दुष्ट बुद्धि लगाएर सताउनु बेकार हुन्छ ।
बेमौसमी बाजाहरु बजाउनु बेकार हुन्छ
दुई गिद्धको लडाइँमा मरिगएपनि एउटा
रमिते ती भेडाहरु रमाउनु बेकार हुन्छ ।
सुंगुरलेझैं स्वर्ग जाऊँ, भन्दा जान नमान्नेलाई
ज्यानै दिई आफ्नो भनी बचाउनु बेकार हुन्छ ।
बनाउ हलो,कोदालो र खुकुरीका बिंडहरु
बिनाकामको सुनको मृग,बनाउनु बेकार हुन्छ
आफ्नै घुर्यान खनीखोस्री कृषि क्रान्ति शुरु गरौं ।
राजधानीमा गई जमात, देखाउनु बेकार हुन्छ ।
वि.सं.२०७७ फागुन १५ शनिवार ०६:५३ मा प्रकाशित






























