back
CTIZAN AD

रेसुङ्गा नगरपालिकाको उदाहरणीय कार्य : किसानका उत्पादन घरबाटै बजार पुग्छन्

वि.सं.२०७७ पुस २८ मंगलवार

816 

shares

पुस २९, गुल्मी । गुल्मीको रेसुङ्गगा नगरपालिका वडा नं १० की मिना पाण्डे व्यवसायिक कृषक हुन् । विगतमा आफूले उत्पादन गरेको कृषिजन्य सामग्री बेच्नका लागि डोकोमा बोकेर बजार धाउथिन् मिना । तर, आजभोली उनको दैलोमा हप्ताको २ दिन नगरपालिकाको गाडी आउँछ । नगरपालिकाले त्यो दिनको कृषि सामग्रीको मूल्य पनि बोकेर आउँछ । अनि मीनाले बारीमा उत्पादन गरेको कृषिजन्य सामग्री नगरपालिकाको गाडीमा हालेर बजार पठाउँछिन् ।

यतिबेला मख्ख छिन् मिना आफूले उत्पादन गरेको तरकारी लगायतका कृषि सामग्री डोकोमा बोकेर बजार पुग्नु पर्दैन ।

‘धेरै वर्ष भयो कृषि व्यवसायमा लागेको तर १ वर्षदेखि सहज भएको छ, आफूले गरेको उत्पादन आफै बोकेर बजार पुग्नु पर्दैन, नगरपालिकाले राम्रो काम गरेको छ’ संसारन्युजसँग कुरा गर्दै पाण्डेले भन्छिन्, ‘सामग्री केही सस्तोमा बेच्न परेपनि बोकेर जानुपर्ने दुःख, नबिकेर घर फर्काएर गाइवस्तुलाई खुवाउनु पर्ने समस्याबाट मुक्त भएका छौं ।’

हाल तीन रोपनीमा व्यवसायीक कृषि खेती गरेकी ३४ वर्षीया मिनाले यो सिजनमा फूलगोवि ३ क्विन्टल, बन्दा ४ क्विन्टल, टमाटर ५ क्विन्टल र ब्रोकाउली २ क्विन्टल फलाइन् । त्यो सबै नगरपालिकाको गाडीले बजारमा लगेर बेचिदियो ।

श्रीमान भारतमा बसेर कमाइ गरेपनि मिना एक्लैले खेती धानिरहेकी थिइन् । तर, कोरोना महामारीका कारण श्रीमान पनि फर्किएर आएपछि अहिले दुवैजना कृषिमा लागिरहेको बताउँछिन् मिना । ‘कोरोनाका कारण उहाँपनि फर्किएर आउनु भयो खुसी छौं । अहिले दुवैजना उत्पादनमा लागेका छौं ।’

मिनाजस्तै बासखर्कमा मान कुमारी मल्ल, पवित्रा पाण्डेलगायतले व्यवसायिक खेती गरिरहेका छन् । तर, लामो समयदेखि कृषि पेशामा लागेकी मिनाले अहिलेसम्म राज्यका तर्फबाट सहुलियत ऋण वा अनुदान नपाएको गुनासो गरिन् । ‘हामी उत्पादनमा लागिरहेका छौं राज्यले पनि हाम्रो मेहनतमा आखाँ पुर्यादिए हुने । हामीले अनुदान सहुलियत केही पनि लिन पाएका छैनौं ।’

त्यस्तै अर्का किसान छन् राजन कुँवर । मलेसियामा १० वर्ष बसेर गत फागुनमा घर फर्किएका हुन् । घर फर्किएका उनलाई त्यसै बस्न मन नलागेपछि आफूजस्तै विदेशबाट फर्किएका सुवास कुँवर, फर्सुराम कुँवर, रवि कुँवर, टोप बहादुर कुँवर र टेक राज कुँवर मिलेर मोहराइमा ७० देखि ७५ रोपनी जग्गा लिएर कृषि फर्म सन्चालन गरेका छन् ।

गत जेठदेखि पूर्वाधार निर्माण गरेर कृषिमा लागेका उनीहरुले असार–साउनमा बोडी र सिमी बेचेका थिए । उनीहरुले यो सिजनमा १५ देखि २० रुपैयाँ केजीमा ५ क्विन्टल मुला, ३० देखि ३५ रुपैयाँ केजीमा साढे २ क्विन्टल बन्दा, गाजर, मटर लगायतका तरकारी बेचेको संसारन्युजलाई बताए ।

