back
CTIZAN AD

कविताः देश आफै बन्दैन बनाउनु पर्छ

वि.सं.२०७७ फागुन ८ शनिवार

1.2K 

shares

१८ वर्ष भएछ मैले
नेपाल छाडेको
१८ वर्ष भएछ मैले
अमेरिका टेकेको
म रहेको अमेरिकाको मेरिल्यान्ड
१८ वर्ष अगाडी जस्तो थियो
उस्तै छ
म जन्मिएको मेरो गाउँ ठाउँ इमाडोल
१८ वर्ष अगाडी जस्तो थियो
उस्तै छैन
वर पर दाया वाया गाउँ घर
सबै तिर
यति फरक भइ सकेछ कि
पुराना घर छैनन् पुराना
बाटो छैनन्
पुराना पसल छैनन पुराना
चौतारी छैनन
याहा सम्म कि धेरै आफन्त छिमेकी रहेनन
बिलकुल फरक भइ सकेछ जन्मिएको ठाउँ
पुराना आफन्त, छिमेकि, स्थानिय बाहेक
न घर चिनिन्छन न मानिस चिनिन्छन
गाउँमा थोरैको साइकल
बाइक हुदा
प्रायः सबै हिड्ने बस चड्ने गर्थे
गाउँमा ढलाने घर कसैका थिएनन
सबैका टायल र पाली भएका
घरहरू थिए

धेरै तिर देशभर
नढाट जनता
निरास नबनाऔ जनता
आफ्नो ठाउ देश कसरी बनाउने
त्यता तिर लाग
केहि भएको छैन भनेर
भाडनीति नगर
आफु मात्र बन्ने देश बिगार्ने
फोहरी राजनीति नगर

गोरेटो बाटो सबैतिर हिले धुले घाँसें थिए
आज सबैका ढलाने ठूला घर भइ सकेछन
आज सबैतिर चौडा बाटो बनि सकेछन
घरै पिच्छे बाइक देखिन थालेछन
घरै पिच्छे ढलको व्यवस्था हुन थालेछन
पानीको व्यवस्था र सफा बाटो बनाउने
पहल बजेट निर्माण सबै तिर हुदै रहेछन
पिर्काको ठाउमा डाइनिंग टेबुल भएछन
सुकुल र मान्द्रीको सट्टा सोफा चियर आएछन
मासु खान गाउँमा खसी काट्नै नपर्ने भएछ
फलफुल खान तिहार या पाहुना आउनु पर्ने
या बिरामी हुनु पर्ने दिन पनि गएछ
मासु टन्न खान नया लुगा जुत्ता लाउन
दशै कुर्नु पर्ने दिन पनि गएछ
उहिले बोर्डिंग स्कुलमा पढाउने
थोरै थिए
अहिले अमेरिका अष्ट्रेलिया पठाउने धेरै भैसके
१८ वर्ष भित्रै म जन्मेको ठाउँ
अर्कै भइ सकेछ
१८ वर्ष वित्दा पनि म रहेको ठाउँ
उस्तै किन भैरहेछ
जति हुनु पर्ने यता उहिले
भैसकेको रहेछ
जति हुनु पर्ने नेपालमा
भर्खर भर्खर सुरू भएको रहेछ
केहि भएको छैन भन्नेहरू
आफ्नो गाउँ ठाउँ जन जीवन हेरौ
जबाफ आफै मिल्छ
अझै धेरै गर्न बाँकि छन्
धेरै तिर देशभर
नढाट जनता
निरास नबनाऔ जनता
आफ्नो ठाउ देश कसरी बनाउने
त्यता तिर लाग
केहि भएको छैन भनेर
भाडनीति नगर
आफु मात्र बन्ने देश बिगार्ने
फोहरी राजनीति नगर
हिजो कस्तो थियौ
आज कस्तो छौ
जबाफ आफै मिल्छ
कृपया देश र जनतालाइ
नढाटी देउ
देश आफै बन्दैन बनाउनु पर्छ
यो सत्य त बुझि देउ

वि.सं.२०७७ फागुन ८ शनिवार ०५:५४ मा प्रकाशित

कविता : आमा तिमी इश्वर

कविता : आमा तिमी इश्वर

अलख निरन्जन लोहार टीकापुर , कैलाली हाल : भारत आमा...

चारु

चारु

डा. ठाकुर माेहन श्रेष्ठ,काठमाडौँ झुटो आरोप नलगाऊनु हतारमा पत्याउनेको कमी...

झिल्का कविताहरू

झिल्का कविताहरू

बाबुराम गौतम, गुल्मी १. सपना नछोड्नू कहिल्यै ताकेको लक्ष्य छुट्नसक्छ...

सुसेली : आदिकविमा समर्पित

सुसेली : आदिकविमा समर्पित

रामप्रसाद अधिकारी अजिरकोट ३ , गोरखा १ भानुका कुरा गर्नुपर्छ...

गजल

गजल

रमा खतिवडा,पोखरा खोज्छ हाँस्दै रम्न सकभर जिन्दगी बन्छ हरपल दु:खको...

कविता : हे भानु आऊ अब

कविता : हे भानु आऊ अब

विदुर अधिकारी,रामपुर, चितवन जन्म्यौ भानु असार मास दिनको, उन्तीस जाँदा...