मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
प्रयत्न गर्दा उपलब्धि प्राप्त गर्न सकिनेछ । व्यापार, साझेदारी र सट्टापट्टामा लाभ मिल्नेछ। श्रमको उचित दाम प्राप्त हुनेछ । सञ्चित धनको उपयोग गर्दा फाइदा हुनेछ। प्रतीक्षा गरिएको काम पनि बन्नेछ । आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सकिनेछ । मिहिनेतले आर्जेको धनमाल सुरक्षामा भने विशेष सतर्कता अपनाउनुहोला । साँझतिर यात्राको प्रसंगमा केही धन खर्चनुपर्ने हुन सक्छ ।
बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ । समाजमा तारिफयोग्य काम गर्दै लोकप्रियता हासिल गर्न सकिनेछ । विभिन्न अवसरले पछ्याउनेछन् भने दिगो फाइदा हुने काममा जग बसाउने मौका छ । नाम, दाम र इनाम हातलागी हुने समय छ । मिहिनेतले सजिलै दैनिकीमा परिवर्तन ल्याउन सकिनेछ। साँझदेखि आयस्रोत बढ्नेछन् । स्रोत–साधन जुट्नाले कर्मको उचित प्रतिफल प्राप्त हुनेछ ।
मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह
न्झष्लष्काममा चुनौती सामना गर्नुपरे पनि प्रयत्न गर्दा स्थितिलाई सहज बनाउन सकिनेछ । तर उपलब्धिका लागि केही समय प्रतीक्षा गर्नुपर्ला । कामको चाप र जिम्मेवारी बढ्नेछ भने शरीरमा कमजोरी अनुभूति हुनेछ । केही विवादास्पद जिम्मेवारी समेत वहन गर्नुपर्ने हुन सक्छ । विश्वास दिलाएर झुक्याउनेहरूले सताउन सक्छन् । साँझतिर स्थितिमा सुधार आउनेछ र विभिन्न अवसर प्राप्त हुनेछन् ।
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
आकस्मिक समस्याले शरीरमा कमजोरी अनुभूति हुनेछ । परिस्थितिवश अरूका लागि अलमलिनुपर्ला । समय लागे पनि काममा केही उपलब्धि प्राप्त हुनेछ । मिहिनेतले अप्ठ्यारो समयमा पनि फाइदा दिलाउन सक्छ । सुरुमा अरूका लागि जुट्नुपरे पनि साँझदेखि सहयोगीले साथ दिनेछन् । आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् । पहिले गरेका कामबाट लाभ हुनेछ । व्यवसायमा फाइदा हुनेछ ।
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
दिन रमाइलो रहनेछ । परिवारजनको साथले नयाँ आशा जगाउनेछ । सहयोगीहरूले राम्रो साथ दिनाले चिताएका काम सम्पादन हुनेछन् । मन मिल्ने साथी भेटिनुका साथै प्रेम र मित्रताको बन्धन कसिनेछ । कामको चापबाट फुर्सद पाइनेछ । व्यापारतर्फ मनग्य फाइदा उठाउने समय छ । साँझतिर कामको चाप बढ्नेछ भने स्वास्थ्य कमजोर रहनेछ ।
कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
प्रतिस्पर्धामा उत्रनुपरे पनि विभिन्न अवसर प्राप्त हुनेछन् । व्यवसायतर्फ मनग्य लाभ हुनेछ । भौतिक साधन जुट्नाले दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ । परिस्थितिको अनुकूलताले प्रतिष्ठा जोगाउन सफल भइनेछ । मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ । साँझतिर यात्राको प्रक्रिया अघि बढ्नेछ । पुरुषार्थी काम सिद्ध गर्ने समय छ । प्रेम र मित्रताको बन्धन कसिलो हुने सम्भावना देखिन्छ ।
तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते
