back
CTIZAN AD

हात्तीले झुपडी भत्काएपछि आरक्ष विस्थापित परिवार समस्यामा

वि.सं.२०७७ माघ १२ सोमवार

651 

shares

१२ माघ, कञ्चनपुर । ढक्कामा बस्दै आएका आरक्ष विस्थापित १३ परिवारका झुपडी हात्तीको बथानले भत्काइ दिएको छ ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज क्षेत्र हुँदै विस्थापित परिवारको शिविरमा गएराति छिरेको हात्तीको बथानले झुपडिभित्र राखेको अन्नबाली खानुका साथै झुपडी भत्काइ बिचल्लीमा पारेको छ । पचास भन्दा बढीको सङ्ख्यामा रहेको हात्तीको बथानले झुपडी भत्काउन थालेपछि स्थानीय बासिन्दाले भागेर ज्यान जोगाएका छन् ।

“खाना खाएर सुत्ने तरखर गर्दै थियौं”, आरक्ष सङ्घर्ष समितिका अध्यक्ष हीरा सिंह भण्डारीले भने, “हात्तीको बथान शिविरमा छिरेर उपद्र मच्चाउन थाल्यो ।” बालबालिका बोकेर सुरक्षित स्थानमा पुगेर ज्यान जोगायौं ।”

झुपडीभित्र रहेको अन्न, ओढ्ने ओछ्याउने र लगाउने कपडासँगै खाना पकाउने भाडाँकुडासमेत हात्तीको बथानले कामै नलाग्ने गरी नोक्सानी पुर्याएको उनले बताए ।

साँझ ६ बजेनै शिविर नजिकैको क्षेत्रमा सडकमा सवारीका साधन हात्तीको अवरोधका कारण रोकिएपछि हो–हल्ला गरी, पटाका पड्काएर भगाए पनि पुनःरातिका बेला हात्तीको बथानले शिविरमै पुगेर झुपडीनै भत्काएर चिसो मौसममा बेहाल बनाएको शिवराज भारतीले बताए ।

हात्तीको बथानले शिविरका बासिन्दाले लगाएको गहुँबालीमासमेत नोक्सानी पुर्याएको छ ।

मजदूरी गरी झुपडीमा राखेको अन्नपात, लत्ताकपडा सबैमा हात्तीको बथानले नोक्सानी गरेपछि रातभर बालबालिकासहित एकसरो लुगामै रुखमुनि ओत लागेर आगो तापेर ज्यान जोगाएको शिविरका बासिन्दाले बताएका छन् ।

“वर्षौदेखि पुनः स्थापनको माग गर्दै आए पनि पुनःस्थापन नहँुदाको पीडा त छदै थियो”, जङ्गबहादुर खत्रीले भने, “जङ्गली हात्तीको पीडासमेत खेप्न बाध्य छौं ।

विसंं २०५८ मा तत्कालीन शुक्लाफाँटा वन्यजन्तु आरक्ष विस्तारका क्रममा ती परिवारलाई हटाइएको थियो । आरक्षबाट विस्थापनमा परेका परिवार ढक्का, तारापुरलगायतका क्षेत्रमा शिविर बनाइ बस्दै आएका छन् ।
रासस

वि.सं.२०७७ माघ १२ सोमवार १५:३० मा प्रकाशित

बङ्गुरका पाठापाठी बिक्रीबाट मासिक रु ७० हजार आम्दानी

बङ्गुरका पाठापाठी बिक्रीबाट मासिक रु ७० हजार आम्दानी

गोदावरी (कैलाली) । गौरीगङ्गा नगरपालिका–१ की ३५ वर्षीया पूजा रावलले...

महेन्द्र राजमार्गको अतिक्रमित जमिन खाली गर्न आग्रह

महेन्द्र राजमार्गको अतिक्रमित जमिन खाली गर्न आग्रह

महेन्द्रनगर । यहाँस्थित स्वीकृति विना अस्थायी/स्थायी घरटहरा निर्माण गर्नेलाई सार्वजनिक...

रास्वपा बैतडीको सभापतिमा नाथ

रास्वपा बैतडीको सभापतिमा नाथ

दशरथचन्द (बैतडी) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बैतडीको सभापतिमा भीम...

अपिहिमाल सडक सञ्जालमा जोडियो, स्थानीयलाई दैनिकी सहज हुने आशा

अपिहिमाल सडक सञ्जालमा जोडियो, स्थानीयलाई दैनिकी सहज हुने आशा

दार्चुला, २३ जेठ – दार्चुलाको अपिहिमाल गाउँपालिका सडक सञ्जालमा जोडिएको छ।...

जनप्रतिनिधिसँग बालबालिकाका माग

जनप्रतिनिधिसँग बालबालिकाका माग

टीकापुर (कैलाली) । स्थानीय पालिकाका जनप्रतिनिधिसँग सबै बालबालिकाको गुणस्तरीय शिक्षामा...

गोबरबाट सजावटका सामग्री बनाउन तालिम

गोबरबाट सजावटका सामग्री बनाउन तालिम

कैलाली । गौशालाको गोबरबाट विभिन्न सामग्री उत्पादनसम्बन्धी सीपमूलक तथा आयआर्जनमूलक...