back
CTIZAN AD

घायलका मुक्तक

वि.सं.२०७७ फागुन ८ शनिवार

828 

shares

१.
अहिले जे जस्तो गरे समयानुकूल चल्नेले गरे
साम्यवादी पिता ज्यूको तस्बिरमा फल्नेले गरे
जो थियो ठिकै थियो अझै झन् ठिकै भएको छ,
बर्तमानमा यो परिवर्तन त तक्दिर बल्नेले गरे ।।

२.
जति मिठो बोल्दापनी खै किन ? हप्काउंछ्यौ
तिखो शव्द हतियार बनाएर छप्काकाउंछ्यौ
दुखाएर यो छातीको कर्ण कवच झिकेपछि,
त्यसैमाथी गोही आँसु तप्प तप्प तप्त्काउंछ्यौ ।।

३.
कति गाउँ वस्ती झन् कति शहर खाएका छन्
समृद्धिको नाममा जनताको रहर दवाएका छन्
हिजोको झुठ सच्याएर सत्य बोल्नुस महाशय,
आस्थाको पुल–पुलेसा अनि नहर भत्काएका छ्न् ।।

४.
बाटो बिराएर हिड्नेलाई बाटोको मूल्य थाहा हुदैन
धर्म संस्कृति अडिने त्यो पाटोको मूल्य थाहा हुदैन
बिना तुकको भाषण छाट्छ्न समृद्धिको नाम लिदै,
जो मरितूल्य छ उसलाई माटोको मूल्य थाहा हुदैन ।।

५.
कति निर्दयी भाग्य बिद्याता छलेर जान्छ
आलो घाउमा झन् नुनचुक दलेर जान्छ
बाँच्नलाई झनै कठिन मन पोल्छ भतभती,
धरहरा झैँ आकांक्षा गर्ल्याम्म ढलेर जान्छ ।।

वि.सं.२०७७ फागुन ८ शनिवार ०६:०३ मा प्रकाशित

कविता : आमा तिमी इश्वर

कविता : आमा तिमी इश्वर

अलख निरन्जन लोहार टीकापुर , कैलाली हाल : भारत आमा...

चारु

चारु

डा. ठाकुर माेहन श्रेष्ठ,काठमाडौँ झुटो आरोप नलगाऊनु हतारमा पत्याउनेको कमी...

झिल्का कविताहरू

झिल्का कविताहरू

बाबुराम गौतम, गुल्मी १. सपना नछोड्नू कहिल्यै ताकेको लक्ष्य छुट्नसक्छ...

सुसेली : आदिकविमा समर्पित

सुसेली : आदिकविमा समर्पित

रामप्रसाद अधिकारी अजिरकोट ३ , गोरखा १ भानुका कुरा गर्नुपर्छ...

गजल

गजल

रमा खतिवडा,पोखरा खोज्छ हाँस्दै रम्न सकभर जिन्दगी बन्छ हरपल दु:खको...

कविता : हे भानु आऊ अब

कविता : हे भानु आऊ अब

विदुर अधिकारी,रामपुर, चितवन जन्म्यौ भानु असार मास दिनको, उन्तीस जाँदा...