back
CTIZAN AD

बेलायतमा नेपाली इन्जिनियर सेलिना राईले जितिन ‘इन्टरनेसनल इमर्जिङ इन्जिनियर अवार्ड’

वि.सं.२०७७ माघ ११ आइतवार

1.1K 

shares

११ माघ, लण्डन । Congratulations : बेलायतको लिड्समा कार्यरत एक युवा नेपाली इन्जिनियरले ‘इन्टरनेसनल इमर्जिङ इन्जिनियर अवार्ड २०२०’ जितेकी छन् ।

बेलायतसहित विश्वभरका इन्जिनियरहरु आबद्ध प्रोफेसनल संस्था ‘इन्स्टिच्युट अफ सिभिल इन्जिनियर’ (आइसीइ) ले सेलिना राईलाई यो अवार्ड प्रदान गरेको हो ।

ईन्जिनियर सेलिना राई, जो अरुपको लीड्समा स्ट्रक्चरल इन्जिनियरको रूपमा काम गर्छिन् उनले प्रतिष्ठित प्रोफेसनल अवार्डसंगै नगद १५ सय पाउन्ड पुरस्कार र प्रतिष्ठित संस्था पदक समेत पाएकी छन् । आईसीई यार्कशायर र हम्बर फाइनलिस्ट सेलिनाले समूहबाट प्रतिस्पर्धामा अन्य तीन फाइनलिस्टलाई जितेकी थिइन् ।

बेलायतको लिड्स शहरमा एक ‘स्ट्रक्चरल इन्जिनियर’ का रुपमा कार्यरत छन् सेलिना । आफूले आर्जन गरेको ज्ञान र सीपलाई तिखार्न यो अवार्ड प्रतिस्पर्धाले महत्वपूर्ण भूमिका खेलेको उनले बताइन् । ‘आईसीई इमर्जिंग ईन्जिनियर्स पुरस्कार मेरो लेखन क्षमता र प्रस्तुतीकरण कौशल विकास गर्ने उत्कृष्ट अवसर हो’ उनले भनेकी छन् ‘यसले म मा ठूलो आत्मविश्वास बढाउने काम पनि भएको छ ।’

विश्वभरका उम्मेदवारहरुले प्रस्तुत गरेको पेपर मध्ये अन्तिममा चार जना छनौटमा परेका थिए । यसपटक कोभिड १९ का कारण प्रस्तुती भिडियो लिंकबाट गरिएको थियो ।

वि.सं.२०७७ माघ ११ आइतवार ०८:५४ मा प्रकाशित

एनआरएनए क्यानडाद्वारा टोरोन्टोकाे जबरजस्ती करणीसम्बन्धी घटनाबारे आधिकारिक धारणा सार्वजनिक

एनआरएनए क्यानडाद्वारा टोरोन्टोकाे जबरजस्ती करणीसम्बन्धी घटनाबारे आधिकारिक धारणा सार्वजनिक

काठमाडौं ।  गैरआवासीय नेपाली संघ (एनआरएनए) क्यानडाले गतवर्ष टोरोन्टोमा सार्वजनिक...

बेलायतमा नेपाली समुदायलाई सतर्क रहन एनआरएनए यूकेको आग्रह

बेलायतमा नेपाली समुदायलाई सतर्क रहन एनआरएनए यूकेको आग्रह

काठमाडौं। बेलायतका विभिन्न स्थान, विशेषगरी उत्तरी आयरल्याण्ड लगायतका क्षेत्रमा आप्रवासनसम्बन्धी...

एनसीसी कतारको विवादपछि एकता, महाधिवेशनको निर्वाचन खर्च छानबिन अध्ययनको जिम्मा सागर नेपाललाई

एनसीसी कतारको विवादपछि एकता, महाधिवेशनको निर्वाचन खर्च छानबिन अध्ययनको जिम्मा सागर नेपाललाई

गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी) कतारको लामो...

नेपाली विद्यार्थी समाज टेक्सासको अध्यक्षमा राजकुमार गिरी

नेपाली विद्यार्थी समाज टेक्सासको अध्यक्षमा राजकुमार गिरी

एल पासो, टेक्सास।अमेरिकाको टेक्सासस्थित द युनिभर्सिटी अफ टेक्सास एट एल...

दोहामा नेपाली श्रमिकका लागि सचेतना कार्यक्रम सम्पन्न

दोहामा नेपाली श्रमिकका लागि सचेतना कार्यक्रम सम्पन्न

दोहा, कतार । दोहास्थित नेपाली राजदूतावासले नेपाली श्रमिकहरूका लागि सचेतना...

अफ्रिकामा कूटनीतिक उपस्थितिको निरन्तरताका लागि गम्भीर ध्यानाकर्षण

अफ्रिकामा कूटनीतिक उपस्थितिको निरन्तरताका लागि गम्भीर ध्यानाकर्षण

काठमाडौं । अफ्रिकी क्षेत्रमा नेपाली कुटनीतिक उपस्थितिको निरन्तरताका लागि गम्भीर...