back
CTIZAN AD

पाँच मुक्तक

वि.सं.२०७७ माघ २४ शनिवार

1.3K 

shares

१.
तिमी बिऊ बिजन, म लगानी बनुँला
तिमी खडेरी भए, म पानी बनुँला
तिमी र म संगै एकै ठाउँ बस्ने बेला,
तिमी ठेकिको दही, म मदानी बनुँला ।

२.
कहिले हावा त कहिले हुरी आउँछ
मै माथि घरिघरि कठिन मज्बुरी आउँछ
मेरो पीडा देखेर साथीहरुले धेरै उपहार दिए,
कहि चुरोट, रक्सी त कहि बाँसुरी आउँछ ।

३.
उपहार दिएथे फुलको थुङ्गा नाघेर गईन् उनी
हानेर मेरै छाती माथि ढुङ्गा नाघेर गईन् उनी
मृग तृष्णाझै तिर्खाएको माया थियो मेरो,
बिष मिसाएर जल गंगा नाघेर गईन् उनी ।

४.
राम्रो मान्छेले दिएको अभ्यास चाहान्छु
रोएको मन सम्झाउन उपन्यास चाहान्छु
पाप भरिएर पोखिदैछ समाज भित्र,
निच दरिन्दाहरुको सर्वनास चाहान्छु ।

५.
तयार छु दुश्मनसंग युद्धको लागि
नेपाल आमा र गौतम बुद्धको लागि
काट्नै परे काट्छु दुष्टहरुका गला,
शान्ति, समुन्नती र समृद्धको लागी ।

वि.सं.२०७७ माघ २४ शनिवार ०७:४० मा प्रकाशित

साहित्यकार अधिकारीको ’रचना कुसुम’ विमोचन

साहित्यकार अधिकारीको ’रचना कुसुम’ विमोचन

घोराही, दाङ । राप्ती साहित्य परिषद् जिल्ला शाखा, दाङको आयोजनामा...

चारु

चारु

कल्पना मरासिनी भूमिकास्थान,अर्घाखाँची हाल : ललितपुर हिमाल हाँस्दा मोतीका दाना...

सुसेली : प्रकृति

सुसेली : प्रकृति

बिपी लामिछाने दमक, झापा १. राखौं भरेर प्रकृतिको मायामा रक्षा...

झिल्का कविता

झिल्का कविता

स्व. एवाइ प्रभात सहिदभूमि, धनकुटा १. देशको माया छोडेर विदेशीको...

गजल

गजल

राजेन्द्रकुमार वज्राचार्य कोटेश्वर , काठमाडौँ पीडा भयो मान्दा प्रथा, यस्तै...

गजल

गजल

विदुर अधिकारी,चितवन गाउँबाट नै आइयो सहर किन्तु मतलबी देखियो सहर...