back
CTIZAN AD

पाँच मुक्तक

वि.सं.२०७७ फागुन ८ शनिवार

3.7K 

shares

१.
एउटाको जित, अर्काको हार हुने भयो
देखेका सपनाहरु सबै बेकार हुने भयो
मित्रता नै शत्रुतामा परिवर्तन भएपछि,
गुलाफ हैन मेरो हातमा तरबार हुने भयो ।

२.
आफ्नालाई दुष्ट, पराईलाई देवता मान्नेहरु
दुनियाँ हसाउँन बाह्र–सत्ताइस कुरा जान्नेहरु
बताइदिनुस् बोली र व्यबहार किन फरक छ
पहिला बाटो देखाई पछिबाट खुट्टा तान्नेहरु ।

३.
उकाली ओराली हजुरसँगै गर्ने मन छ प्यारा
तपाई कै घरमा बसाई सर्ने मन छ प्यारा
अथाह प्रेम गरौला नि मुना मदनले जस्तै
मर्नु परेमा सँगै साथमा मर्ने मन छ प्यारा ।

४.
दुधे बालक रुवाउदै भारी बोक्नेलाई थाहा हुन्छ
निस्तो ढिडो खुवाउदै भारी बोक्नेलाई थाहा हुन्छ
स्वर्ग कस्तो हुन्छ होला जान्ने मन छ सोध्नु साथी ,
मुन्टोले भुइँ छुवाउदै भारी बोक्नेलाई थाहा हुन्छ ।

५.
तिमी सुनौलो बिहानी म औंसीको रात भएपछि
तिमी सुन्दर पुष्पवृक्ष म झरेको पात भएपछि
धर्ती अनि आकाशको मिलन सम्भव छैन प्रिय,
मैले गर्ने चोखो माया तिमीलाई आघात भएपछि ।

वि.सं.२०७७ फागुन ८ शनिवार ०६:२२ मा प्रकाशित

कविता : आमा तिमी इश्वर

कविता : आमा तिमी इश्वर

अलख निरन्जन लोहार टीकापुर , कैलाली हाल : भारत आमा...

चारु

चारु

डा. ठाकुर माेहन श्रेष्ठ,काठमाडौँ झुटो आरोप नलगाऊनु हतारमा पत्याउनेको कमी...

झिल्का कविताहरू

झिल्का कविताहरू

बाबुराम गौतम, गुल्मी १. सपना नछोड्नू कहिल्यै ताकेको लक्ष्य छुट्नसक्छ...

सुसेली : आदिकविमा समर्पित

सुसेली : आदिकविमा समर्पित

रामप्रसाद अधिकारी अजिरकोट ३ , गोरखा १ भानुका कुरा गर्नुपर्छ...

गजल

गजल

रमा खतिवडा,पोखरा खोज्छ हाँस्दै रम्न सकभर जिन्दगी बन्छ हरपल दु:खको...

कविता : हे भानु आऊ अब

कविता : हे भानु आऊ अब

विदुर अधिकारी,रामपुर, चितवन जन्म्यौ भानु असार मास दिनको, उन्तीस जाँदा...