back
CTIZAN AD

निजी आवास ८५ प्रतिशत सम्पन्न

वि.सं.२०७७ माघ ५ सोमवार

600 

shares

५ माघ, दोलखा । विसं २०७२ को विनाशकारी भूकम्पले क्षति पु¥याएका निजी आवास मध्ये ८५ प्रतिशत निर्माण सम्पन्न भएको छ । जिल्लाका ५८ हजार ३८८ निजी आवास क्षति भएको थियो ।

सरकारी कार्यालय, सार्वजानिक भवन बाहेक निजी आवासको लागि हालसम्म १८ खर्ब ५३ करोड १४ लाख ५० हजार खर्च भएको जिल्ला आयोजना कार्यान्वयन एकाइले जनाएको छ ।

विनासकारी भूकम्पले जिल्लामा १६० को निधन भएको थियो । भूकम्पमा ६०३ सख्त घाइते भएका थिए । भूकम्पले करिव ४१ अर्ब ७९ करोड, ८१ लाख १४ हजार, ६१४ बराबरको क्षति एकाइका निमित्त प्रमुख टीकाप्रसाद जोशीले जानकारी दिए ।

भूकम्पबाट जिल्लामा एक लाख १९ हजार ९६१ पुरुष र एक लाख १९ हजार ७७९ महिला प्राभावित भएका थिए । हालसम्म पुनःनिर्माण लाभग्राही ७० हजार ८८९ र रेट्रोफिटिङ लाभग्राही दुई हजार ६६८ मध्ये ६७ हजार २३० ले अनुदान सम्झौता गरिसकेका छन् ।

तीन हजार ३२७ जनाको अनुदान सम्झौता हुन बाँकी रहेको जिल्ला आयोजना कार्यान्वयन एकाइका निमित्त प्रमुख जोशीले जानकारी दिए ।

भूकम्पपीडितमध्ये पहिलो किस्ता ६९ हजार ५५१ जनाले दोस्रो किस्ता ६४ हजार ९५ र तेस्रो किस्ता ६१ हजार ७९३ ले लिएका छन् । जिल्लामा अनुदान फिर्ता गर्ने लाभग्राही १३५ रहेका छन् ।

पुनरावेदन दर्ता गर्ने लाभग्राही चार हजार १७ र जोखिम वर्गका लाभग्राही एक हजार १५१ रहेका छन् । स्थानीय सरकार बनेपछि भूकम्पपीडितले धेरै राहत पाएका छन् ।

भवन निमार्णपछि सरल र सहजरुपमा पहिलो दोस्रो, तेस्रो किस्ता लिन जनप्रतिनिधिले सहयोग गरेको भीमेश्वर नगरपालिकाका कार्यपालिका सदस्य दीपक घनुकेले जानकारी दिए ।
रासस

वि.सं.२०७७ माघ ५ सोमवार १७:०१ मा प्रकाशित

रामधुनीमा वार्षिक ३५ हजार बिरुवा उत्पादन

रामधुनीमा वार्षिक ३५ हजार बिरुवा उत्पादन

धरान (सुनसरी) । सुनसरीको रामधुनी सबडिभिजन वन कार्यालयले प्रत्येक वर्ष...

सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव

सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव भएको...

ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण र औद्योगिकरणको प्रमुख आधार हो  : प्रधानमन्त्री शाह

ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण र औद्योगिकरणको प्रमुख आधार हो : प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण,...

दक्षिणपूर्वका मुलुकबाट ८३६ जना नेपालीको उद्धार

दक्षिणपूर्वका मुलुकबाट ८३६ जना नेपालीको उद्धार

काठमाडौँ । सरकारले दक्षिणपूर्वका कम्बोडिया, म्यानमार, लावस र थाइल्याण्डको सीमा...

गणेश नेपालीको मृत्युबारे गृहमन्त्री बोल्दा सांसदले झारे आँसु

गणेश नेपालीको मृत्युबारे गृहमन्त्री बोल्दा सांसदले झारे आँसु

काठमाडौँ । राहदानी विभाग अगाडि मुगुका २५ वर्षीय गणेश नेपालीले...