back
CTIZAN AD

गुल्मीका लालप्रसाद सलामीको यूकेमा निधन

वि.सं.२०७७ पुस २९ बुधवार

720 

shares

२९ पुष, लण्डन । गुल्मीका लालप्रसाद सलामी मगरको यूकेमा निधन भएको छ ।

पुख्यौली घर गुल्मी कालीगण्डकी गाउँपालीका पूर्तिघाट ओकनेबाट काठमाडौँ हुँदै बेलायतको लण्डनस्थित ग्रिनफोर्डमा बस्दै आएका लाल प्रसाद सलामी मगरको ५९ वर्षको उमेरमा निधन भएको हो ।

प्रथम नौमती बाजा गुल्मी युके समुहका प्रमुख संयोजक ओम थापा काउचाका अनुसार लालप्रसाद मगरको पौष २७ गते सोमबार दिउँसो २.३० बजे निधन भएको हो ।

उनलाई गत अक्टोबर महिनामा संक्रमण पुष्टि भएको थियो । त्यसयता उनी अस्पतालमै थिए । उपचारकै क्रममा उनकाे Royal Brompton Hospital London मा निधन भएको बताइएको छ ।

युके मगर संघ बेलम्बी मिडलसेक्स शाखाका सचिव, गुल्मी जिल्ला समाज यूकेका आजीवन सदस्यसमेत रहेका मगर समाजमा सक्रिय, अती मिलनसार र ईमानदार व्यत्ति भएको काउचाले बताए । उनले लालप्रसादको निधनको खबरले सबैलाई अत्यन्तै मर्माहित तुल्याएको बताएका छन् ।

काउचाले प्रथम नौमती बाजा गुल्मी युके समूहका तर्फबाट समवेदना व्यक्त गर्दै भनेका छन् ‘यस दुखद घडिमा शोकाकूल परिवारलाई धैर्य धारण गर्ने प्रबल शक्तिको कामना, साथै स्मृतात्मालाई चीर शान्तिको प्रार्थना अनि भावपूर्ण श्रदाञ्जलि अर्पण गर्दै सम्पूर्ण प्रथम नौमती बाजा गुल्मी युके समुह का सदस्यहरुको तर्फबाट हार्दिक समबेदना प्रकट गर्दछौँ ।’

गुल्मी जिल्ला समाज यूकेका अध्यक्ष टोप पल्लीले पनि मगरको निधनमा दुख व्यक्त गरेका छन् ।

वि.सं.२०७७ पुस २९ बुधवार १८:२० मा प्रकाशित

खुल्ला कविता प्रतियोगितासहित मनाइयो अफ्रिकामा २१३ औं भानु जयन्ती

खुल्ला कविता प्रतियोगितासहित मनाइयो अफ्रिकामा २१३ औं भानु जयन्ती

नैरोबी, केन्या । २१३ औं भानु जयन्तीको अवसरमा अन्तर्राष्ट्रिय नेपाली...

नेजस नर्बेको ११ औं रनिङ्ग कप भलिबल प्रतियोगिताको अन्तिम तयारी पूरा

नेजस नर्बेको ११ औं रनिङ्ग कप भलिबल प्रतियोगिताको अन्तिम तयारी पूरा

प्रेमपरियार, नर्वे । नेपाली जन सम्पर्क समिति जे एस एस...

‘ब्रेन ड्रेन’ लाई ‘ब्रेन गेन’ मा रूपान्तरण गर्ने एनआरएनएको अभियान

‘ब्रेन ड्रेन’ लाई ‘ब्रेन गेन’ मा रूपान्तरण गर्ने एनआरएनएको अभियान

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गतको स्किल, नलेज एण्ड...

महिला समाज कतारको अध्यक्षमा शुष्मा खतिवडा निर्वाचित

महिला समाज कतारको अध्यक्षमा शुष्मा खतिवडा निर्वाचित

दोहा । नेपाली महिला समाज कतारको १५औँ स्थापना दिवस तथा...

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

लन्डन । नेपालका वरिष्ठ कम्युनिस्ट नेता मोहन विक्रम सिंहले बेलायत...

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वे । एनआरएनए नर्वेको आयोजनामा भएको मैत्रीपूर्ण एभरेष्ट कप फूटबल...