back
CTIZAN AD

ज्येष्ठ नागरिकसँग स्थापना दिवस

वि.सं.२०७७ फागुन १९ बुधवार

588 

shares

१९ फागुन, नवलपुर । नेपाल पत्रकार महासङ्घ नवलपुर शाखाले दोस्रो स्थापना दिवस ज्येष्ठ नागरिकसँग मनाएको छ । शाखाले मङ्गलबार वृद्धाश्रममा फलफूल वितरण गरी दोस्रो स्थापना दिवस मनाएको हो । नवलपरासी जिल्ला दुई भागमा विभाजन भएपछि नवलपरासी बर्दघाट–सुस्तापूर्वमा २०७५ फागुन १८ गते नेपाल पत्रकार महासङ्घ नवलपुर गठन गरिएको थियो ।

विसं २०७५ फागुन १८ गते स्थापना भएको शाखाले दोस्रो स्थापना दिवसको अवसर पारी कावासोतीको पिठौलीमा रहेको लक्ष्मीनारायण बृद्धाश्रममा फलफूल वितरण गरेको थियो । दिवसका अवसरमा महासङ्घ नवलपुरका अध्यक्ष होमराज रानाभाटले श्रमजीवी पत्रकारको मुद्दामा महासङ्घ सधैँ एक भएर अघि बढ्ने  बताए ।

श्रमजीवी पत्रकारका मुद्दालाई मूर्तरुप दिन सबैको साथ र एकता आवश्यक भएको भन्दै दोस्रो स्थापना दिवसले थप एकता र जनताको आवाज उठान गर्ने हौसला सबैलाई मिलोस् भन्दै  उनले शुभकामना व्यक्त गरे ।

स्थापना दिवसको कार्यक्रममा नेपाल पत्रकार महासङ्घ गण्डकी प्रदेशका कोषाध्यक्ष दीपक भट्टराईले स्थापना दिवसको दिन वृद्धाश्रममा फलफूल वितरण गरिनुले समाजमा सकारात्मक कार्यको थालनी भएको बताए । सबै खाले नागरिकको मुद्दामा कलम चलाउने पत्रकारले आगामी दिनमा पनि समाज परिवर्तनका लागि कलम चलाउनेमा आफू विश्वस्त रहेको बताए ।

महासङ्घ नवलपुर शाखाले आफ्नो पहिलो स्थापना दिवस २०७६ फागुन १८ मा मध्यविन्दु–१ को शान्ति आधारभूत विद्यालय सेतापानीमा आवासीय रुपमा अध्ययन गरिरहेका अनाथ बालबालिकाका लागि खाद्यान्न सहयोग गरी मनाएको थियो ।

कोभिड–१९ विरुद्धको खोप सुरक्षित

कोभिड–१९ विरुद्धको खोप लगाउँदा कोही पनि डराउन नपर्ने स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईंले बताएका छन् । मङ्गलबार देवचुली नगरपालिकाको दलदलेमा आयोजित ‘स्वास्थ्य समृद्धि र सुरक्षाःकोभिड–१९ खोपले गर्छ रक्षा’ विषयक अभिमुखीकरण तथा पत्रकार अन्तक्र्रिया कार्यक्रममा  चापागाईंले ढुक्क भएर कोभिडविरुद्धको खोप लगाउन आग्रह  गरे ।

नवलपुरमा आगामी फागुन २३ गतेदेखि शुरु हुने दोस्रो चरणको कोभिड–१९ विरुद्धको खोप अभियानका लागि सम्पूर्णलाई सुरक्षितका साथ भ्याक्सिन लगाउन चापागाईंले आग्रह गरे । कोभिड–१९ विरुद्धको खोपको विषयमा विभिन्न किसिमका भ्रम फैलिए पनि वास्तवमा कोरोना खोपले कुनै प्रकारको नकारात्मक असर नगर्ने चापागाईंले बताए ।

खोप लगाएपश्चात सामान्य किसिमको लक्षण देखिए पनि डराउनुपर्ने अवस्था नरहेकाले सम्पूर्णलाई खोप लगाउन उनले आग्रह  गरे । अन्तक्र्रिया मध्यविन्दु जिल्ला अस्पताल डण्डाका डा सविता लम्सालले कोरोनाविरुद्धको खोप लगाएपछि हुनसक्ने सम्भावित घटना एइएफआई व्यवस्थापन कसरी गर्ने, कोरोना खोप लगाउनु कतिको उपयुक्त हो जस्ता विभिन्न विषयमा सहजीकरण  गरेकी थिइन् ।

रासस

वि.सं.२०७७ फागुन १९ बुधवार १३:२२ मा प्रकाशित

पोखरा कलेज अफ म्यानेजमेन्टमा नमुना पत्रकार सम्मेलन

पोखरा कलेज अफ म्यानेजमेन्टमा नमुना पत्रकार सम्मेलन

काठमाडाैँ । पोखरा कलेज अफ म्यानेजमेन्टमा बिबिए आठौँ सेमेस्टरका विद्यार्थीहरूले...

वनफूलले चिटिक्कै परेको ढोरपाटनले बोलाउँदैछ पर्यटक

वनफूलले चिटिक्कै परेको ढोरपाटनले बोलाउँदैछ पर्यटक

ढोरपाटन (बागलुङ) । समथर मैदानमा फूलेका थरिथरिका फूल । कतै...

बागलुङमा बर्सेनि बढ्दै एचआइभी सङ्क्रमितको संख्या

बागलुङमा बर्सेनि बढ्दै एचआइभी सङ्क्रमितको संख्या

ढोरपाटन (बागलुङ) । बागलुङमा एचआइभी सङ्क्रमितको सङ्ख्या २२० पुगेको छ...

सेतीखोला आयोजनाबाट विद्युत् उत्पादन सुरु

सेतीखोला आयोजनाबाट विद्युत् उत्पादन सुरु

कास्की । कास्कीको पोखरा महानगरपालिका–३३ मा निर्माण सम्पन्न भएको २२...

गुरुङ समुदायको पहिचानले विस्तारित लमजुङको ग्रामीण पर्यटन

गुरुङ समुदायको पहिचानले विस्तारित लमजुङको ग्रामीण पर्यटन

जनक श्रेष्ठ, लमजुङ । कुनै समय गाउँका युवायुवती साँझपख रोधीघरमा...

१४० मेगावाटको तनहुँ जलविद्युत् आयोजनालाई छ अर्ब बजेट

१४० मेगावाटको तनहुँ जलविद्युत् आयोजनालाई छ अर्ब बजेट

दमौली (तनहुँ) । तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत्...