back
CTIZAN AD

कविता : उमेरका रङ्ग : समयका फिताहरुमा

वि.सं.२०७७ फागुन १५ शनिवार

1.1K 

shares

समयको बल्छीमा परेका
एक झुत्ता उमेरका रङ्गी–बिरङ्गी माछाहरु
जिन्दगीको हातबाट चिप्लिए पछि
’फुत्केको माछा ठूलो’ लागेको मात्रै न हो !
नत्र, जिन्दगीका,
सुख दुःखकाका अनेकौं रङ्गले पोतिएका
साना÷ठूला हरेक पलहरु नै रङ्गिन छन् ।

अनुभवले पाकेका
टाउकोभरिका सेता कपालहरु..
छातीमा लडिबडी खेल्ने फुलाङ्गे बाल अनि
अनुहार भरि छरिएका छिर्केमिर्के रौंहरुमा
सधैंभरि टाँसेर राख्न चहानेहरुले
सुखको महोत्सवमा ’अशुभ’ घोषणा गरेका
कालो रङ्गको महत्व
उसैलाई थाहा छ
जसको आँखाको नानीको आधा भाग
पवित्र मानिने सेतो मोतीले छोपिए पछि
वरिपरिका रङ्गिन दृष्यहरु रङ्गहीन भएका छन् ।
तर !
बाहिरी संसारमात्रै बेरङ्ग होइदिँदा
के रगतभित्रको गाडा रातो उत्तेजना पनि
फिक्का भइदिन्छ होला र ?
यदि सक्दो हो
अनुहारमा खोपिएका उमेरका सा–साना नालाहरुले
रगतको उत्तेजना रोक्न,
तब ,रगत जामिएर गाडा रातो, नीलो,कालो होइन
फिक्का हुने थिए होलान
मृतकको आँखाका फुस्रो नानी सरह । ।
फिक्का त,
उमेरको सङ्लो झरनालाई पनि
रगत जत्तिकै गाडा रातो रङ्ग देख्ने
अतृप्त काकाकुलको
कहिल्यै तृप्त नहुने तिर्खामा बास बस्दो हो
जुन तिर्खाको नाप जोख
राख्न सक्दैन समयको चिप्लो फिताले ।

वि.सं.२०७७ फागुन १५ शनिवार ०७:०४ मा प्रकाशित

कविता : आमा तिमी इश्वर

कविता : आमा तिमी इश्वर

अलख निरन्जन लोहार टीकापुर , कैलाली हाल : भारत आमा...

चारु

चारु

डा. ठाकुर माेहन श्रेष्ठ,काठमाडौँ झुटो आरोप नलगाऊनु हतारमा पत्याउनेको कमी...

झिल्का कविताहरू

झिल्का कविताहरू

बाबुराम गौतम, गुल्मी १. सपना नछोड्नू कहिल्यै ताकेको लक्ष्य छुट्नसक्छ...

सुसेली : आदिकविमा समर्पित

सुसेली : आदिकविमा समर्पित

रामप्रसाद अधिकारी अजिरकोट ३ , गोरखा १ भानुका कुरा गर्नुपर्छ...

गजल

गजल

रमा खतिवडा,पोखरा खोज्छ हाँस्दै रम्न सकभर जिन्दगी बन्छ हरपल दु:खको...

कविता : हे भानु आऊ अब

कविता : हे भानु आऊ अब

विदुर अधिकारी,रामपुर, चितवन जन्म्यौ भानु असार मास दिनको, उन्तीस जाँदा...