back
CTIZAN AD

महिला उद्यमशीलता कोष स्थापना

वि.सं.२०७७ पुस २९ बुधवार

903 

shares

२९ पौष, काठमाडौं । महिला उद्यमीहरुको छाता संस्था महिला उद्यमी महासङ्घ नेपालले महिला उद्यमशीलता कोष स्थापना गरेको छ ।

महासङ्घको १७औँ वार्षिक साधारणसभाका अवसरमा आज संस्थाका अध्यक्ष रीता सिंह वैद्यले महिलाको उद्यमशीलता विकासका लागि ‘मेरो सहयोग उद्यमशीलता विकास’ भन्ने सोचका साथ संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत कोषमा रकम जम्मा गर्न शुरु भएको जानकारी दिए ।

कोषबाट महिला उद्यमीको व्यवसायको बजारीकरण, सङ्कलन केन्द्र, व्यापार प्रवद्र्धन निर्यात तथा रोजगार सिर्जना गर्न रकम खर्च गरिने जानकारी दिए । सभाका अवसरमा महासङ्घको यस वर्षको उत्कृष्ट जिल्ला सङ्घ पुरस्कार झापा, चितवन, पाल्पा र इलाम जिल्लालाई प्रदान गरियो ।

उत्कृष्ट सदस्यमा सरोजनी शेरचन र उत्कृष्ट कर्मचारीमा राजु राईलाई पुरस्कृत गरिएको थियो । सभामा महासचिव सुनिता श्रेष्ठ वैद्यले प्रस्तुत गरेका वार्षिक प्रगति प्रतिवेदन छलफलसहित पारित भएको थियो । रासस

वि.सं.२०७७ पुस २९ बुधवार १६:१७ मा प्रकाशित

प्रधानमन्त्रीका प्रमुख सल्लाहकारलाई जेन्जी अभियन्ता रक्षा बमको प्रश्न – ‘मान्छेको ज्यानभन्दा स्टन्ट ठूलो हो?’

प्रधानमन्त्रीका प्रमुख सल्लाहकारलाई जेन्जी अभियन्ता रक्षा बमको प्रश्न – ‘मान्छेको ज्यानभन्दा स्टन्ट ठूलो हो?’

काठमाडौं । जेन्जी अभियन्ता रक्षा बमले प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार...

नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा संगीता पहाडी अर्याल पुनर्बहाली

नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा संगीता पहाडी अर्याल पुनर्बहाली

काठमाडौँ । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को प्रबन्ध...

हर्ट अट्याकलाई जित्दै नयाँ जीवन : नजिकैको उपचारले बचायो

हर्ट अट्याकलाई जित्दै नयाँ जीवन : नजिकैको उपचारले बचायो

काठमाडौं । मुटुका दुईवटा महत्वपूर्ण नसा एकैसाथ बन्द भई गम्भीर...

पोखरा कलेज अफ म्यानेजमेन्टमा नमुना पत्रकार सम्मेलन

पोखरा कलेज अफ म्यानेजमेन्टमा नमुना पत्रकार सम्मेलन

काठमाडाैँ । पोखरा कलेज अफ म्यानेजमेन्टमा बिबिए आठौँ सेमेस्टरका विद्यार्थीहरूले...

पहिरोमा परी चार महिने शिशुको मृत्यु

पहिरोमा परी चार महिने शिशुको मृत्यु

काठमाडौं । दोलखाको कालिञ्चोक गाउँपालिका १ क्याङ्पोलमा पहिरोमा परि चार...

आदिकविले भाषिक एकतालाई बलियो बनाउनुभयो ः सभामुख अर्याल

आदिकविले भाषिक एकतालाई बलियो बनाउनुभयो ः सभामुख अर्याल

काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले नेपाली भाषा, साहित्य र संस्कृतिका...