back
CTIZAN AD

खुङ्गाका वडाध्यक्ष पुन रिहा

वि.सं.२०७७ माघ २२ बिहीवार

690 

shares

२२ माघ, बलेवा । जिल्ला अदालत बागलुङले ढोरपाटन नगरपालिका–४ खुङ्गाका अध्यक्ष तिलक पुनलाई रु ८० हजार धरौटीमा रिहा गरेको छ ।

ज्यान मार्ने उद्योगका आरोपमा उनी पक्राउ परेका थिए । विसं २०७६ कात्तिकमा खुङगामा भएको कुटपिटका घटनामा पुनसहितका युवाले कुटपिट गरेर ज्यान मार्ने उद्देश्य राखेको जनाउँदै स्थानीयवासी लालबहादुर विक र श्यामबहादुर विकले पुन विरुद्ध जाहेरी दिएका थिए ।

जाहेरीमा उनीहरुले पुनसहित कोपिल बुढाथोकी, दिलीप बुढाथोकी, गनबहादुर फगामी, हर्कबहादुर बुढाथोकी र उमेश बुढाथोकी विरुद्ध मुद्दा दिएका थिए ।

उनीहरुमध्ये २१ दिनदेखि न्यायिक हिरासतमा रहेका वडाध्यक्ष पुन सहित कोपिल बुढाथोकीलाई अदालतले जनही ८० हजारको दरले धरौटीमा बुधबार रिहा गरेको हो ।

बुधबार भएको थुनछेकको बहसमा जिल्ला न्यायाधीश वासुदेव न्यौपानेको इजलासले धरौटीमा रिहाइ गर्ने आदेश दिएको हो । उक्त घटनामा पुनलाई मरणासन्न हुनेगरी कुटपिट भएको थियो । टाउकोमा गम्भीर चोट लागेका पुनलाई पोखरा लगेर उपचारसमेत गराइएको थियो ।

राष्ट्रिय जनमोर्चाबाट वडाध्यक्षमा निर्वाचित पुनलाई पदबाट हटाउन पार्टीबाटै असहयोग भएको समेत उनले टिप्पणी गरे । पुनलाई वडाध्यक्षबाट हटाउनका लागि निर्वाचन आयोगमा पनि मुद्दा दिइएको थियो । उक्त मुद्दामा पुनको वडाध्यक्षको पद तत्काल नहटाउन सर्वोच्च अदालतले आदेश दिएको थियो ।

राजमोले भने पुनले पार्टी छाडेकाले वडाध्यक्षबाट मुक्त गर्न माग गरेर आयोगमा उजुरी गरेको थियो । पुनलाई वडाध्यक्षबाट हटाउन गरेको आदेश विपरीत सर्वोच्चले तत्काल आदेश कार्यान्वयन नगर्न भनेको थियो । धरौटीमा रिहा भएपछि वडाध्यक्ष पुनले आफू निर्दोष भएको पहिलो प्रमाण जुटेको बताए ।

पुनका पक्षमा अधिवक्ता राम शर्मा, राजु गौतम र राधाकृष्ण ज्ञवालीले बहस गरेका थिए । पुनको विपक्षमा सरकारी वकिलसहित अधिवक्ता काजी गाउँले श्रेष्ठ र केशव पराजुलीले बहस गरेका थिए ।
रासस

वि.सं.२०७७ माघ २२ बिहीवार १२:४७ मा प्रकाशित

गाउँ फर्किएर अंगुरखेतीमा रमाएकी ताराकुमारी

गाउँ फर्किएर अंगुरखेतीमा रमाएकी ताराकुमारी

म्याग्दी । म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिका–८...

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सातवटै प्रदेश...

अल्लोबाट आत्मनिर्भर बन्दै रुमका महिला

अल्लोबाट आत्मनिर्भर बन्दै रुमका महिला

म्याग्दी । जिल्लाको मालिका गाउँपालिका–२ रुमका महिलाले जङ्गलमा खेर जाने...

रास्वपा गण्डकीको सभापतिमा नवीन त्रिपाठी, यी हुन् अन्य निर्वाचित

रास्वपा गण्डकीको सभापतिमा नवीन त्रिपाठी, यी हुन् अन्य निर्वाचित

कास्की । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गण्डकी प्रदेश समिति...

सेती पुलको म्याद दोस्रो पटक थप, यसकारण भयो ढिलाइ

सेती पुलको म्याद दोस्रो पटक थप, यसकारण भयो ढिलाइ

कास्की । पृथ्वीराजमार्गअन्तर्गत पर्ने पोखराको पृथ्वीचोकस्थित सेती नदीमा निर्माणाधीन सेती...

स्याङ्जाको नवग्रह मन्दिरः धार्मिक आस्था र वातावरण संरक्षणको सङ्गम

स्याङ्जाको नवग्रह मन्दिरः धार्मिक आस्था र वातावरण संरक्षणको सङ्गम

गण्डकी । स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–१, पञ्चकन्या मन्दिर परिसरमा नवग्रह तथा...