back
CTIZAN AD

एनआरएनए कान्साईद्धारा खुला कविता प्रतियोगिताको आयोजना

वि.सं.२०७७ फागुन १६ आइतवार

1.3K 

shares

१६ फागुन, काठमाडौं । एनआरएनए जापान कान्साइ क्षेत्रिय समितिले जापानव्यापी खुल्ला कविता प्रतियोगिता आयोजना गरेको छ ।

जापानमा रहेर कविता लेखनमा कलम चलाउनुहुने साहित्य प्रेमीहरुलाई हौसला प्रदान गर्ने उद्देश्य सहित प्रतियोगिता आयोजना गरिएको हो ।
प्राप्त कविताहरु मध्येबाट उत्कृष्ट ३ जना कविलाई एनआरएन कान्साइले जनही क्रमश ५०,००० यन ३०,००० यन र २०,००० यन सहित प्रमाणपत्रले सम्मान गरिने एनआरएन कान्साईका संयोजक कृष्ण शर्मा गैरेले जानकारी गराएका छन् ।

जापानमा रहेर कवितामा कलम चलाउने सम्पूर्ण स्रस्टाहरुलाई अन्तिम मिति २८, मार्च २०२१ भित्र तल दिइएको ईमेल ठेगानामा कविता पठाइ सहभागिताको लागि हार्दिक अनुरोध गरिएको छ ।

ओशाकामा अन्तराष्ट्रिय स्तरको वृहत साहित्यिक भेटघाट गर्ने योजना रहेको भएता पनि कोरोनाले त्यो सम्भव नदेखिएकोले प्रविधिको उच्चतम सदुपयोग गर्दै अन्तराष्ट्रिय साहित्य समाज तथा अन्तराष्ट्रिय साहित्य समाज जापानसँगको सल्लाह सहयोग र परार्मशबाट जापानब्यापी कविता प्रतियोगिता गर्न लागेको एनआरएन जापानको सल्लाहाकार समेत रहेका कार्यक्रम संयोजक नरेन्द्र बस्नेत (दिनेश)ले संसारन्युजलाई जानकारी दिए ।

यस्ता छन् नियमहरु
कविताको शिर्षक र बिषयबस्तु स्वतन्त्र रहनेछ

प्रतियोगितामा जापानमा स्थायी÷अस्थायी बसोबास गरेका स्रष्टाहरू मात्र सहभागि हुन पाउनेछन् ।

कविता बढिमा २०० शब्द सम्मको हुनु पर्नेछ ।

कविता यो भन्दा अगाडि कतै प्रकाशित नभएको हुनुपर्नेछ ।

उत्कृष्ट १० मा छनोट भएका कविहरुलाई अप्रिल ४ तारिक अनलाइन मार्फत कबिता बाचन गराइनेछ ।

कबिता मार्च १ देखी २८ सम्म पठाइ सक्नुपर्नेछ ।

राष्ट्रियस्तरको प्रतियोगितामा बिजयी कविले भाग लिन पाइने छैन ।

कबिता पठाउनु पर्ने ठेगानाःnrnkansaipoetry2021@gmail.com

अन्तिम मिति २८ मार्च २०२१

कविता पठाउदा आफ्नो फोन नम्बर र ठेगाना पनि अनुरोध गरिएको छ ।

No description available.

वि.सं.२०७७ फागुन १६ आइतवार १०:२३ मा प्रकाशित

कविता : आमा तिमी इश्वर

कविता : आमा तिमी इश्वर

अलख निरन्जन लोहार टीकापुर , कैलाली हाल : भारत आमा...

चारु

चारु

डा. ठाकुर माेहन श्रेष्ठ,काठमाडौँ झुटो आरोप नलगाऊनु हतारमा पत्याउनेको कमी...

झिल्का कविताहरू

झिल्का कविताहरू

बाबुराम गौतम, गुल्मी १. सपना नछोड्नू कहिल्यै ताकेको लक्ष्य छुट्नसक्छ...

सुसेली : आदिकविमा समर्पित

सुसेली : आदिकविमा समर्पित

रामप्रसाद अधिकारी अजिरकोट ३ , गोरखा १ भानुका कुरा गर्नुपर्छ...

गजल

गजल

रमा खतिवडा,पोखरा खोज्छ हाँस्दै रम्न सकभर जिन्दगी बन्छ हरपल दु:खको...

कविता : हे भानु आऊ अब

कविता : हे भानु आऊ अब

विदुर अधिकारी,रामपुर, चितवन जन्म्यौ भानु असार मास दिनको, उन्तीस जाँदा...