back
CTIZAN AD

दुर्ई दाजुभाईले गरे स्व. पिताको नाममा जग्गादान

वि.सं.२०७७ माघ १९ सोमवार

576 

shares

१९  माघ, महोत्तरी । स्व पिताको स्मृति चीरस्थायी राख्न महोत्तरीको भङ्गाहा नगरपालिका–३ का दुई दाजुभाईले स्वास्थ्यचौकी र नगर वडा भवन निर्माणका लागि पाँच कट्ठा जग्गा दान गरेका छन् ।

आफ्ना स्व पिता महेश्वर साहको स्मृतिमा देवेन्द्र साह र रामनरेश साहले भङ्गाहा–३ मा स्वास्थ्यचौकी र वडा कार्यालय भवन निर्माणका लागि रु २५ लाख मूल्य पर्ने पाँच कट्ठा जग्गा भङ्गाहा नगरपालिकालाई निःशुल्क उपलब्ध गराएका हुन् ।

जग्गाकै अभावमा स्वास्थ्यचौकी र वडा कार्यालय भवन निर्माणको काम अघि बढ्न नसकेको बेला साह दाजुभाइले जग्गा दान गरेका हुन् । अतिविपन्न मुसहर, बाँतर, खत्वे र मुस्लिम जाति समुदायको सघन बसोबास रहेको आफ्नो ठाउँमा स्वास्थ्य सेवाको पहुँच बढ्ने आशले जग्गादान गरिएको देवेन्द्र साहले बताए ।

त्यसैगरी नगरको वडा कार्यालय पनि सोही दान गरिएको कित्ताभित्र कै जग्गामा निर्माण गरिने भङ्गाहा नगरपालिकाले जनाएको छ । दुवै भवन निर्माण कार्यको शिलान्यास भइसकेको र एक वर्षभित्र सम्पन्न हुने नगरप्रमुख सञ्जीवकुमार साहले जानकारी दिए ।

“हामी स्वास्थ्यचौकी र वडा कार्यालय भवन निर्माणका लागि जग्गाको खोजीमै थियौँ”, उनले भने, “साह दाजुभाइले उदारतापूर्वक फराकिलो मन बनाएर जग्गा दिएका छन् , अब निर्माण कार्यमा जुटेर एक वर्षभित्र काम सम्पन्न गर्छौं ।”

जग्गा प्राप्त भएर स्वास्थ्यचौकी र वडा कार्यालय भवन निर्माणको शिलान्यास भएसँगै भङ्गाहा–३ का आम सर्वसाधारणले जग्गादान गर्ने साह दाजुभाइलाई ‘कलीयुगी श्रवणकुमार’ भन्दै सर्वसाधारणले सराहना गरेका छन् ।

“मानिस सम्पतिको शक्तिले नैतिक, सामाजिक र सांस्कृतिक आचरणबाट विमुख भएका थुप्रै उदाहरण भेटिन्छन्”, भङ्गाहा–३ का बासिन्दा समाजशास्त्री शिवराज दाहालले भने, “यहाँ दुई दाजुभाइले स्व पिताको स्मृतिमा लाखौँ मूल्यको सम्पत्ति जग्गा जनसरोकारका सामाजिक काममा दिए ।”

यो कार्यले हुनेले सामाजिक कार्यमा दिनुपर्दछ भन्ने सन्देश प्रवाह गरेको दाहालको भनाइ छ ।

भङ्गाहा नगर कार्यपालिकाको कार्यालय भवनका लागि एक महिना पहिलेमात्र यसैगरी रु एक करोडभन्दा बढी मूल्यको जग्गा निःशुल्क प्राप्त भइसकेको छ ।

विगतमा जिल्ला विकास समिति महोत्तरीका सभापति रहेका कामेश्वर पाण्डेले भङ्गाहा–५ को सीतापुरबजारमा उपलब्ध गराएका पाँच कट्ठा १५ धुर जग्गामा कार्यालय भवन निर्माणको शिलान्यास त्यतिखेरै भइसकेको छ ।

त्यसैगरी भङ्गाहा–७ को मेघनाथ गोरहन्नामा भर्खरै नवनिर्मित स्वास्थ्यचौकी भवनमा प्रसुति सेवा केन्द्र सञ्चालनमा आएको छ । गर्भवती महिलालाई सुरक्षितरुपमा शिशु जन्माउन प्रसूति सेवा केन्द्र नगर कार्यपालिकाले सञ्चालनमा ल्याएको हो ।

प्रसूति सेवा केन्द्र सञ्चालनमा आएपछि अब सुरक्षित प्रसूतिका लागि बाहिर जानैपर्ने बाध्यताको अन्त्य भएको भन्दै सर्वसाधारणले सन्तोष व्यक्त गरेका छन् । रासस

वि.सं.२०७७ माघ १९ सोमवार १०:४३ मा प्रकाशित

अभिनेत्री दिपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया

अभिनेत्री दिपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया

काठमाडौं । अभिनेता तथा निर्देशक दीपकराज गिरीले अभिनेत्री तथा निर्देशक...

देशका केही क्षेत्रमा भारीदेखि अति भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन अनुरोध

देशका केही क्षेत्रमा भारीदेखि अति भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन अनुरोध

काठमाडौं । देशभर मनसुन वायुको प्रभाव कायम रहँदा आगामी दुई...

हट्यो दाउन्नेको सास्ती, सहज बन्दै नारायणघाट–बुटवल यात्रा

हट्यो दाउन्नेको सास्ती, सहज बन्दै नारायणघाट–बुटवल यात्रा

मध्यविन्दु (नवलपरासी) । गत वर्षसम्म सामान्य वर्षा हुँदा पनि घण्टौँ...

जेन्जी अभियन्ता रक्षा वमको भावुक स्टाटस: “अलविदा गणेश, धेरै सतायो यो राज्यले, अब आराम गर”

जेन्जी अभियन्ता रक्षा वमको भावुक स्टाटस: “अलविदा गणेश, धेरै सतायो यो राज्यले, अब आराम गर”

काठमाडौं ।  जेन्जी अभियन्ता रक्षा वमले गणेशको आत्मदाह घटनापछि सामाजिक...

गणेश नेपालीको मृत्युबारे गृहमन्त्री बोल्दा सांसदले झारे आँसु

गणेश नेपालीको मृत्युबारे गृहमन्त्री बोल्दा सांसदले झारे आँसु

काठमाडौँ । राहदानी विभाग अगाडि मुगुका २५ वर्षीय गणेश नेपालीले...

रास्वपाकी सांसद रञ्जु दर्शना भन्छिन् – गणेश नेपाली प्रकरणबाट सरकारले पाठ सिक्नुपर्छ 

रास्वपाकी सांसद रञ्जु दर्शना भन्छिन् – गणेश नेपाली प्रकरणबाट सरकारले पाठ सिक्नुपर्छ 

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद रन्जु दर्शनाले...