back
CTIZAN AD

प्रचण्डसँग युद्धकालदेखि नै सहकार्य गरेको भनेपछि माधवप्रति शंकर पोखरेल उठाए गम्भिर प्रश्न

वि.सं.२०७७ माघ ४ आइतवार

1.3K 

shares

माघ ४, काठमाडौं । पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपालबीच युद्धकालदेखि नै सहकार्य भएको विषय बाहिरिएपछि ओली पक्षीय नेता शंकर पोखरेलले आपत्ति जनाएका छन् । उनले युद्धकालमा एमालेका तर्फबाट ज्यान गुमाउनको जिम्मा कसले लिने भनि प्रश्न गरेका छन् ।

तत्कालिन एमालेका महासचिवसमेत रहेका माधवकुमार नेपालप्रति पोखरेलले ‘पार्टीविरुद्व घात भएन र कमरेड ?’ भनि प्रश्न गरेका छन् ।

‘माधव कमरेड तपाईले जारी गरेको निर्देशन अनुसार तात्कालिक माओवादी उग्रवामपंथको राजनीतिक विरोध र प्रतिवादगर्दा कमरेड यदु गौतमलगायत तात्कालिक एमालेका झण्डै ५०० कार्यकर्ताले जीवन वलिदान गर्नु भएको थियो तर, आज तपाई कमरेड प्रचण्डसंग सुरुदेखिनै सहकार्यमा रहेको दावीगर्दै हुनुहुन्छ’ उनले भनेका छन्, ‘त्यतिवेला साच्चै माओवादी नेता प्रचण्डसँगको सहकार्य रहनु भएको हो भने त्यो पार्टी विरुद्धको घात भएन र कमरेड ?’

कमरेड माधव नेपालको प्रचण्डसंग सुरुदेखि सहकार्य रहेको दावी वारे
माधव कमरेड तपाईले जारी गरेको निर्देशन अनुसार तात्कालिक…

Posted by Shankar Pokhrel on Saturday, January 16, 2021

उनले माओवादी युद्धमा रहँदै गर्दा माओवादीलाई उग्रवामपन्थ भनेर जारी गरिएको दस्तावेज के हो भनि पोखरेलले प्रश्न गरेका छन् । इतिहासलाई तत्कालै बिर्सन नमिल्ने उनको भनाई छ ।

‘शान्तिप्रकृयामा प्रवेश पछि त हामी सबै सहकार्यमा होइन एकतामा नै बाधिएका हौ, त्यो भन्दा पहिले लामो समयसम्म तपाईकै नेतृत्वमा माओवादी उग्रवामपंथ विरुद्ध वैचाारिक तथा राजनीतिक संघर्षमा रहेको कुरा सत्य होइन र ? यति छिटै इतिहासको कटु सत्यलाई कसरी विर्सन मिल्छ र ?’, पोखरेलले भनेका छन् ।

प्रचण्ड–नेपाल पक्षीय नेकपाको एक भेलामा प्रचण्डले नेपालसँग युद्धकालदेखि नै सहकार्य रहेको बताएका थिए । जसमा नेपालले समर्थन जनाएका छन् ।

वि.सं.२०७७ माघ ४ आइतवार १४:२० मा प्रकाशित

‘तीन ढुंगाबीचको तरुल’ बहसमा : नेपालको भूराजनीतिबारे पूर्वराजदूतहरूको सरकारलाई चेतावनी

‘तीन ढुंगाबीचको तरुल’ बहसमा : नेपालको भूराजनीतिबारे पूर्वराजदूतहरूको सरकारलाई चेतावनी

काठमाडौं । नेपालको भूराजनीतिक अवस्थाबारे आयोजित एक अन्तरक्रिया कार्यक्रममा पूर्वराजदूत...

प्रधानमन्त्रीका प्रमुख सल्लाहकारलाई जेन्जी अभियन्ता रक्षा बमको प्रश्न – ‘मान्छेको ज्यानभन्दा स्टन्ट ठूलो हो?’

प्रधानमन्त्रीका प्रमुख सल्लाहकारलाई जेन्जी अभियन्ता रक्षा बमको प्रश्न – ‘मान्छेको ज्यानभन्दा स्टन्ट ठूलो हो?’

काठमाडौं । जेन्जी अभियन्ता रक्षा बमले प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार...

नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा संगीता पहाडी अर्याल पुनर्बहाली

नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा संगीता पहाडी अर्याल पुनर्बहाली

काठमाडौँ । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को प्रबन्ध...

हर्ट अट्याकलाई जित्दै नयाँ जीवन : नजिकैको उपचारले बचायो

हर्ट अट्याकलाई जित्दै नयाँ जीवन : नजिकैको उपचारले बचायो

काठमाडौं । मुटुका दुईवटा महत्वपूर्ण नसा एकैसाथ बन्द भई गम्भीर...

पोखरा कलेज अफ म्यानेजमेन्टमा नमुना पत्रकार सम्मेलन

पोखरा कलेज अफ म्यानेजमेन्टमा नमुना पत्रकार सम्मेलन

काठमाडाैँ । पोखरा कलेज अफ म्यानेजमेन्टमा बिबिए आठौँ सेमेस्टरका विद्यार्थीहरूले...

पहिरोमा परी चार महिने शिशुको मृत्यु

पहिरोमा परी चार महिने शिशुको मृत्यु

काठमाडौं । दोलखाको कालिञ्चोक गाउँपालिका १ क्याङ्पोलमा पहिरोमा परि चार...