back
CTIZAN AD

पाँच मुक्तक

वि.सं.२०७७ फागुन ८ शनिवार

1.4K 

shares

१.
भित्री होस वा वाहिरी ,बेदाग कुनै अनुहार हुँदैन,
दुख छोपिन्न लोसनले, सुखको सृंगार हुँदैन ।
चाहना हो ठूलै राख्नु रहर गर्नु पाप होइन,
यसो त सपना अनेक देखिन्छन्,तर सबै साकार हुँदैन ।

२.
कति उच्चा सोच राख्छौ ? कर्म बोलोस् विचार बोलोस् ।
मुख बोलेर हुन्न साथी, आचरण र व्यवहार बोलोस् ।
क्षणभंगुर हुन्छ भन्छन् अरु सारा प्राप्तिहरु,
जिन्दगीमा मिठास भर्न, मुस्कान बोलोस प्यार बोलोस् ।।

३.
देख्न सुन्न पर्छ सधैं, घटना बिपरित भाको,
होहल्ला र झुट सामु, न्याय प्रभावित भाको,
जति भाका फेरुन तर रत्ति पनि सुहाउँदैन
बेचिएका जिब्रोहरुले, देशभक्तिको गीत गाको ।।

४.
भविष्यलाई डोहोर्याउने,सबको आफ्नै अतीत हुन्छ,
आफ्नै दम्भ दुष्टताले,मान्छे आफैं पतीत हुन्छ ।
राख्नलाई त झिंगो पनि उड्नसक्ने खुवी राख्छ,
तर उसका हरेक उडान, फोहोरतिरै सिमित हुन्छ ।।

५.
उम्री बढने शक्ति भए,संसार ढाक्छ एउटा बिउले,
महाँभारत युद्ध भा’थ्यो, दाजुभाइको सानै निउँले ।
हस्तिनापुर हातपार्न कैयौं युद्ध लड्नुपर्छ,
बिपनामा जिउलाग्दैन,सपनामा खा’को घिउले ।।

वि.सं.२०७७ फागुन ८ शनिवार ०५:५८ मा प्रकाशित

कविता : आमा तिमी इश्वर

कविता : आमा तिमी इश्वर

अलख निरन्जन लोहार टीकापुर , कैलाली हाल : भारत आमा...

चारु

चारु

डा. ठाकुर माेहन श्रेष्ठ,काठमाडौँ झुटो आरोप नलगाऊनु हतारमा पत्याउनेको कमी...

झिल्का कविताहरू

झिल्का कविताहरू

बाबुराम गौतम, गुल्मी १. सपना नछोड्नू कहिल्यै ताकेको लक्ष्य छुट्नसक्छ...

सुसेली : आदिकविमा समर्पित

सुसेली : आदिकविमा समर्पित

रामप्रसाद अधिकारी अजिरकोट ३ , गोरखा १ भानुका कुरा गर्नुपर्छ...

गजल

गजल

रमा खतिवडा,पोखरा खोज्छ हाँस्दै रम्न सकभर जिन्दगी बन्छ हरपल दु:खको...

कविता : हे भानु आऊ अब

कविता : हे भानु आऊ अब

विदुर अधिकारी,रामपुर, चितवन जन्म्यौ भानु असार मास दिनको, उन्तीस जाँदा...