back
CTIZAN AD

तीस वर्षदेखि निरन्तर जाँतो बनाउँदै गनबहादुर

वि.सं.२०७३ माघ १६ आइतवार

1.3K 

shares

 १६ माघ,रामपुर (पाल्पा) । रामपुर नगरपालिका– १ ठूलो बेसीका ६२ वर्षीय गनबहादुर दमैले जाँतो बनाउन थालेको ३० वर्ष बित्यो । ‘जति उमेर ढल्क्यो उति जवानी चढ्यो’ भनेझै गनबहादुरलाई यो उमेरसम्म आइसक्दा पनि जाँतो बनाउने काममा निकै फूर्तिलो र हँसिलो मुद्रामा देख्न सकिन्छ ।

बिहान उठ्यो रात नपरुन्जेलसम्म ढुङ्गालाई कलात्मक तरिकाले कुदेर जाँतो बनाउने गर्दैमा उहाँलाई ठिक्क छ ।
आफ्नो युवावस्थाको जोस–जाँगर र परिश्रमलाई उहाँले जाँतो बनाउने काममा नै समर्पण गर्नुभयो ।

कालीगण्डकी नदीको किनारका ढुङ्गालाई छिनो र घनको सहायताले जाँतोको रुप दिँदै गर्दाको अवस्थामा भेटिनुभएका गनबहादुरको जोस–जाँगर र परिश्रम उमेर ढल्केपनि युवावस्थाको भन्दा कम देखिएन । उहाँले घर नजिकै रहेका खोला, नदीका किनारमा ढुङ्गा खोजेर कलात्मक शैलीमा कँुदेर जाँतो बनाउने गर्नुहुन्छ ।

हेर्दा आकर्षक र टिकाउ हुने भएपछि हिजोआज ग्राहक घरमै आएर जाँतो बनाउन अर्डर दिने गरेको गनबहादुरको भनाइ छ । “एक महिनामा पाँचवटा जाँतो बनाउने गरेको छु”—“जाँतोको माग बढ्दो तर निर्माण भने कम हुँदा सबैलाई पु¥याउन गाह्रो परेको छ” उहाँले भन्नुभयो ।

एउटा जाँतो रु तीन हजारदेखि तीन हजार ५०० सम्ममा बिक्री हुने गरेको गनबहादुरले बताउनुभयो ।

पाँच जनाको परिवार जाँतो बनाएर लालनपालन गर्दै आएको छु फुसर्द भएको बखत सिकर्मी, डकर्मी, सूचीकार, डोको नाम्लो बनाउने काम पनि गर्दछु भन्नुहुन्छ उहाँ ।

गनबहादुरले ढुङ्गालाई कुँदेर बनाएको जाँतो राम्रो र टिकाउ भएकाले गाउँमा यस्को माग बढेको हो । आधुनिक मिलको पहुँच नपुगेका गाउँमा जाँतोको माग अत्यधिक बढ्दो रहेको उहाँले बताउनुभयो ।

मकै, चामल, गेडागुडीजन्य वस्तु पिस्नका लागि गाउँघरमा पुर्खौदेखि जाँतोको प्रयोग हुँदै अएको छ । आधुनिक मिल र परम्परागत जाँतोमा पिसेको स्वादमा धेरै फरक हुने भएकाले गाउँमा कतिपयले अझैपनि जाँतोको प्रयोग गरिरहेको स्थानीय दानस मल्लले बताउनुभयो ।

पछिल्लो समय जाँतो बनाउने मान्छे कम हुनु र आधुनिक मिल गाउँघरमा प्रयोग हुन थालेपछि भने जाँतोको प्रयोग कम हुँदै गएको छ । सहर नजिकैका गाउँमा जाँतोको प्रयोग हटिसके पनि सहरदेखि टाढा र दुर्गम भेगका केही गाउँमा अझैपनि जाँतोको प्रयोग हुँदै आएको छ ।

वि.सं.२०७३ माघ १६ आइतवार ०७:२८ मा प्रकाशित

अतिरिक्त खर्च कटौती र आक्रामक बजारीकरण : नाफाको बाटोमा डिडिसी

अतिरिक्त खर्च कटौती र आक्रामक बजारीकरण : नाफाको बाटोमा डिडिसी

काठमाडौँ । स्पष्ट नीति, अनावश्यक खर्च व्यस्थापन गर्दै इमान्दारिताताका साथ...

शहरी क्षेत्रमा यसै वर्षदेखि ५जी सेवा शुरु, २०३५ सम्ममा देशभर पुर्याइने

शहरी क्षेत्रमा यसै वर्षदेखि ५जी सेवा शुरु, २०३५ सम्ममा देशभर पुर्याइने

काठमाडौँ । नेपालको दूरसञ्चार क्षेत्रलाई उच्च गतिको मोबाइल ब्रोडब्यान्डमा रूपान्तरण...

पत्रकार अमात्यको निधनप्रति महासङ्घको श्रद्धाञ्जली

पत्रकार अमात्यको निधनप्रति महासङ्घको श्रद्धाञ्जली

काठमाडौँ । नेपाल पत्रकार महासङ्घकी पूर्वकेन्द्रीय लेखा समिति सदस्य मीरा...

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

बर्दिया । महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा कमल रावतलाई प्रहरीले...

गड्यौला मल बेचेर लाखौँ आम्दानी गर्दै

गड्यौला मल बेचेर लाखौँ आम्दानी गर्दै

सर्लाही । सर्लाहीको लालबन्दीका सन्त लोप्चनले रोजगारीका लागि हुने विदेश...

ग्यास पर्याप्त, माग अस्वाभाविक

ग्यास पर्याप्त, माग अस्वाभाविक

सुदूरपश्चिम । सुदूरपश्चिममा खाना पकाउने एलपी ग्यासको अभाव भएको हल्लासँगै...