back
CTIZAN AD

कविता: खोई गणतन्त्र ?

वि.सं.२०७७ फागुन ८ शनिवार

1K 

shares

पछुतो थिएन प्रजातन्त्रको
आयौ ढिलै भए पनि आँसु पुछ्न आमाको
मुहार थोरै भए पनि हाँसेकै थियो,
सुस्केराहरु थोरै पनि घटेकै थिए ।
दिनहरु थोरै उज्यालिदै थिए ।
उज्वल आकाशको आशामा,
चरीहरु चिरबिराउँदै थिए मिठो धून लिएर ।
यात्रुहरु लम्काउँदै थिए पाइला
सुरक्षित बाँस अनि टन्न गासको आशमा ।

खै कहाँ गएर तुहिए आशाहरु
बेखबर छन् कानूनहरु
भत्भती पोल्ने बालुवामाथिको
जिन्दगीको अवशेषहरुका
आँसुमात्र छताछुल्ल छन् आजकल
दिन दहाडै अनिश्चित सुरक्षामा
आशङ्काको भरोसामा
पेलिएका छन् भर्खरका मुनाहरु,
बगेकाछन् अनन्त खुशीहरु वेदना बनेर,
नङ्ग्याईएका छन् नारी अस्मिताहरु,
हाहाकार छ नेपाली आकाश
स्याल गिद्धहरुका नङ्ग्रा र दाह्राहरु
मस्ति गर्दैछन् चेलीहरुमा
संस्कृति र संस्कारको धज्जी उडेको छ
सेतोलाई कालो भन्न लगाईन्छ
ज्यूँदोलाई मृत घोषणा हुन्छ ,
कुकुरलाई कलो देखाएर भुक्न लगाईन्छ
एक फेर उधिनिएका सिनोहरु
ढाकछोपको प्रयास हुन्छ यहाँ,
अनि बास्नाको नाटक हुन्छ ।

अति भो अब त अति भो
सीता भृकुटीका
जनक वुद्धका काखमा
ऋषि महर्षिहरुका सन्ततिहरु
चिल्लाईरहेछन्,
सोधिरहेछन् हाहाकार गर्दै
खै कता गयो धर्म संस्कृति?
खोई कहाँ गयो प्रजातन्त्र
खोई कता भाग्यो गणतन्त्र ?

वि.सं.२०७७ फागुन ८ शनिवार ०७:५९ मा प्रकाशित

कविता : आमा तिमी इश्वर

कविता : आमा तिमी इश्वर

अलख निरन्जन लोहार टीकापुर , कैलाली हाल : भारत आमा...

चारु

चारु

डा. ठाकुर माेहन श्रेष्ठ,काठमाडौँ झुटो आरोप नलगाऊनु हतारमा पत्याउनेको कमी...

झिल्का कविताहरू

झिल्का कविताहरू

बाबुराम गौतम, गुल्मी १. सपना नछोड्नू कहिल्यै ताकेको लक्ष्य छुट्नसक्छ...

सुसेली : आदिकविमा समर्पित

सुसेली : आदिकविमा समर्पित

रामप्रसाद अधिकारी अजिरकोट ३ , गोरखा १ भानुका कुरा गर्नुपर्छ...

गजल

गजल

रमा खतिवडा,पोखरा खोज्छ हाँस्दै रम्न सकभर जिन्दगी बन्छ हरपल दु:खको...

कविता : हे भानु आऊ अब

कविता : हे भानु आऊ अब

विदुर अधिकारी,रामपुर, चितवन जन्म्यौ भानु असार मास दिनको, उन्तीस जाँदा...