back
CTIZAN AD

कविता: बतासमा उल्टै ठोकिएर ढुङ्गा

वि.सं.२०७७ फागुन १५ शनिवार

1.1K 

shares

मसंग एउटा मन छ जो मसंग पनि हुन्न,
हजार मन हुनेहरु पनि छन्,
कसरी सम्हाल्छन् कुन्नि हजार मनहरु ।

बादल जब आकाशमा धागो फाल्दै हुन्छ,
मेरो मन त्यसैमा टेकेर बतासिन्छ,
लाग्छ दुर्घटना हुन्छ कता
भरै फर्केला नि
मौलोमा बाँध्छु मन ।

घाम त डुब्छ हरेक साँझ
म को हो र तैरिरहने पर्ने भन्छ
बेला–बेला आकाशमा डुब्छ मन,
चन्द्रमा पनि डुब्दै उत्रदै गर्छ त्यसै अँध्यारोमा
एउटा मन सम्हालेको भएपनि
असिमित भँगालोमा बाँडिन्छ मन,
कहिलेकाँही मनको शुक्ष्मता भेट्न सक्दिन मै ।

निखारिन्छु भन्छु,
खारिन्छु भन्छु
झन् बिखरिन्छु
नभए अस्ति लहैलहैमा लागेर सडकमा उभिएको थियो,
ढुङ्गा हान्न बतासलाई,
बतासमा उल्टै ठोकिएर ढुङ्गा
मलाई नै घाइते पारेको थियो
नभए किन छट्पटाइरहेथ्यो एक्लै ।

वि.सं.२०७७ फागुन १५ शनिवार ०६:५० मा प्रकाशित

कविता : आमा तिमी इश्वर

कविता : आमा तिमी इश्वर

अलख निरन्जन लोहार टीकापुर , कैलाली हाल : भारत आमा...

चारु

चारु

डा. ठाकुर माेहन श्रेष्ठ,काठमाडौँ झुटो आरोप नलगाऊनु हतारमा पत्याउनेको कमी...

झिल्का कविताहरू

झिल्का कविताहरू

बाबुराम गौतम, गुल्मी १. सपना नछोड्नू कहिल्यै ताकेको लक्ष्य छुट्नसक्छ...

सुसेली : आदिकविमा समर्पित

सुसेली : आदिकविमा समर्पित

रामप्रसाद अधिकारी अजिरकोट ३ , गोरखा १ भानुका कुरा गर्नुपर्छ...

गजल

गजल

रमा खतिवडा,पोखरा खोज्छ हाँस्दै रम्न सकभर जिन्दगी बन्छ हरपल दु:खको...

कविता : हे भानु आऊ अब

कविता : हे भानु आऊ अब

विदुर अधिकारी,रामपुर, चितवन जन्म्यौ भानु असार मास दिनको, उन्तीस जाँदा...