back
CTIZAN AD

यस्तो छ हेर्नुहोस् नेपालमा माघ ५ गतेसम्मको कोरोना अपडेटको पूर्ण विवरण

वि.सं.२०७७ माघ ५ सोमवार

1.1K 

shares

५ माघ, काठमाडौं । नेपालमा सोमबार (५ माघ) सम्म पिसीआर प्रविधिबाट २० लाख १६ हजार ७५८ वटा कोरोना भाइरसको नमुना परीक्षण गरिएको छ ।

पछिल्लो २४ घण्टामा देशैभरी पिसीआर प्रविधिबाट ४ हजार ३०६ नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

त्यसैगरी हालसम्म देशैभरी सक्रिय संक्रमित ३,८६१ जना रहेका छन् । ती मध्ये देशका विभिन्न अस्पताल तथा आइसोलेशन सेन्टरहरुमा ११०२ जनाको उपचार भइरहेको छ । साथै होम आइसोलेसनमा बस्नेको संख्या २७५९ रहेको छ ।

त्यस्तै देशभरका विभिन्न अस्पतालका आइसीयुमा १६१ जना संक्रमित उपचाररत छन् । मन्त्रालयका अनुसार प्रदेश १ मा ४, बागमती प्रदेशमा ७०, गण्डकी प्रदेशमा ५३, लुम्बिनी प्रदेशमा २९, कर्णाली प्रदेशमा २ र सुदूरपश्चिममा ३ जना गरी जम्मा १५७ जना आइसीयुमा उपचाररत छन् ।
त्यसैगरी प्रदेश १ मा १ जना, बागमती प्रदेशमा २२ जना, गण्डकी प्रदेशमा ८ जना र लुम्बिनी प्रदेशमा ३ जना गरी जम्मा ३४ जना भेन्टिलेटरमा उपचाररत छन् ।

त्यस्तै ५०० भन्दा बढी संक्रमित उपचार रहेको जिल्ला काठमाडौं रहेको छ भने क्वारेन्टिनमा २२१ जना रहेका छन् । साथै शून्य संक्रमित रहेका जिल्ला नवलपरासी (पश्चिम), कालिकोट, रुकुम पश्चिम र मुगु रहेको छ ।

आज थपिएका ३२२ जनासँगै नेपालमा हालसम्मको कूल संक्रमितको संख्या २ लाख ६७ हजार ६४४ पुगेको छ । साथै आज ३७४ जना निको भएसँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या २ लाख ६१ हजार ८१८ पुगेको छ । कूल संक्रमित मध्ये निको हुनेको यो दर ९७.८ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

त्यस्तै आज ६ जना थपिएसँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट निधन हुनेको संख्या १,९६५ पुगेको छ ।

आज देशैभरी थपिए ३२२ कोरोना संक्रमित, ३७४ जना निको, ६ जनाको मृत्यु
पछिल्लो २४ घण्टामा देशैभरी ३२२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशैभरी ४ हजार ३०६ वटा नमुना परीक्षण गरिएकोमा उपत्यकाका १६३ जनासहित देशैभरी ३२२ जना कोरोना संक्रमित थपिएका हुन् । जसमा महिला १२४ र १९८ जना पुरुष रहेका छन् ।
मन्त्रालयका अनुसार प्रदेश १ मा ११ जना, प्रदेश २ मा ५ जना, बागमती प्रदेशमा २०५ जना, गण्डकी प्रदेशमा ५७ जना, लुम्बिनी प्रदेशमा ३९ जना र सुदूरपश्चिममा ५ गरी जम्मा ३२२ संक्रमित थपिएका हुन् ।

आज थपिएका ३२२ जनासँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या २ लाख ६७ हजार ६४४ पुगेको छ ।

त्यसैगरी आज देशैभरी ३७४ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । आज निको भएका ३७४ जनासँगै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको कुल संख्या २ लाख ६१ हजार ८१८ पुगेको छ । निको हुनेको यो दर ९७.८ प्रतिशत हो ।

त्यसैगरी आज देशैभरी ६ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशैभरीका विभिन्न जिल्लाका ६ जना कोरोना संक्रमितको मृत्यु भएको हो । आज थपिएका ६ जनासँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १९६५ पुगेको छ ।

कति छन् त होम सस्थागत आइसोलेशनमा ?
स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म १,१०२ जना कोरोना संक्रमित होम आइसोलेसनमा रहेका छन् ।

जसमा प्रदेश १ मा १०, प्रदेश २ मा १, बागमती प्रदेशमा ६९५ गण्डकी प्रदेशमा ७८ लुम्बिनी प्रदेशमा २२७, कर्णाली प्रदेशमा २३ र सुदूरपश्चिम प्रदेशमा ६८ जना गरी ११०२ जना विभिन्न अस्पताल तथा संस्थागत आइसोलेशन रहेका छन् । साथै होम आइसोलेशनमा २,७५९ जना रहेको मन्त्रालयले दिएको विवरणमा उल्लेख छ ।

नेपालमा कोरोनाका सक्रिय संक्रमित ३९१९ मात्रै, यस्तो छ अन्य अपडेट

वि.सं.२०७७ माघ ५ सोमवार १६:४६ मा प्रकाशित

सुस्तामा भारतीय हस्तक्षेपप्रति हर्कको कडा आपत्तिः रक्षामन्त्रीलाई संसदमा उभ्याउन रुलिङको माग

सुस्तामा भारतीय हस्तक्षेपप्रति हर्कको कडा आपत्तिः रक्षामन्त्रीलाई संसदमा उभ्याउन रुलिङको माग

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं संसदीय दलका नेता...

कांग्रेस क्रियाशील सदस्यता वितरणको म्याथ थप गरियो

कांग्रेस क्रियाशील सदस्यता वितरणको म्याथ थप गरियो

काठमाडौँ । नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक अभियानअन्तर्गत सात लाख...

विश्वकप फुटबलको उद्घाटन खेलमा मेक्सिकोको जित, तीन खेलाडीले पाए रातो कार्ड

विश्वकप फुटबलको उद्घाटन खेलमा मेक्सिकोको जित, तीन खेलाडीले पाए रातो कार्ड

काठमाडौँ । मेक्सिकोले दक्षिण अफ्रिकालाई हराउँदै फिफा विश्वकप फुटबल २०२६...

पश्चिमी न्यून चापीय रेखाको प्रभावः देशका विभिन्न भागमा वर्षा हुने

पश्चिमी न्यून चापीय रेखाको प्रभावः देशका विभिन्न भागमा वर्षा हुने

काठमाडौँ । नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा...

‘ब्रेक फेल’ भएर क्रेन दुर्घटना हुँदा छ जना घाइते

‘ब्रेक फेल’ भएर क्रेन दुर्घटना हुँदा छ जना घाइते

मध्यविन्दु (नवलपरासी । नवलपरासी(बर्दघाट सुस्तापूर्व)को गैँडाकोट नगरपालिका–४ रानीतालस्थित कालिगण्डकी करिडोर...

आज यी चार प्रदेशका केही भू–भागमा मेघगर्जन/चट्याङसहित वर्षा हुने

आज यी चार प्रदेशका केही भू–भागमा मेघगर्जन/चट्याङसहित वर्षा हुने

काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी चापीय रेखा...