लामो समयपछिको भेटमा पनि रमाउन नसकेको महसुस गरेपछि साथीहरूले उसलाई सोधे -‘किन, के भो, निकै अत्तालिएका छौ नि’
सम्हालिन खोज्दैथियो । तर उसको अनुहारले ऊ भित्रको छट्पटी दर्शाइरहेको थियो ।
साथीहरूले फेरि खोतले ‘भन न यार् के भो’
’केही होईन’–‘मन मिल्ने साथीहरू यसरी भेटिदा मलाई असाध्यै खुसी लागेको छ, म खुसीले गदगद छु, आफैलाई सम्हाल्न सकिरहेको छैन’ बरु भन न के थपुँ ?
यसपछि उनीहरूलाई झन् सहज भयो ।
साथीको रेस्टुरेन्टमा आएका साथीहरू रुचि अनुसारका परिकारको स्वाद लिएर सन्तुष्टि डकार्दै बाहिर निस्कने बेला हात मिलाउँदै भने, ‘हामीबाट केही सहयोग चाहिए अप्ठ्यारो नमानी भन्नु है’
उसले अनुहारमा कृत्रिम मुस्कान भर्दै मुन्टो हल्लाउँदै उनीहरुको विदाई ग¥यो र साथीहरूको स्वागतमा भएको क्षति पूर्ति गर्ने उपाय खोज्न थाल्यो ।
वि.सं.२०७७ फागुन १५ शनिवार ०७:०२ मा प्रकाशित






