व्यावहारिक समस्याले महत्त्वाकांक्षी योजना स्थगन हुने देखिन्छ । मिहिनेतको नतिजा चित्तबुझ्दो नआउन सक्छ । स्वास्थ्य कमजोर रहनेछ भने कामको चाप बढ्नेछ । अप्ठ्यारा परिस्थिति सुल्झाउन जुट्नुपर्ला । परिस्थितिको चक्रमा अलमलिनुपर्दा कार्यसम्पादनमा समय लाग्नेछ । साँझतिर स्थितिमा सुधार आउनाले भविष्यप्रति आशा जाग्नेछ । पहिलेका चुनौती र समस्या पन्छाउन सफल भइनेछ ।
बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु
जिम्मेवारी प्राप्त भए पनि बेलामा होस नपुर्याउँदा दुःख पाइनेछ । समयमा निर्णय लिन नसक्दा काम बिग्रन सक्छ । बेसुरको वचनले अप्ठ्यारो पार्न सक्छ । व्यर्थैमा अरूको फाइदाका लागि उपयोग भइएला । मान्यजनको मन जित्ने प्रयत्न गर्नुहोला । परिवारजनको सहयोगले मात्र काम बनाउन सकिनेछ । साँझतिर विवादास्पद कामको जिम्मेवारी आउन सक्छ । अध्ययनमा भने सामान्य प्रगति हुनेछ ।
धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
साहसी काम गरेर अरूको मन जित्न सकिनेछ । मिहिनेतले व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । प्रतिपक्षीहरू समेत सहयोगी बन्नेछन् । कामको उच्च मूल्यांकन हुनेछ भने लगनशीलताले अवसर दिलाउनेछ । रोकिएका काम बन्नुका साथै नयाँ काम प्रारम्भ हुनेछ । व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ । साँझतिर भने पारिवारिक माहोल बिग्रनाले काम बिग्रने भयले सताउन सक्छ ।
मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
समयमा वचन पुर्याउन नसक्ता अरूले आलोचना गर्न सक्छन् । बेसुरमा बोल्ने बानीले व्यर्थैमा वादविवाद निम्त्याउन सक्छ । मिहिनेत गरीकन चिताएको मूल्य प्राप्त नहुने परिस्थिति देखिन्छ । अध्ययनमा त्यति समय दिन नसकिएला । महत्त्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्नुहोला । ठूलो उपलब्धि नभए पनि साँझतिर काम बन्नेछ । आयस्रोत बढ्नेछ भने विवादास्पद जिम्मेवारी पार लगाउन सकिनेछ ।
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द
समय लागे पनि तारिफयोग्य काम सम्पादन हुनाले प्रशंसकहरू बढ्नेछन् । विशिष्ट व्यक्तिहरूसँग भेटघाट हुनेछ । आकर्षक उपहारले उत्साह जगाउनेछ । रोकिएका काम सम्पादन हुनेछन् र नयाँ काम पाइने योग छ । पारिवारिक जमघटको आनन्द प्राप्त हुनेछ । साँझतिर भने परिस्थिति केही कमजोर रहनेछ । विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ने हुन सक्छ । परिस्थितिवश घरखर्च पनि बढ्नेछ ।
मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
भैपरी आउने खर्च बढ्नुका साथै अर्थअभावले सताउन सक्छ । फाइदाका लागि दोहोर्याएर प्रयत्न गर्नुपर्ला । व्यवसायमा लगानी बढाउनुपर्ने स्थिति आउन सक्छ । अपिरिचित व्यक्तिको विश्वास गर्दा धोका हुन सक्छ । टाढाका साथीभाइसँग सम्पर्क बढ्नेछ । बसाइको स्थानान्तरण वा टाढाको यात्रा हुने सम्भावना छ । साँझतिर स्थितमा सुधार आउनेछ भने अधुरो काम बन्नेछ र रमाइलो भेटघाट पनि हुनेछ ।
२०७७ फागुन २९ गते, शनिवार, १३ मार्च २०२१
उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४
आज शुक्रबार, राशिफल हेरेर गर्नुहोस् तपाईको आजको दिनको सुरुवात
वि.सं.२०७७ फागुन २९ शनिवार ०७:५६ मा प्रकाशित



