‘हामीजस्ता किसानलाइ ठूलो राहत दिएको छ नगरपालिकाले । केही पनि उत्पादन खेर जाँदैन । हप्ताको २ पटक नगरपालिकाको गाडी आएर तरकारी लगिदिन्छ । रेट लिस्ट पनि बजार अनुसारको बनाएर ल्याउनुहुन्छ ।’ कुँवरले संसारन्युजसँग खुसी व्यक्त गरे ।

वन जंगल रहेको ७० देखि ७५ रोपनी बाँझोबारी खोस्रीएर उनीहरुले उत्पादन योग्य बनाएका छन् । उक्त जग्गालाई खेतीयोग्य बनाउन उनीहरुले झण्डै ८ लाख रुपैयाँ खर्च गरिसकेका छन् । तर, राज्यले विदेशबाट फर्किएर उद्योग तथा कृषि व्यवसायमा लाग्नेलाई सहुलियत ऋण तथा अनुदान दिने भनेको भएपनि उनीहरुले त्यो भने लिन पाएका छैनन् ।

‘पूर्वाधार निर्माणका लागि ८ लाख खर्च भयो । कुनै अनुदान वा सहुलियत लिएका छैनौं । विभिन्न ठाउँमा आवेदन भने दिएका छौं ।’ हातमा विदेश गएर आएको प्रमाण ६ भाइको ६ वटा पासर्पोट भए पनि राज्यद्धारा पाउने सहुलियत नपाएको उनले बताए । कुँवरले अब बाख्रा कुखुरा पालनका लागि खोर निर्माणको कार्यमा आफूहरु लागिरहेको बताए ।

नगरपालिकाको उदाहरणीय कार्य

देशका विभिन्न जिल्लामा रहेका किसानहरुको उत्पादनले बजार नपाइरहेको अवस्थामा गुल्मीको रेसुङ्गा नगरपालिकाले भने एकवर्षदेखि उदाहरणीय कामगर्दै आएको छ । नगरपालिकाले गतवर्ष कात्तिक महिनादेखि किसानका घरमै पुगेर किसानको बारीमा उत्पादन भएका १ पाउदेखि क्विन्टल सम्मका तरकारीलगायतका कृषि सामग्री खरिद गरिदिएर आफै बजार पुर्यादिने गरेको छ । यसले किसानको उत्पादनले सहज रुपमा बजार पाएको र मोटरसाइकल, डोको वा ट्याक्टरमा बोकेर बजारमा लैजाने किसानको पीडा पनि अन्त्य गरिएको नगरप्रमुख डिल्लीराज भुसाल बताउँछन् ।

‘हामीले गत कात्तिकदेखि यसको सुरुवात गरेका थियौं । किसानको उत्पादन बढाउन र उहाँहरुको लागि सहज व्यवस्थाका लागि हामीले उत्पादन गर्नुहोस्, उत्पादनका समस्या, सिँचाइ, टनेल, वीउ, मल लगायतका आवस्यक सामग्री सहयोग गर्ने प्रतिबद्धता गरेका थियौं,’ नगरप्रमुख भुसालले भने, ‘तपाइहरुले उत्पादन गरेको चिज तपाइहरुले डोकोमा बोकेर हिड्नु पर्दैन, घरमै आएर हामीले उठाउने गछौं र तत्कालै पैसा दिन्छौ भनेर सुरु गरेका थियौं ।’

राम्रोसँग चल्दै आएको काम कोरोना महामारीका कारण चैतदेखिका लकडानका कारण र बैशाखदेखि रोकेर फेरि पुसदेखि पुनः काम सुरु गरेको पनि नगरप्रमुख भुसालले बताए । भुसालका अनुसार धेरै उत्पादन गर्नेहरुको घरमै गएर ल्याउने गरिन्छ भने कम उत्पादन गर्नेहरुको कलेक्सन सेन्टर बनाएर उठाउने गरिन्छ ।

‘हामी आफैँ काटा लिएर जान्छौं, पैसा तत्कालै तिरेर गाडीमा राखेर ल्याउछौं, अनि हामी आफैले मार्केटमा पुर्याउँछौ, वडा नं ९ मा बजार संचालन गरेका छौं, पछि धेरै उत्पादन भएर गुल्मी जिल्लाले उहाँहरुको सामग्री खपत गर्न सकेन भने हामीले बुटवल लगेर पनि बेचिदिन्छौं भनेर किसानलाई विश्वस्त बनाएका छौं’ भुसालले संसारन्युजसँग भने ।

