back
CTIZAN AD

६० करोड लागतमा एकीकृत फोहरमैला व्यवस्थापन केन्द्र

वि.सं.२०७७ फागुन २८ शुक्रवार

723 

shares

२७ फागुन, कञ्चनपुर । भीमदत्त नगरपालिकामा रु ६० करोडको लागतमा एकीकृत फोहरमैला व्यवस्थापन केन्द्र निर्माण हुने भएको छ । एशियाली विकास बैंकको सहुलियतपूर्ण ऋण सहयोगमा सञ्चालित क्षेत्रीय शहरी विकास योजनाअन्तर्गत फोहरमैला व्यवस्थापन केन्द्र बनाउन लागिएको हो ।

आधुनिक प्रविधिको फोहरमैला व्यवस्थापन केन्द्र निर्माणका लागि राजनीतिक दल, जनप्रतिनिधि र नागरिक समाज सबैले योजना सफल बनाउने प्रतिबद्धता गरेका छन् । फोहरमैला व्यवस्थापन केन्द्र निर्माणका लागि सहजीकरण गर्न पत्रकार खेम भण्डारीको संयोजकत्वमा तीन सदस्यीय समिति चयन गरिएको छ । समितिमा गैरसरकारी संस्था महासङ्घ कञ्चनपुरका अध्यक्ष नरेश सिलाल र अधिकारकर्मी प्रभुनिधि पन्तलाई सदस्यका रूपमा राखिएको छ ।

नगरप्रमुख सुरेन्द्र विष्टले आधुनिक शहर बनाउने लक्ष्यअनुसार क्षेत्रीय शहरी विकास योजनाको २० वर्षे योजनाको पहिलो चरणअन्तर्गत फोहरमैला व्यवस्थापन केन्द्रसहित अन्य पूर्वाधार निर्माणका कार्यक्रम अगाडि बढाइएको बताए । “फोहरमैला व्यवस्थापन केन्द्र निर्माणका लागि नगरपालिकाले कार्यदल गठन गरी अघि बढेको छ”, उनले भने, “योे ठूलो योजनामा थप सहकार्य र समन्वय गर्न आवश्यक छ, त्यसैले सबै पक्षको साथसहयोगको अपेक्षा राखेका छौँ ।”

नगरपालिकाको बजार र आसपासका क्षेत्रमा अहिले दैनिक सात दशमलव २९ टन फोहर निस्कने गरेको छ । नगरपालिकाले महेन्द्रनगर बजारसहित आसपासका ७०० घरबाट फोहर सङ्कलन गर्दै आएको छ । नगरपालिकामा दीर्घकालीनरूपमा फोहर व्यवस्थापन गर्न केन्द्र बनाउन लागिएको हो । विसं २०३४ मा स्थापना गरिएको नगरपालिकामा यसअघि डम्पिङसाइट बनाउन पटक–पटक प्रयत्न गरिएको थियो । पछिल्लोपटक आधुनिक प्रविधिसहितको केन्द्र बनाएर फोहरमैला व्यवस्थापन गर्ने योजना अघि सारिएको हो ।

क्षेत्रीय शहरी विकास योजनाअन्तर्गत महेन्द्रनगर बजारसहित आसपास क्षेत्रमा रु एक अर्ब लगानीमा नालीसहितका सडक निर्माण शुरु गरिएको छ । फोहरमैला व्यवस्थापन केन्द्र र ३६ किलोमिटर आधुनिक सडक बनाउने योजना छ ।रासस

वि.सं.२०७७ फागुन २८ शुक्रवार १०:५६ मा प्रकाशित

विद्यालयबाट फर्किने क्रममा बेपत्ता बालिका खोलामा मृत भेटिइन्

विद्यालयबाट फर्किने क्रममा बेपत्ता बालिका खोलामा मृत भेटिइन्

घोडाघोडी (कैलाली) । कैलालीमा विद्यालयबाट घर फर्किने क्रममा सम्पर्कविहीन भएकी...

आम्दानीको प्रमुख माध्यम बंगुर र माछापालन

आम्दानीको प्रमुख माध्यम बंगुर र माछापालन

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–८ बेलडाँडीका तेजबहादुर चौधरीले डिउरो जातको बंगुरपालन...

पहिचान खुल्ने डरले टाढाको अस्पताल पुगेर सेवा लिन्छन् एचआइभी सङ्क्रमित

पहिचान खुल्ने डरले टाढाको अस्पताल पुगेर सेवा लिन्छन् एचआइभी सङ्क्रमित

दुर्गा देवकोटा, टीकापुर (कैलाली) । एचाइभी सङ्क्रमितलाई समाजमा अझै सम्मानजनक...

जालपादेवी केबलकारः कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

जालपादेवी केबलकारः कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

टिकाराम सुनार, सुदूरपश्चिम । माथिबाट बग्दै आएको नेपालकै लामो कर्णाली...

सैन्य अभ्यासका क्रममा एक जनाको मृत्यु

सैन्य अभ्यासका क्रममा एक जनाको मृत्यु

गोदावरी (कैलाली) । लम्कीचुहा नगरपालिका–३ स्थित गोरङ्गे ब्यारेकमा सैन्य तालिमका...

अनैतिक गतिविधिमा संलग्न रहेका भारतीयसहति २४ जना नियन्त्रणमा

अनैतिक गतिविधिमा संलग्न रहेका भारतीयसहति २४ जना नियन्त्रणमा

कैलाली। धनगढी उपमहानगरपालिका बजार क्षेत्रका विभिन्न होटलमा अनैतिक गतिविधि भइरहेको...