back
CTIZAN AD

ओलिलाई स्पष्टीकरण सोध्ने दाहाल–नेपाल समूहको निर्णय

वि.सं.२०७७ माघ २ शुक्रवार

780 

shares

२ माघ, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) दाहाल–नेपाल समूहले केपी ओलीलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।

दाहाल नेपाल समूहको शुक्रबारको स्थायी कमिटी बैठकले ओलीलाई स्पष्टीकरण सोध्ने र महासचिव विष्णु पौडेललाई हटाउँदै पार्टी सदस्यतासमेत नरहने गरी कारबाही प्रक्रिया अगाडि बढाउने निर्णय गरेको स्थायी समिति सदस्य भिम रावलले जानकारी दिए ।

ओलिले पार्टी अनुशासन विपरित काम गर्न नछाडेकोले ‘पार्टीको नीतिविपरीत गतिविधि गर्दै गएकोमा तपाईंलाई किन कारबाही नगर्ने ? पार्टी सदस्यताबाट किन निस्कासन नगर्ने भनेर’ स्पष्टीकरण सोधिने नेतब रावले बताए ।

दाहाल–नेपाल समूहले पुस ७ को केन्द्रीय कमिटी बैठकले ओलीलाई पार्टी अध्यक्षबाट हटाएर माधवकुमार नेपाललाई ल्याएको छ । यद्यपि उनी केन्द्रिय सदस्यमा भने कायम थिए ।

सोही बैठकले माघ १६ गते काठमाडौंमा विशाल प्रदर्शन गर्ने निर्णय गरेको छ । शहीद दिवसको अवसर पारेर जनप्रदर्शन गर्ने निर्णय गरेको हो ।
त्यस्तै बैठकले प्रदेश–१ को अध्यक्षको जिम्मेवारी घनेन्द्र बस्नेतलाई दिएको छ । यस्तै, प्रदेश सहइन्चार्जको जिम्मेवारी जयन्ती राई, राजेन्द्र राई, पदम राई, पेशल खतिवडा र जगनाथ खतिवडालाई दिने निर्णय समेत गरेको छ ।

File pic

वि.सं.२०७७ माघ २ शुक्रवार १९:४४ मा प्रकाशित

‘तीन ढुंगाबीचको तरुल’ बहसमा : नेपालको भूराजनीतिबारे पूर्वराजदूतहरूको सरकारलाई चेतावनी

‘तीन ढुंगाबीचको तरुल’ बहसमा : नेपालको भूराजनीतिबारे पूर्वराजदूतहरूको सरकारलाई चेतावनी

काठमाडौं । नेपालको भूराजनीतिक अवस्थाबारे आयोजित एक अन्तरक्रिया कार्यक्रममा पूर्वराजदूत...

प्रधानमन्त्रीका प्रमुख सल्लाहकारलाई जेन्जी अभियन्ता रक्षा बमको प्रश्न – ‘मान्छेको ज्यानभन्दा स्टन्ट ठूलो हो?’

प्रधानमन्त्रीका प्रमुख सल्लाहकारलाई जेन्जी अभियन्ता रक्षा बमको प्रश्न – ‘मान्छेको ज्यानभन्दा स्टन्ट ठूलो हो?’

काठमाडौं । जेन्जी अभियन्ता रक्षा बमले प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार...

नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा संगीता पहाडी अर्याल पुनर्बहाली

नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा संगीता पहाडी अर्याल पुनर्बहाली

काठमाडौँ । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को प्रबन्ध...

हर्ट अट्याकलाई जित्दै नयाँ जीवन : नजिकैको उपचारले बचायो

हर्ट अट्याकलाई जित्दै नयाँ जीवन : नजिकैको उपचारले बचायो

काठमाडौं । मुटुका दुईवटा महत्वपूर्ण नसा एकैसाथ बन्द भई गम्भीर...

पोखरा कलेज अफ म्यानेजमेन्टमा नमुना पत्रकार सम्मेलन

पोखरा कलेज अफ म्यानेजमेन्टमा नमुना पत्रकार सम्मेलन

काठमाडाैँ । पोखरा कलेज अफ म्यानेजमेन्टमा बिबिए आठौँ सेमेस्टरका विद्यार्थीहरूले...

पहिरोमा परी चार महिने शिशुको मृत्यु

पहिरोमा परी चार महिने शिशुको मृत्यु

काठमाडौं । दोलखाको कालिञ्चोक गाउँपालिका १ क्याङ्पोलमा पहिरोमा परि चार...