back
CTIZAN AD

निर्वाचन आयोगलाई ओलिको जवाफ, पार्टी विभाजन भएको छैन, अनाधिकृत विवरण आयोगले अद्यावधिक गर्न मिल्दैन

वि.सं.२०७७ पुस २९ बुधवार

735 

shares

२९ पुष, काठमाडौँ । केपी शर्मा ओली नेतृत्वको नेकपाले निर्वाचन आयोगमा जवाफ पेश गरेको छ । आयोगलाई पठाइएको पत्रमा नेकपा विभाजन नै नभएको बताइएको छ ।

निर्वाचन आयोगले गत २३ गते दुबै समूहलाई राजनीतिक दल सम्बन्धी नियमावलीको नियम २५ अनुसार सात दिनभित्र सच्चाएर जवाफ पेश गर्न भनेको थियो ।

सोही पत्रको जवाफमा ओलीले नेकपा विभाजन नभएको, आफू वरियतामा पहिलो र पुष्पकमल दाहाल दोस्रो अध्यक्ष कायम रहेको बताएका छन ।

उनले आफू प्रथम अध्यक्ष तथा प्रमुख पदाधिकारीको हैसियतमा रहेको हुँदा आफूले पठाएको विवरण बाहेक पार्टीको तर्फबाट अन्य कोही कसैले कुनै विवरण पठाउने अधिकार नभएको र त्यस्तो अनधिकृत विवरणलाई आयोगले अध्यावधिक गर्न नमिल््ने पत्रमा जनाएका छन ।
ओलीले आफू नेतृत्वको पार्टीले कुनै गैरसंवैधानिक काम नगरेको र त्यसमा अन्यले पठाएको विषय पार्टी अनुरुप नभएकाले यसमा नै केन्द्रित रहेर कार्य गर्न समेत आयोगलाई आग्रह गरेका छन । ‘मैले पार्टी प्रमुखको हैसियतमा गरेको कार्य र पार्टीबाट भएका निर्णयहरू कानुनसम्मत विधानको व्यवस्था अनुरुप तथा नेपालको संविधान अनुरुप भएको हुँदा राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफ ५१ तथा राजनीतिक दलसम्बन्धी नियमावली २०७४ को नियम २५ बमोजिम अभिलेखीकरण गरिदिनु हुन अनुरोध छ,’ ओलीको पत्रमा उल्लेख छ ।

उनले निवाचन आयोगमा पत्राचार गर्ने सम्बन्धमा पार्टीको तर्फबाट द्वितिय अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई कुनै अधिकार नदिइएको उल्लेख गरेका छन ।

पत्रमा दाहाल–नेपाल समूहले ओलीलाई अनुशासनको कारबाही गर्दै उनको ठाँउमा माधव नेपाललाई अध्यक्ष नियुक्त गरेको विवरण पेश गर्नुको औचित्य र वैधानिकता नभएको उल्लेख गरेका छन् ।

 

वि.सं.२०७७ पुस २९ बुधवार २०:१२ मा प्रकाशित

‘तीन ढुंगाबीचको तरुल’ बहसमा : नेपालको भूराजनीतिबारे पूर्वराजदूतहरूको सरकारलाई चेतावनी

‘तीन ढुंगाबीचको तरुल’ बहसमा : नेपालको भूराजनीतिबारे पूर्वराजदूतहरूको सरकारलाई चेतावनी

काठमाडौं । नेपालको भूराजनीतिक अवस्थाबारे आयोजित एक अन्तरक्रिया कार्यक्रममा पूर्वराजदूत...

प्रधानमन्त्रीका प्रमुख सल्लाहकारलाई जेन्जी अभियन्ता रक्षा बमको प्रश्न – ‘मान्छेको ज्यानभन्दा स्टन्ट ठूलो हो?’

प्रधानमन्त्रीका प्रमुख सल्लाहकारलाई जेन्जी अभियन्ता रक्षा बमको प्रश्न – ‘मान्छेको ज्यानभन्दा स्टन्ट ठूलो हो?’

काठमाडौं । जेन्जी अभियन्ता रक्षा बमले प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार...

नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा संगीता पहाडी अर्याल पुनर्बहाली

नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा संगीता पहाडी अर्याल पुनर्बहाली

काठमाडौँ । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को प्रबन्ध...

हर्ट अट्याकलाई जित्दै नयाँ जीवन : नजिकैको उपचारले बचायो

हर्ट अट्याकलाई जित्दै नयाँ जीवन : नजिकैको उपचारले बचायो

काठमाडौं । मुटुका दुईवटा महत्वपूर्ण नसा एकैसाथ बन्द भई गम्भीर...

पोखरा कलेज अफ म्यानेजमेन्टमा नमुना पत्रकार सम्मेलन

पोखरा कलेज अफ म्यानेजमेन्टमा नमुना पत्रकार सम्मेलन

काठमाडाैँ । पोखरा कलेज अफ म्यानेजमेन्टमा बिबिए आठौँ सेमेस्टरका विद्यार्थीहरूले...

पहिरोमा परी चार महिने शिशुको मृत्यु

पहिरोमा परी चार महिने शिशुको मृत्यु

काठमाडौं । दोलखाको कालिञ्चोक गाउँपालिका १ क्याङ्पोलमा पहिरोमा परि चार...