन्द्र रानीघाटले जनाएको छ ।

चालू आव २०७७/७८ मा पर्सा जिल्लाका किसान ४७ हजार ५० हेक्टर क्षेत्रफलमा धान खेती गरेकामा प्रतिहेक्टर चार दशमलव ८५ प्रतिशत उत्पादकत्वका हिसाबले दुई लाख २८ हजार ५६० मेट्रिक टन धान उत्पादन गरेको छ । जुन अघिल्लो आव २०७६/७७ भन्दा दुई हजार ७२० मेट्रिक टनभन्दा बढी उत्पादन भएको देखिन्छ । किसानले अघिल्लो आव २०७६/७७ मा ४७ हजार ५० हेक्टर क्षेत्रफलमा धान खेती गरेकामा प्रतिहेक्टर चार दशमलव आठ मेट्रिक टन उत्पादकत्वको हिसाबले दुई लाख २५ हजार ८४० मेट्रिक टन धान उत्पादन भएको थियो । प्राप्त तथ्याङ्कअनुसार अघिल्लो वर्षको तुलनामा यस वर्ष रु सात करोड ४४ लाख १७ हजार ६०० मूल्य बराबरको दुई हजार ७५० मेट्रिक टनभन्दा बढी धान उत्पादन भएको बाली विकास अधिकृत सुरेशप्रसाद चौरसियाले बताए ।

धान खेती गर्दै आएका जिल्लाका ८५ प्रतिशत किसान यस वर्ष पर्सामा सोना मन्सुली, स्वर्णासव १, बास्मती, काला नमक, कतरनी, हर्दिनाथ १ र युएस ३१२, ६६४४ जातका धानको खेती गरी मगन्य आर्थिक लाभ लिन सफल भएका छन् । नगदे तथा मुख्य बालीका रुपमा रहेको धान खेतीलाई स्थानीय निकायले प्राथमिकतामा नराख्नु, समयमा मल खाद्य नपाउनु, बीउ उपलब्ध नहुनु तथा कृषि प्राविधिक नहुनु जस्ता कारणले यस वर्ष सोचेजस्तो धान उत्पादन नभए पनि गत वर्षको तुलनामा बढी उत्पादन भएको बागवानी अधिकृत श्यामकिशोर प्रसादले बताए ।

यस वर्ष १५ बिघा क्षेत्रफलमा धानखेती गरेकामा मल खाद्य नपाएर भारतीय मलको प्रयोगले सोचेजस्तो धान उत्पादन हुन नसकेको बताउँदै वीरगञ्ज महानगरपालिका–१७ अलौँका किसान रामविनय यादवले भने, “समयमा मल खाद्य नपाउँदा भारतीय मलको प्रयोगले उत्पादनमा ह्रास आए पनि गत वर्षभन्दा यस वर्ष धान उत्पादन सन्तोषजनक भएको हो ।” भारतीय पक्षले समयमा गण्डक नहरमा पानी नछाड्दा सिँचाइको अभावमा धान खेती प्रभावित भएको छ भने स्थानीय तहले कृषि प्राविधिकलाई अन्यत्र काममा लगाउने गरेकाले धान खेती प्रभावित हँुदै गएको किसानको जिकिर छ ।

सरकारले सोना मन्सुली धान उत्पादनमा प्रतिबन्ध लगाए पनि पर्सा जिल्लामा ७० प्रतिशत किसान सोना मन्सुली धान नै उत्पादन गर्दै आएको छ ।

वि.सं.२०७७ पुस २८ मंगलवार १६:२० मा प्रकाशित

‘तीन ढुंगाबीचको तरुल’ बहसमा : नेपालको भूराजनीतिबारे पूर्वराजदूतहरूको सरकारलाई चेतावनी

‘तीन ढुंगाबीचको तरुल’ बहसमा : नेपालको भूराजनीतिबारे पूर्वराजदूतहरूको सरकारलाई चेतावनी

काठमाडौं । नेपालको भूराजनीतिक अवस्थाबारे आयोजित एक अन्तरक्रिया कार्यक्रममा पूर्वराजदूत...

प्रधानमन्त्रीका प्रमुख सल्लाहकारलाई जेन्जी अभियन्ता रक्षा बमको प्रश्न – ‘मान्छेको ज्यानभन्दा स्टन्ट ठूलो हो?’

प्रधानमन्त्रीका प्रमुख सल्लाहकारलाई जेन्जी अभियन्ता रक्षा बमको प्रश्न – ‘मान्छेको ज्यानभन्दा स्टन्ट ठूलो हो?’

काठमाडौं । जेन्जी अभियन्ता रक्षा बमले प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार...

हर्ट अट्याकलाई जित्दै नयाँ जीवन : नजिकैको उपचारले बचायो

हर्ट अट्याकलाई जित्दै नयाँ जीवन : नजिकैको उपचारले बचायो

काठमाडौं । मुटुका दुईवटा महत्वपूर्ण नसा एकैसाथ बन्द भई गम्भीर...

पहिरोमा परी चार महिने शिशुको मृत्यु

पहिरोमा परी चार महिने शिशुको मृत्यु

काठमाडौं । दोलखाको कालिञ्चोक गाउँपालिका १ क्याङ्पोलमा पहिरोमा परि चार...

बाढीले खाली ट्रक बगाएपनि चालक पौडिएर जोगिए

बाढीले खाली ट्रक बगाएपनि चालक पौडिएर जोगिए

काठमाडौं । मकवानपुरको हेटौंडा उपमहानगरपालिका(१७ हटियास्थित शिवम् सिमेन्ट फ्याक्ट्री नजिक...

धार्मिक आस्थादेखि पर्यटन समृद्धितर्फ उन्मुख ऐतिहासिक नगरी जनकपुरधाम

धार्मिक आस्थादेखि पर्यटन समृद्धितर्फ उन्मुख ऐतिहासिक नगरी जनकपुरधाम

महेन्द्रनगर (धनुषा) । मिथिलाको ऐतिहासिक राजधानी तथा माता सीताको जन्मभूमिका रुपमा...