back
CTIZAN AD

विप्लव समर्थित नेता तथा कार्यकर्तालाई तत्काल रिहा गर्न २३ दलीय गठबन्धनको माग (विज्ञप्तीसहित)

वि.सं.२०७७ माघ २ शुक्रवार

849 

shares

माघ २, काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका गिरफ्तार नेता तथा कार्यकर्तालाई तत्काल रिहा गर्न २३ दलीय गठबन्धनले माग गरेको छ । शुक्रबार एक प्रेस विज्ञप्ती जारी गर्दै पक्राउ नेता तथा कार्यकर्तालाई तत्काल रिहाई गर्न माग गरेको हो ।

२३ दलीय गठबन्धनले विप्लवसँग वार्ताबाट निकास खोज्न पनि सरकारसँग माग गरेको छ ।

वार्ताबाट निकास खोजिएको चर्चा चलाएको सरकारले गत पुस २९ मा सरकारसँग वार्ता गर्न गठित विप्लव नेकपाका वार्ता टोलीका सदस्य धमेन्द्र बास्तोलालगायत चार नेता तथा कार्यकर्तालाई पक्राउ गरेको थियो । वार्ताकै लागि गठित टोलीका सदस्यलाई पक्राउ गरेपछि विप्लव नेकपाले आपत्ति जनाएको छ ।

विप्लव नेकपासहितको २३ दलिय गठबन्धनले उक्त घटनालाई गम्भिरताका साथ लिँदै पक्राउ नेतालाई रिहा गरि वार्ता गर्न अपिल गरेको हो ।

२३ दलीय गठबन्धनमा नेकपा (मसाल), नेकपा (क्रान्तिकारी माओवादी), नेकपा (माले), राष्ट्रिय जनमोर्चा, नेपाल, देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल, नेपाल कम्युनिष्ट पार्टी, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय जागरण मञ्च, जनसमाजवादी पार्टी, नेकपा संयुक्तलगायत छन् ।

यस्तो छ गठबन्धनको तर्फबाट सीपी गजुरेलले सार्वजनिक गरेको विज्ञप्ती

सम्बन्धित समाचार

विप्लवका अन्तराष्ट्रिय ब्यूरो प्रमुख धर्मेन्द्र बास्तोला पक्राउ

नेताहरु पक्राउको विरोधमा विप्लवद्धारा नेपाल बन्दको घोषणा (विज्ञप्तीसहित)

वि.सं.२०७७ माघ २ शुक्रवार १३:२५ मा प्रकाशित

‘तीन ढुंगाबीचको तरुल’ बहसमा : नेपालको भूराजनीतिबारे पूर्वराजदूतहरूको सरकारलाई चेतावनी

‘तीन ढुंगाबीचको तरुल’ बहसमा : नेपालको भूराजनीतिबारे पूर्वराजदूतहरूको सरकारलाई चेतावनी

काठमाडौं । नेपालको भूराजनीतिक अवस्थाबारे आयोजित एक अन्तरक्रिया कार्यक्रममा पूर्वराजदूत...

प्रधानमन्त्रीका प्रमुख सल्लाहकारलाई जेन्जी अभियन्ता रक्षा बमको प्रश्न – ‘मान्छेको ज्यानभन्दा स्टन्ट ठूलो हो?’

प्रधानमन्त्रीका प्रमुख सल्लाहकारलाई जेन्जी अभियन्ता रक्षा बमको प्रश्न – ‘मान्छेको ज्यानभन्दा स्टन्ट ठूलो हो?’

काठमाडौं । जेन्जी अभियन्ता रक्षा बमले प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार...

नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा संगीता पहाडी अर्याल पुनर्बहाली

नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा संगीता पहाडी अर्याल पुनर्बहाली

काठमाडौँ । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को प्रबन्ध...

हर्ट अट्याकलाई जित्दै नयाँ जीवन : नजिकैको उपचारले बचायो

हर्ट अट्याकलाई जित्दै नयाँ जीवन : नजिकैको उपचारले बचायो

काठमाडौं । मुटुका दुईवटा महत्वपूर्ण नसा एकैसाथ बन्द भई गम्भीर...

पोखरा कलेज अफ म्यानेजमेन्टमा नमुना पत्रकार सम्मेलन

पोखरा कलेज अफ म्यानेजमेन्टमा नमुना पत्रकार सम्मेलन

काठमाडाैँ । पोखरा कलेज अफ म्यानेजमेन्टमा बिबिए आठौँ सेमेस्टरका विद्यार्थीहरूले...

पहिरोमा परी चार महिने शिशुको मृत्यु

पहिरोमा परी चार महिने शिशुको मृत्यु

काठमाडौं । दोलखाको कालिञ्चोक गाउँपालिका १ क्याङ्पोलमा पहिरोमा परि चार...