back
CTIZAN AD

पवर्तका गोपाल आचार्यको लण्डनमा निधन

वि.सं.२०७७ पुस २९ बुधवार

843 

shares

२९ पुष, लण्डन । पर्वत कुस्मा घर भै विगत १० वर्ष देखी बेलायत बस्दै आएका गोपाल आचार्यको निधन भएको छ । आचार्यको गत शुक्रवार साँझ ५० वर्षको उमेरमा निधन भएको हो ।

लोकतान्त्रिक आन्दोलनमा नेबिसघको जुझारु नेताको रूपमा आचार्यले योगदान दिएका थिए । नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा तत्कालिन स्ववियु सभापति किशोर सिहं राठौरको कार्यकालमा उनी त्रिचन्द्र क्याम्पसको उपसभापति थिए ।

पारिवारीक स्रोतका अनुसार उनी क्रिस्मस अघि घरमै अस्वस्थ भए पछि अस्पताल भर्ना गरिएको थियो । उनमा कलेजोमा समस्या देखिएको थियो । आचार्यका आमाबुवा भारतको देहरादुनमा बस्दै आएका छन् । उनी भने एक छोरा र श्रीमतीसहित लण्डनमा बस्दै आएका थिए ।

लण्डन नेपाल न्यूजका प्रबन्ध निर्देशकसमेत रहेका आर.के त्रिपाठीले सामाजिक सञ्जाल फेसबुकमार्फट आचार्यको निधनप्रति दुःख व्यक्त गरेका छन् ।

पत्रकार युगनाथ शर्मा पौडेलले पनि आचार्यको निधनको खबरले मर्माहित बनाएको बताएका छन् ।

वि.सं.२०७७ पुस २९ बुधवार १९:०१ मा प्रकाशित

खुल्ला कविता प्रतियोगितासहित मनाइयो अफ्रिकामा २१३ औं भानु जयन्ती

खुल्ला कविता प्रतियोगितासहित मनाइयो अफ्रिकामा २१३ औं भानु जयन्ती

नैरोबी, केन्या । २१३ औं भानु जयन्तीको अवसरमा अन्तर्राष्ट्रिय नेपाली...

नेजस नर्बेको ११ औं रनिङ्ग कप भलिबल प्रतियोगिताको अन्तिम तयारी पूरा

नेजस नर्बेको ११ औं रनिङ्ग कप भलिबल प्रतियोगिताको अन्तिम तयारी पूरा

प्रेमपरियार, नर्वे । नेपाली जन सम्पर्क समिति जे एस एस...

‘ब्रेन ड्रेन’ लाई ‘ब्रेन गेन’ मा रूपान्तरण गर्ने एनआरएनएको अभियान

‘ब्रेन ड्रेन’ लाई ‘ब्रेन गेन’ मा रूपान्तरण गर्ने एनआरएनएको अभियान

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गतको स्किल, नलेज एण्ड...

महिला समाज कतारको अध्यक्षमा शुष्मा खतिवडा निर्वाचित

महिला समाज कतारको अध्यक्षमा शुष्मा खतिवडा निर्वाचित

दोहा । नेपाली महिला समाज कतारको १५औँ स्थापना दिवस तथा...

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

लन्डन । नेपालका वरिष्ठ कम्युनिस्ट नेता मोहन विक्रम सिंहले बेलायत...

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वे । एनआरएनए नर्वेको आयोजनामा भएको मैत्रीपूर्ण एभरेष्ट कप फूटबल...