साच्चै नलेखेका कथामा चोटिलो पाटो थियो
मनमा दबाएका व्यथा बिष्फोट हुने पालो थियो
मैंले रुँदा हाँसे सबै साँचे ममा एकाग्रता
अल्झाउने बुझ्दै गएँ जो अड्कलेको पो थियो
कति गर्भमा नै मारिए मैले बनाएँ जिन्दगी
आमा बुवा धर्मी हुँदा अस्तित्व मेरो थियो
कुर्सी अदालतको चढेँ कानूनको पर्दा उठ्यो
आमा बुवा दोषी ठहर यो न्याय नै अन्धो थियो
रोएँ अध्याँरोमा सधैंँ हाँस्दा उज्यालो व्याप्त छ
कस्ले बुझ्यो भित्री कहर पीडा दिने सोझो थियो
बहरः रजज मुसम्मन सालिम
वि.सं.२०७७ फागुन १५ शनिवार ०७:०६ मा प्रकाशित






























