back
CTIZAN AD

धर्मेन्द्र बास्तोलाविरुद्व नख्खु बिस्फोट र चन्दा असुलीको अभियोग

वि.सं.२०७७ माघ ४ आइतवार

717 

shares

माघ ४, काठमाडौं । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेता धर्मेन्द्र बास्तोलाई प्रहरीले एक साता हिरासतमा राख्न अनुमति पाएको छ । आइतबार जिल्ला अदालत ललितपुरले अनुसन्धानका लागि एक साताको अनुमति दिएको हो ।

प्रहरीले उनीविरुद्व नख्खु विस्फोट, चन्दा असुली, हातहतियार तथा खरखजानालगायतका अभियोग लगाएका छ । २०७५ फागुनमा भएको नख्खु विस्फोटमा एक जनाको मृत्यु भएको थियो भने दुई घाईते भएका थिए । उक्त मुद्दामा बास्तोलालाई प्रतिबादी बनाइएको थियो ।

बास्तोलामाथि यसअघि पक्राउ परि छुटेका नेकपाका आर्थिक विभाग प्रमुख प्रेम दर्नालको बयानलाई पनि आधार बनाइएको जनाइएको छ । प्रहरी जनाएअनुसार दर्नालले चन्दा असुलीमा बास्तोलाको नाम लिएका थिए ।

गत पुस २९ मा बास्तोलासहित नेकपाका ४ नेतालाई प्रहरीले ललितपुरको बागमती गाउँपालिकाबाट पक्राउ गरेको थियो । बास्तोलासहित नेकपाका नेताहरु प्रकाश शाही, विवेक कुमाल र विश्वास पक्राउ परेका थिए ।

उनीहरुलाई पनि अनुसन्धानको लागि हिरासतमा राख्न प्रहरीले अदालतबाट सात दिनको अनुमति पाएको छ ।

याे पनि पढ्नुहाेस्

विप्लवका अन्तराष्ट्रिय ब्यूरो प्रमुख धर्मेन्द्र बास्तोला पक्राउ

नेताहरु पक्राउको विरोधमा विप्लवद्धारा नेपाल बन्दको घोषणा (विज्ञप्तीसहित)

विप्लव समर्थित नेता तथा कार्यकर्तालाई तत्काल रिहा गर्न २३ दलीय गठबन्धनको माग (विज्ञप्तीसहित)

वि.सं.२०७७ माघ ४ आइतवार १४:४६ मा प्रकाशित

नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा संगीता पहाडी अर्याल पुनर्बहाली

नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा संगीता पहाडी अर्याल पुनर्बहाली

काठमाडौँ । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को प्रबन्ध...

हर्ट अट्याकलाई जित्दै नयाँ जीवन : नजिकैको उपचारले बचायो

हर्ट अट्याकलाई जित्दै नयाँ जीवन : नजिकैको उपचारले बचायो

काठमाडौं । मुटुका दुईवटा महत्वपूर्ण नसा एकैसाथ बन्द भई गम्भीर...

पोखरा कलेज अफ म्यानेजमेन्टमा नमुना पत्रकार सम्मेलन

पोखरा कलेज अफ म्यानेजमेन्टमा नमुना पत्रकार सम्मेलन

काठमाडाैँ । पोखरा कलेज अफ म्यानेजमेन्टमा बिबिए आठौँ सेमेस्टरका विद्यार्थीहरूले...

पहिरोमा परी चार महिने शिशुको मृत्यु

पहिरोमा परी चार महिने शिशुको मृत्यु

काठमाडौं । दोलखाको कालिञ्चोक गाउँपालिका १ क्याङ्पोलमा पहिरोमा परि चार...

आदिकविले भाषिक एकतालाई बलियो बनाउनुभयो ः सभामुख अर्याल

आदिकविले भाषिक एकतालाई बलियो बनाउनुभयो ः सभामुख अर्याल

काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले नेपाली भाषा, साहित्य र संस्कृतिका...

बाढीले खाली ट्रक बगाएपनि चालक पौडिएर जोगिए

बाढीले खाली ट्रक बगाएपनि चालक पौडिएर जोगिए

काठमाडौं । मकवानपुरको हेटौंडा उपमहानगरपालिका(१७ हटियास्थित शिवम् सिमेन्ट फ्याक्ट्री नजिक...