
‘थाहा पाउनुभयो’-उसले प्रसन्न मुद्रामा भन्यो’ त्यो त हारेछ नि’
‘अर्काे चुनाव आउन आँटिसक्यो, के कुरा गर्छाै हँ तिमी पनि ? मैले आश्चर्य मान्दै सोधें ।
‘यहाँको कुरा होइन क्या दाइ, उताको कुरा गरेको ।’
‘कता उता ?’
‘अम्रिकाको क्या अम्रिकाको ।’
‘ए, उताको कुरा पो गरेको ?’ ‘जस्ले जिते जो हारे पनि हाम्लाई के फरक पर्छ र ? न आमा तिर न बाबुतिरको ।’
’लौ के कुरा गर्नुभा’को होला दाइले पनि,’ ’साह्रै मै हुँ भन्थ्यो, बढ्ता बोल्थ्यो, अरुलाई कत्ति गन्दैनथ्यो नि त्यो । त्यस्ताको हविगत त्यस्तै हुन्छ भनेर खुसी भा’को नि दाइ, चुनाव त आओस् !’
वि.सं.२०७७ माघ २४ शनिवार ०७:४७ मा प्रकाशित






























