२ फागुन, काठमाडौं । पुँजी बजार विकासका लागि सरकारले २०७५ मै गरिसक्छु भनेका महत्वपूर्ण १८ काम तत्काल गराउन माग गर्दै सेयर बजारका लगानीकर्ता तिलक कोइराला आमरण अनशन बसेका छन् ।
कोइरालाले नेपाल धितोपत्र बोर्डले पुँजी बजार विकास र विस्तारका लागि गर्नुपर्ने काम नगरेको भन्दै आइतबार सिंहदरबार प्लाजस्थित नेप्सेको भवन अगाडि आमरण अनशन बसेका हुन् ।
पुँजी बजार सुधारका लागि गर्नुपर्ने आवस्यक कामहरु नगरेका कारण जोखिम बढ्दै गएको र विकासका कामहरु अवरुद्ध भएकोले आमरण अनसनमा बस्नु परेको उनले बताएका छन् । उनले सरकारी पक्षबाट यी मागहरु पूरा नभएसम्म अनशन जारी राख्ने कोइरालाले बताएका छन् ।
वि.सं.२०७७ फागुन २ आइतवार १३:०४ मा प्रकाशित






























