back
CTIZAN AD

दुग्ध व्यवसायबाट आत्मनिर्भर बन्दै युवा

वि.सं.२०७३ माघ १६ आइतवार

993 

shares

१६ माघ,काभ्रे। बालुवापाटी गाविस– ९ का ३८ वर्षीय उद्धव ढकाल करिव दुई दशक अघिदेखि दूध सङ्कलन गरी बिक्री वितरण गर्दै आइरहनुभएको छ । अन्य पेसाका दाजोमा दूधको व्यापार निकै नै राम्रो भएकाले सन्तुष्ट हुनाका साथै आफूलाई रोजगार पनि मिलेको उहाँ बताउनुहुन्छ ।

“दूध सङ्कलन केन्द्र सञ्चालन गरेको निकै वर्ष बितिसक्दा मैले दूधका विषयमा धेरै जानकारी पाएको छु ”। ढकालले भन्नुहुन्छ । दैनिक झन्डै ३०० लिटर दूध सङ्कलन गर्दै आइरहनुभएको उहाँले आफ्नो प्रमुख पेसा नै दूध सङ्कलन भएको र यसबाटै रामै्र अर्थोपार्जन समेत भएको उहाँ बताउनुहुन्छ । बालुवापाटी गाविसका– १, २ र ९ नं वडाको दूध सङ्कलन गर्दै आउनुभएका ढकालले यो पेसाबाट मासिक रु ५० हजारसम्म आम्दानी हुने गरेको राससलाई बताउनुभयो ।

बालुवापाटी गाविसकै अर्का व्यापारी बद्री ढकालले पनि भारतमा दुःख पाएर फर्किसकेपछि मात्र नेपालमा नै केही गर्न सकिन्छ भन्ने ठानेर दूध सङ्कलन केन्द्र स्थापना गर्नुभएको होे । दूध व्यापार सुरु गरिसकेपछि नेपालमा नै राम्रोसँग मिहेनत गरे प्रशस्त आम्दानी गर्न सकिन्छ भन्ने धारणा आफूमा भएको उहाँले बताउनुभयो । ‘नेपालमा आएको केही समयपछि नै दूध व्यवसाय सञ्चालन गरेको हुँ र यहाँ कम मेहनतमा मनग्य आम्दानी गर्न सकेको छु ।’ उहाँले भन्नुभयो ।

बालुवापाटी गाविसका सिमानामा पर्ने नयाँगाउँ गाविस र गैरबिसौना गाविसका सिमाना र बालुवापाटी गाविस गरी दैनिक रुपमा यहाँ ६ हजार ५०० लिटर दूध दैनिक रुपमा सङ्कलन हुने गरेको छ । जसमध्ये नगरकोटमा भएका विभिन्न होटल र दुईवटा निजी क्षेत्रबाट सञ्चालित दूध चिस्यान केन्द्रमा एक हजार ५०० लिटर दूध खपत हुने गर्दछ भने बाँकी पाँच हजार लिटर दूध भक्तपुर हुँदै काठमाडाँैंसम्म पुग्ने गर्दछ ।

यो वर्ष मात्रै काभ्रे जिल्लालाई दूधमा आत्मनिर्भर जिल्लाका रुपमा घोषणा समेत गरिसकिएको छ । यस जिल्लाका प्रायः सम्पूर्ण मानिस पशुपालन गरी दूध बिक्री गर्दै आइरहेका छन् । पर्याप्त चरन क्षेत्र पशुका लागि आवश्यक कच्चा पदार्थ सहजै उपलब्ध हुने भएकाले प्राय जिल्लाका सबै घर परिवार दूध व्यवसायमा आत्मनिर्भर भएका हुन् ।

बालुवापाटी गाविसमा मात्रै ४० व्यापारीले दूध व्यवसाय सञ्चालन गर्दै आइरहेका छन् ।
काभ्रे जिल्लालाई दूधमा जस्तै मासुलगायत अन्य क्षेत्रमा पनि आत्मनिर्भर बनाउने योजना रहेको जिल्ला पशुसेवा कार्यालयले जनाएकोे छ ।

वि.सं.२०७३ माघ १६ आइतवार ०७:०८ मा प्रकाशित

अतिरिक्त खर्च कटौती र आक्रामक बजारीकरण : नाफाको बाटोमा डिडिसी

अतिरिक्त खर्च कटौती र आक्रामक बजारीकरण : नाफाको बाटोमा डिडिसी

काठमाडौँ । स्पष्ट नीति, अनावश्यक खर्च व्यस्थापन गर्दै इमान्दारिताताका साथ...

शहरी क्षेत्रमा यसै वर्षदेखि ५जी सेवा शुरु, २०३५ सम्ममा देशभर पुर्याइने

शहरी क्षेत्रमा यसै वर्षदेखि ५जी सेवा शुरु, २०३५ सम्ममा देशभर पुर्याइने

काठमाडौँ । नेपालको दूरसञ्चार क्षेत्रलाई उच्च गतिको मोबाइल ब्रोडब्यान्डमा रूपान्तरण...

पत्रकार अमात्यको निधनप्रति महासङ्घको श्रद्धाञ्जली

पत्रकार अमात्यको निधनप्रति महासङ्घको श्रद्धाञ्जली

काठमाडौँ । नेपाल पत्रकार महासङ्घकी पूर्वकेन्द्रीय लेखा समिति सदस्य मीरा...

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

बर्दिया । महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा कमल रावतलाई प्रहरीले...

गड्यौला मल बेचेर लाखौँ आम्दानी गर्दै

गड्यौला मल बेचेर लाखौँ आम्दानी गर्दै

सर्लाही । सर्लाहीको लालबन्दीका सन्त लोप्चनले रोजगारीका लागि हुने विदेश...

ग्यास पर्याप्त, माग अस्वाभाविक

ग्यास पर्याप्त, माग अस्वाभाविक

सुदूरपश्चिम । सुदूरपश्चिममा खाना पकाउने एलपी ग्यासको अभाव भएको हल्लासँगै...