back
CTIZAN AD

तीन हरफे कविता

वि.सं.२०७७ फागुन ८ शनिवार

1.5K 

shares

१.
हिजोआज सपना देख्न मैले छोडेको छु
गन्तब्य पुग्ने सबै बाटो नै मैले मोडेको छु
नैतिकतालाई मिल्काएर अनैतिकतालाई गोडेको छु ।

२.
जमाना पनि कस्तो हौ खल्तीमा हुँदा वरवर पर्ने
उन्नति गरेको देख्न नसकी मीठो विष छर्ने
आपदबिपद आइपर्दा भने परपर सर्ने ।

३.
दैवको लीला उसैको खेल
छैन हामीमाझ रत्तिभर मेल
ज्यानमारालाई हुन्छ यहाँ बेल ।

४.
आउँदैन है फर्केर बितेको समय घरिघरि
कसैलाई यहाँ मरिमरि त कसैलाई परिपरी
मान्छे संसारको एउटै तर बिचार भने थरिथरी ।

५.
हुनेलाई महल छ निमेकीलाई झुप्रो
सोझासाझा जनतालाई समस्याको थुप्रो
छातीभित्र दन्कदैछ आन्दोलनको भुप्रो ।

६.
असारको झरी साउनको भेल
राजनीतिभन्दा कुटनैतिक खेल
गोर्खा बुद्धि यहाँ सबै नै फेल ।

७.
घरको दुश्मन घरैभित्र
वर्तमान समयमा समाजको चित्र
कस्ता जालिम हुँदा र’छन् कलियुग मित्र ।

८.
प्रकृतिको ताण्डव खेल
सहरमा बग्छ ढलको भेल
सरकारी योजना सबै फेल ।

९.
रामायण पढ्छन् मञ्चमा आई
भानुको जयन्ती मनाउनलाई
ढाका टोपीमा अङ्ग्रेजी टाई ।

१०.
हाँसिरहने मन यो मेरो
वरपर व्याप्त छ स्वार्थको घेरो
मृत्युपछि न मेरो न तेरो ।

वि.सं.२०७७ फागुन ८ शनिवार ०६:०४ मा प्रकाशित

कविता : आमा तिमी इश्वर

कविता : आमा तिमी इश्वर

अलख निरन्जन लोहार टीकापुर , कैलाली हाल : भारत आमा...

चारु

चारु

डा. ठाकुर माेहन श्रेष्ठ,काठमाडौँ झुटो आरोप नलगाऊनु हतारमा पत्याउनेको कमी...

झिल्का कविताहरू

झिल्का कविताहरू

बाबुराम गौतम, गुल्मी १. सपना नछोड्नू कहिल्यै ताकेको लक्ष्य छुट्नसक्छ...

सुसेली : आदिकविमा समर्पित

सुसेली : आदिकविमा समर्पित

रामप्रसाद अधिकारी अजिरकोट ३ , गोरखा १ भानुका कुरा गर्नुपर्छ...

गजल

गजल

रमा खतिवडा,पोखरा खोज्छ हाँस्दै रम्न सकभर जिन्दगी बन्छ हरपल दु:खको...

कविता : हे भानु आऊ अब

कविता : हे भानु आऊ अब

विदुर अधिकारी,रामपुर, चितवन जन्म्यौ भानु असार मास दिनको, उन्तीस जाँदा...