फक्रेर फुल्नै अनि झर्न बाँकी
रहेछ आफैं पनि मर्न बाँकी ।
लोभी र पापी धनले बनायो
रित्तै छ भाँडो अझ भर्न बाँकी ।
बनेर लाछी पछि हट्नु छैन
कर्तव्य ठानी अघि सर्न बाँकी ।
मेटिन्न यो भोक र प्यास लाग्छ
देखे सुनेका सब गर्न बाकी ।
उत्रन्छ वा डुब्दछ जिन्दगी यो
डुङ्गा खियाएर छ तर्न बाँकी ।
वि.सं.२०७७ फागुन ८ शनिवार ०६:०१ मा प्रकाशित






























