२६ माघ, अमेरिका । नेपाली काँग्रेसको प्रवासस्थित भातृसंस्था नेपाली जनसम्पर्क समिति अमेरिकाले गैरआवासीय नेपालीसंघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद्(एनसीसी)को सदस्यता तोकिएको समयभित्रै लिन सबैमा आग्रह गरेको छ ।
समितिका महासचिव मुनिन्द्र नेम्बाङले प्रेस विज्ञप्ति जारी गर्दै एनआरएनए एनसीसी अमेरिकाको यहि फ्रेबुअरी २३ मा हुन गैरहेको महाधिवेशनमा सक्रिय सहभागिताका निम्ति सदस्यता नविकरण र वितरण गर्ने मिति फ्रेबुअरी १५ सम्म तोकिएको हुँदा सो समयभित्रै सदस्यता लिइदिन संस्थामा आबद्ध शुभेच्छुक, साधारण, क्रियाशिल सदस्य एवम् सम्पूर्ण अमेरिकावासी नेपालीमा अनुरोध गरेका छन् ।
फ्रेबुअरी ७ तारीखमा नेपाली जनसम्पर्क समिति अमेरिकाको सभापति आनन्द बिष्टको अध्यक्षतामा समितिका सल्लाहकार, च्याप्टरका सभापति, अमेरिकामा रहेका नेका केन्द्रीय विभागका सदस्यहरू र कार्यसमितिको संयुक्त जुम बैठकले एनआरएनएको बिषयमा छलफल भै निर्णय भएअनुसार महासचिव नेम्वाङले सो आग्रह गरेका हुन् ।
एनआरएनए गैरआवासीय नेपालीको हक अधिकारको बारेमा र समग्र नेपालीहरूको सरोकारको बिषयहरूमा आवाज उठाउने एउटा आधिकारिक साझा संस्था भएको उल्लेख गर्दै यस संस्थाबाट नीतिगत तहमा हुने काम कारवाही सधैं विवाद रहित र पारदर्शी बनाउनका लागि, सबैको भावनाको प्रतिनिधित्व र सम्बोधन हुने वातावरणको सृजना गर्न र संस्थालाई सशक्त, मजबूद एकतावद्ध तथा सबै अटाउने बृहत साझा संस्था बनाउनका लागि अमेरिकामा रहेका नेपाली समुदायमा कृयाशील र स्थापित संघसंगठनहरूको गहन भूमिका रहने विज्ञप्तिमा जनाइएको छ ।
उक्त जुम बैठकले यही माघ २१ गते, वैतडी दोगडा केदार गाउँपालिकाकी १२ कक्षामा अध्ययनरत १७ बर्षीया भागरथी भट्टको बलात्कार गरि अमानवीय तवरले जघन्य हत्या गरेको घटनाप्रति घोर निन्दा र भत्सर्ना समेत गरेको छ । बैठकले यस्ता बर्बर र अपराधिक घटनामा संलग्न दोषीलाई अविलम्ब पक्राउ गरी कानुन बमोजिम हदैसम्मको कारवाही गर्नसमेत सरकारसँग जोडदार माग पनि गरेको छ ।
आदरणीय अमेरिकावासी
नेपाली दिदीबहिनी तथा दाजुभाइहरू,
जय नेपाल !
गैर आवसीय नेपालीसंघ राष्ट्रिय समन्वय परिषद् अमेरिकाको आगामी ( २०२१-२०२३ ) कार्यकालको लागि सदस्यता नविकरण तथा नयॅा सदस्यता वितरण भइ रहेको कुरा हामी सबैमा अवगत नै छ । गैर आवसीय नेपालीको हक अधिकारको बारेमा र समग्र नेपालीहरूको सकोकारको बिषयहरूमा आवाज उठाउने एउटा आधिकारिक साझा संस्था भनेको एनआरएनए नै हो । त्यसैले यस संस्थाबाट नीतिगत तहमा हुने काम कारवाही सधैं विवाद रहित र पारदर्शी बनाउॅनका लागि, सबैको भावनाको प्रतिनिधित्व र सम्बोधन हुने वातावरणको सृजना गर्न र संस्थालाई सशक्त,मजबूद एकतावद्ध तथा सबै अटाउने बृहत साझा संस्था बनाउनका लागि अमेकिकामा रहेका नेपाली समुदायमा कृयाशील र स्थापित संघसंगठनहरूको गहन भुमिका रहन्छ ।
यसै सन्दर्भमा आज फेब्रुवरी ७ तारीख २०२१ आइतबारका दिन नेपाली जनसम्पर्क समिति अमेरिकाको सभापति आनन्द बिष्टको अध्यक्षतामा समितिका सल्लाहकार, च्याप्टरका सभापति, अमेरिकामा रहेका नेका केन्द्रीय विभागका सदस्यहरू र कार्यसमितिको सम्युक्त जुम बैठक एनआरएनएको बिषयमा छलफलका लागि बस्यो ।
सो जुम बैठकको निर्णय अनुसार गैर आवसीय नेपालीसंघ राष्ट्रिय समन्वय परिषद् अमेरिकाको आगामी ( २०२१-२०२३ ) कार्यकालको लागि हुन गइरहेको महाधिवेशनमा सकृय सहभागिताका निमित्त सदस्यता नविकरण र वितरण गर्ने अन्तिम मिति यही फेब्रुवरी १५ तारीख २०२१ सम्म मात्र भएकोले तोकिएको समय भित्रै, सदस्यता लिइदिनहुनका लागि बिशेष गरेर संस्थामा आवद्ध शुभेच्छुक, शुभचिन्तक, साधरण एवं कृयाशील सदस्यहरू र अमेरिकावासी सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा नेपाली जनसम्पर्क समिति अमेरिका यसै विज्ञप्ति मार्फत हार्दिक बिनम्र अनुरोध गर्दछ ।
साथै यही माघ २१ गते, वैतडी दोगडा केदार गाउँपालिकाकी १२ कक्षामा अध्ययनरत १७ बर्षीया भागरथी भट्टको बलात्कार गरि अमानवीय तवरले जघन्य हत्या गरेको घटना प्रति घोर निन्दा र भत्सर्ना गर्दै नेपाली जनसम्पर्क समिति अमेरिका यस्ता बर्बर र अपराधिक घटनामा संलग्न दोषीलाई अविलम्ब पक्राउ गरी कानुन बमोजिम हदैसम्मको कारवाही गर्न सरकारसंग जोडदार माग गर्दछ । यस दु:खद घडीमा सिंगो समितिको तर्फबाट भागरथी भट्टको आत्माको चिरशान्तिको कामना गर्दै, शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दछ ।
धन्यवाद,
मुनिन्द्र नेम्बाङ
महासचिव
नेपाली जनसम्पर्क अधिवेशन
तयारी समिति अमेरिका
Feb 7, 2021.
वि.सं.२०७७ माघ २६ सोमवार १२:४१ मा प्रकाशित