back
CTIZAN AD

गजल

वि.सं.२०७७ फागुन ८ शनिवार

1.2K 

shares

पर्खन मात्र पर्ने हो सबैको दिन आउँछ ;
कालो रात बिते फेरि नयाँ घाम उदाउँछ ।

रोकिन्न यात्रा हम्मेसी बाधा र व्यवधानले ;
मार्गमा सुस्ताए यात्री नयाँ गति समाउँछ ।

नयाँपाठ सिकिने हो बाटो हिंड्दा लडेपनि ;
कुनैबेला निराशाले नौलो आशा जगाउँछ ।

पत्थरमा फूल फुल्छ राग चल्छ वहारको ;
मरुभूमिमा आशाको वसन्तले सजाउँछ ।

रोकिए प्रतिभा फेरि उर्लन्छ अझ बेगले ;
जसरी थुनिए खोला नयाँ बाटो बनाउँछ ।

वि.सं.२०७७ फागुन ८ शनिवार ०६:०८ मा प्रकाशित

कविता : आमा तिमी इश्वर

कविता : आमा तिमी इश्वर

अलख निरन्जन लोहार टीकापुर , कैलाली हाल : भारत आमा...

चारु

चारु

डा. ठाकुर माेहन श्रेष्ठ,काठमाडौँ झुटो आरोप नलगाऊनु हतारमा पत्याउनेको कमी...

झिल्का कविताहरू

झिल्का कविताहरू

बाबुराम गौतम, गुल्मी १. सपना नछोड्नू कहिल्यै ताकेको लक्ष्य छुट्नसक्छ...

सुसेली : आदिकविमा समर्पित

सुसेली : आदिकविमा समर्पित

रामप्रसाद अधिकारी अजिरकोट ३ , गोरखा १ भानुका कुरा गर्नुपर्छ...

गजल

गजल

रमा खतिवडा,पोखरा खोज्छ हाँस्दै रम्न सकभर जिन्दगी बन्छ हरपल दु:खको...

कविता : हे भानु आऊ अब

कविता : हे भानु आऊ अब

विदुर अधिकारी,रामपुर, चितवन जन्म्यौ भानु असार मास दिनको, उन्तीस जाँदा...