back

दुग्ध व्यवसायबाट आत्मनिर्भर बन्दै युवा

वि.सं.२०७३ माघ १६ आइतवार

684 

shares
IME Limited
NTC AD

१६ माघ,काभ्रे। बालुवापाटी गाविस– ९ का ३८ वर्षीय उद्धव ढकाल करिव दुई दशक अघिदेखि दूध सङ्कलन गरी बिक्री वितरण गर्दै आइरहनुभएको छ । अन्य पेसाका दाजोमा दूधको व्यापार निकै नै राम्रो भएकाले सन्तुष्ट हुनाका साथै आफूलाई रोजगार पनि मिलेको उहाँ बताउनुहुन्छ ।

“दूध सङ्कलन केन्द्र सञ्चालन गरेको निकै वर्ष बितिसक्दा मैले दूधका विषयमा धेरै जानकारी पाएको छु ”। ढकालले भन्नुहुन्छ । दैनिक झन्डै ३०० लिटर दूध सङ्कलन गर्दै आइरहनुभएको उहाँले आफ्नो प्रमुख पेसा नै दूध सङ्कलन भएको र यसबाटै रामै्र अर्थोपार्जन समेत भएको उहाँ बताउनुहुन्छ । बालुवापाटी गाविसका– १, २ र ९ नं वडाको दूध सङ्कलन गर्दै आउनुभएका ढकालले यो पेसाबाट मासिक रु ५० हजारसम्म आम्दानी हुने गरेको राससलाई बताउनुभयो ।

बालुवापाटी गाविसकै अर्का व्यापारी बद्री ढकालले पनि भारतमा दुःख पाएर फर्किसकेपछि मात्र नेपालमा नै केही गर्न सकिन्छ भन्ने ठानेर दूध सङ्कलन केन्द्र स्थापना गर्नुभएको होे । दूध व्यापार सुरु गरिसकेपछि नेपालमा नै राम्रोसँग मिहेनत गरे प्रशस्त आम्दानी गर्न सकिन्छ भन्ने धारणा आफूमा भएको उहाँले बताउनुभयो । ‘नेपालमा आएको केही समयपछि नै दूध व्यवसाय सञ्चालन गरेको हुँ र यहाँ कम मेहनतमा मनग्य आम्दानी गर्न सकेको छु ।’ उहाँले भन्नुभयो ।

बालुवापाटी गाविसका सिमानामा पर्ने नयाँगाउँ गाविस र गैरबिसौना गाविसका सिमाना र बालुवापाटी गाविस गरी दैनिक रुपमा यहाँ ६ हजार ५०० लिटर दूध दैनिक रुपमा सङ्कलन हुने गरेको छ । जसमध्ये नगरकोटमा भएका विभिन्न होटल र दुईवटा निजी क्षेत्रबाट सञ्चालित दूध चिस्यान केन्द्रमा एक हजार ५०० लिटर दूध खपत हुने गर्दछ भने बाँकी पाँच हजार लिटर दूध भक्तपुर हुँदै काठमाडाँैंसम्म पुग्ने गर्दछ ।

यो वर्ष मात्रै काभ्रे जिल्लालाई दूधमा आत्मनिर्भर जिल्लाका रुपमा घोषणा समेत गरिसकिएको छ । यस जिल्लाका प्रायः सम्पूर्ण मानिस पशुपालन गरी दूध बिक्री गर्दै आइरहेका छन् । पर्याप्त चरन क्षेत्र पशुका लागि आवश्यक कच्चा पदार्थ सहजै उपलब्ध हुने भएकाले प्राय जिल्लाका सबै घर परिवार दूध व्यवसायमा आत्मनिर्भर भएका हुन् ।

बालुवापाटी गाविसमा मात्रै ४० व्यापारीले दूध व्यवसाय सञ्चालन गर्दै आइरहेका छन् ।
काभ्रे जिल्लालाई दूधमा जस्तै मासुलगायत अन्य क्षेत्रमा पनि आत्मनिर्भर बनाउने योजना रहेको जिल्ला पशुसेवा कार्यालयले जनाएकोे छ ।

वि.सं.२०७३ माघ १६ आइतवार ०७:०८ मा प्रकाशित

खराब कर्जा बढ्दा बैंक तथा वित्तीय संस्थामा समस्याः गभर्नर पौडेल

खराब कर्जा बढ्दा बैंक तथा वित्तीय संस्थामा समस्याः गभर्नर पौडेल

काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर डा विश्वनाथ पौडेलले कृषि...

रौतहटमा लागुऔषधसहित दुई युवा पक्राउ

रौतहटमा लागुऔषधसहित दुई युवा पक्राउ

रौतहट । सशस्त्र प्रहरी बल नेपालले लागुऔषधको कारोबारमा संलग्न दुई...

लगातार छैटौं दिन पनि बढ्यो नेप्से

लगातार छैटौं दिन पनि बढ्यो नेप्से

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार...

पर्वतका रामकृष्णको बुटवलमा हयाट्रिक

पर्वतका रामकृष्णको बुटवलमा हयाट्रिक

पर्वत फलेवास नगरपालिका कुर्घाका रामकृष्ण शर्मा शनिवार साँझ बुटवलमा सम्पन्न...

नेपालमा लगानी गर्न मलेसियाका लगानीकर्तालाई आग्रह

नेपालमा लगानी गर्न मलेसियाका लगानीकर्तालाई आग्रह

काठमाडौँ । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपालको भौतिक पूर्वाधार...

एक अर्बको नागरिक स्वास्थ्य उपचार कोष स्थापना हुँदै

एक अर्बको नागरिक स्वास्थ्य उपचार कोष स्थापना हुँदै

एक अर्बको नागरिक स्वास्थ्य उपचार कोष स्थापना हुँदै गलकोट (बागलुङ)...