भुसालले आफ्नो नगरपालिकाभित्रका वडा मात्र नभएर अर्घाखाँचीको ढिकुराका किसानले उत्पादन गरेको तरकारीसमेत त्यहाँको बजारमा ल्याएर बेचि दिएको बताए । पानी प्रसस्त नभएका कारण उत्पादनमा समस्या भएपनि पानी पोखरी निर्माण गरेर आकासेपनि जम्मा गरेर पनि काम गरिरहेको उनले बताए । साथै बीउ मल पनि आवस्यकता अनुसार उपलब्ध गराएको र उत्पादनको आधारमा अनुदान दिने काम गरेको पनि उनले बताए ।

भुसालका अनुसार तरकारी मात्र नभएर किसानले उत्पादन गरेका सबै प्रकारका कृषि जन्य सामाग्रीहरु खरिद गर्ने गरेको छ नगरपालिकाले । जसमा दूध, खसी कुखुरा, कोदो, मकैलगायतका खाद्य वस्तु पनि नगरपालिकाले उठाइदिने गरेको छ ।

‘कृषक उत्साहित छन् । राम्रो आम्दानी गरिरहेका छन् ।’ भुसालका अनुसार अन्य गाउँपालिकामा उत्पादन भएको मकै कोदो पनि त्यहाँ ल्याएर बेच्ने गरिएको छ । त्यसका लागि अहिले नगरकै कर्मचारी खटिएका छन् । उनीहरु समय तोकेर किसानकोमा पुग्ने र सामग्री खरिद गरेर ल्याउने काम गरिरहेका छन् । साथै त्यसका लागि नगरपालिकाले छुट्टै समिति समेत बनाएर काम गरिरहेको छ ।

वि.सं.२०७७ पुस २८ मंगलवार १६:१९ मा प्रकाशित

‘तीन ढुंगाबीचको तरुल’ बहसमा : नेपालको भूराजनीतिबारे पूर्वराजदूतहरूको सरकारलाई चेतावनी

‘तीन ढुंगाबीचको तरुल’ बहसमा : नेपालको भूराजनीतिबारे पूर्वराजदूतहरूको सरकारलाई चेतावनी

काठमाडौं । नेपालको भूराजनीतिक अवस्थाबारे आयोजित एक अन्तरक्रिया कार्यक्रममा पूर्वराजदूत...

प्रधानमन्त्रीका प्रमुख सल्लाहकारलाई जेन्जी अभियन्ता रक्षा बमको प्रश्न – ‘मान्छेको ज्यानभन्दा स्टन्ट ठूलो हो?’

प्रधानमन्त्रीका प्रमुख सल्लाहकारलाई जेन्जी अभियन्ता रक्षा बमको प्रश्न – ‘मान्छेको ज्यानभन्दा स्टन्ट ठूलो हो?’

काठमाडौं । जेन्जी अभियन्ता रक्षा बमले प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार...

नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा संगीता पहाडी अर्याल पुनर्बहाली

नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा संगीता पहाडी अर्याल पुनर्बहाली

काठमाडौँ । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को प्रबन्ध...

हर्ट अट्याकलाई जित्दै नयाँ जीवन : नजिकैको उपचारले बचायो

हर्ट अट्याकलाई जित्दै नयाँ जीवन : नजिकैको उपचारले बचायो

काठमाडौं । मुटुका दुईवटा महत्वपूर्ण नसा एकैसाथ बन्द भई गम्भीर...

पोखरा कलेज अफ म्यानेजमेन्टमा नमुना पत्रकार सम्मेलन

पोखरा कलेज अफ म्यानेजमेन्टमा नमुना पत्रकार सम्मेलन

काठमाडाैँ । पोखरा कलेज अफ म्यानेजमेन्टमा बिबिए आठौँ सेमेस्टरका विद्यार्थीहरूले...

पहिरोमा परी चार महिने शिशुको मृत्यु

पहिरोमा परी चार महिने शिशुको मृत्यु

काठमाडौं । दोलखाको कालिञ्चोक गाउँपालिका १ क्याङ्पोलमा पहिरोमा परि चार...