
गर्दैथेँ निक्लने बिचार घर भित्रबाट
गरेछ आफ्नैले प्रहार घर भित्रबाट ।
भित्तामा टाँसेका नेताको तस्वीर हेरेर
चल्दैन जिउने आधार घर भित्रबाट ।
जोई र पोइको झगडा भएजस्तो सधैं
के गर्दैछ यो सरकार घर भित्रबाट ।
उ सगरमाथा चढी मात्रै नेपाल देख्छ
म देखाउँला यो संसार घर भित्रबाट ।
देश जोगाउन युद्धमा गएको छ छोरो
नबोलाउनु बारम्बार घर भित्रबाट ।।
वि.सं.२०७७ माघ २४ शनिवार ०७:४५ मा प्रकाशित






























