back

अप्परमाई विद्युत् आयोजना अन्तिम चरणमा

वि.सं.२०७३ माघ १६ आइतवार

1.8K 

shares

Upper_Mai_Powerhouse

इलाम, १६ माघ । मावु गाविसमा निर्माण भएको अप्परमाई हाइड्रोपावर कम्पनीको क्यासकेड आयोजनाको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । दुई महिनाभित्र विद्युत् उत्पादन गर्ने लक्ष्यका साथ ६.१ मेगावाट क्षमताको उक्त क्यासकेड द्रुत गतिमा निर्माण भइरहेको पञ्चकन्या हाइड्रोपावर कम्पनीले जनाएको छ । रु ९० करोडको लागतमा निर्माण सुरु गरिएको क्यासकेड आयोजनाको मुख्य काम पूरा भइसकेको पञ्चकन्या हाइड्रोपावर कम्पनीका प्रबन्ध निर्देशक सन्तोष प्रधानले बताउनुभयो । अप्परमाईबाट निस्किएको पानी सुलुबुङ–३ र ७ नंबाट सुरुङ र पेनस्टक पाइपबाट विद्युत् उत्पादन गरिने जनाइएको छ । अप्परमाईको पावरहाउस नजिक हेडबक्सबाट ९६० मिटरको टनेलबाट विद्युत् उत्पादनको तयारी गरिएको प्रधानले बताउनुभयो । अप्परमाई उत्पादित ९.९८ मेगावाट विद्युत् यसअघि नै उक्त करिडोरमार्फत केन्द्रीय प्रसारण लाइनमा जोडिसकिएको र क्यासकेड आयोजनाबाट समेत उत्पादित विद्युत् करिडोरमार्फत केन्द्रीय प्रसारण लाइनमा जोडिने प्रबन्ध निर्देशक प्रधानले जानकारी दिनुभयो ।

क्याम्पसले लगाएको पुराणमा पन्ध्र लाख सङ्कलन

क्याम्पस दिगो सञ्चालनका लागि दानाबारीस्थित गरूवा बहुमुखी क्याम्पसमा लगाइएको श्रीमद्भागवत धान्याञ्चल सप्ताह महायज्ञबाट रु १५ लाख सङ्कलन भएको छ ।क्याम्पसको दिगो आर्थिक स्रोत व्यवस्थापनका लागि अक्षयकोष स्थापना गर्ने उद्देश्यले आयोजना गरिएको पुराणमा रु एक हजारदेखि रु एक लाखसम्म दान गरेका छन् । पुराणबाट उठेको रकम अक्षयकोषमा जम्मा गरिने र कोषलाई रु एक करोड पु¥याउने लक्ष्य रहेको क्याम्पस प्रमुख तारानाथ खनालले बताउनुभयो । त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त उक्त क्याम्पस २०६४ सालमा स्थापना भएको हो । सो क्याम्पस अहिले विद्यार्थीबाट उठेको शुल्क, स्थानीय सामुदायिक वनबाट प्राप्त हुँदै आर्थिक सहयोग र त्रिविविबाट प्राप्त हुने रु तीन लाख ९० हजार अनुदानबाट सञ्चालन हुँदै आएको थियो ।

वि.सं.२०७३ माघ १६ आइतवार ०६:५९ मा प्रकाशित

Himalayan Life AD
चलचित्र विधेयकमा संशोधन आवश्यकः मन्त्री खरेल

चलचित्र विधेयकमा संशोधन आवश्यकः मन्त्री खरेल

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले चलचित्र विधेयक,...

कामपाद्वारा हालसम्म तीन अर्ब २२ करोडभन्दा बढी राजस्व सङ्कलन

कामपाद्वारा हालसम्म तीन अर्ब २२ करोडभन्दा बढी राजस्व सङ्कलन

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्ममा रु...

एमसिसी नेपाल कम्प्याक्ट : ५० मिलियन अमेरिकी डलर थप सहयोग सुनिश्चित

एमसिसी नेपाल कम्प्याक्ट : ५० मिलियन अमेरिकी डलर थप सहयोग सुनिश्चित

काठमाडौँ । नेपाल सरकार र संयुक्त राज्य अमेरिकी सरकारको मिलेनियम...

अरनिको राजमार्गः धुलिखेल-खावा सडक पुनःविस्तार गर्न सम्झौता

अरनिको राजमार्गः धुलिखेल-खावा सडक पुनःविस्तार गर्न सम्झौता

काभ्रेपलाञ्चोक । अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकस्थित धुलिखेल–खावा सडकखण्डको रोकिएको स्तरोन्नति योजनालाई...

राजस्व कार्यालय तुलसीपुरद्वारा ७२ करोडभन्दा बढी राजस्व संकलन

राजस्व कार्यालय तुलसीपुरद्वारा ७२ करोडभन्दा बढी राजस्व संकलन

दाङ । आन्तरिक राजस्व कार्यालय तुलसीपुरले चालु आर्थिक वर्षको चार...

शीतलहर र हिमपातको जोखिम न्यूनीकरण गर्न पूर्वतयारीमा ध्यान दिन  गृहमन्त्रीको निर्देशन

शीतलहर र हिमपातको जोखिम न्यूनीकरण गर्न पूर्वतयारीमा ध्यान दिन गृहमन्त्रीको निर्देशन

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले सङ्कटासन्न वर्ग, क्षेत्र र समुदायलाई...