back
CTIZAN AD

कविता: कलम

वि.सं.२०७७ फागुन २९ शनिवार

1.1K 

shares

तिमी लेखिरहन्छौ
आफ्नो शरीरको
निलो रगत बगाउदैँ
कसैको भावनाको
हिउँद र बर्खाहरु
कि त फुलाउछौ
कसैको बसन्तको
सुनौला सुनखरीहरु ।

तिमी लेख्छौ अनि लेखी रहन्छौ
मायाका गीतहरु,
जून र ताराहरुको प्रसंसाहरु ।

तर कैलेसम्म लेख्छौ
यी एकतर्फी भावनाका लहरहरु ?
कैलेसम्म लुकाउछौ
यथार्थका भुङ्ग्रे ज्वरोहरु
औषधिको टेब्लेट र इन्जेक्सनको
विवरणपत्रहरुले ?
कैलेसम्म फर्काइ बस्छौं
आफ्नो पिठ्यु
शोषणको तितो झापडहरुबाट
नदुख्नुको अभिनय गर्दै ?
तिम्रो सुकोमल शरीरको
धारिलो टाउकोमा
खिया नपरोस्
मधुमेहको गुलियो
रस मात्रै निचोड्दा ।

तिम्रो निलो रगतको
तमाम बलिदानी व्यर्थ नजाओस्
भ्रष्टाचारको कालो पृष्ठहरुलाई
आवद्धताको सेतोजालोले
ढाकी बस्दा
अत्याचारी कालो पैतालाहरुले
नभाँचोस् तिम्रो अमूल्य शरीरलाई ।

 

वि.सं.२०७७ फागुन २९ शनिवार ०६:५४ मा प्रकाशित

चारु

चारु

भगवती दवाडी, झापा मनभित्र उज्यालो रोप नपाल अब डर सत्यको...

सुसेली

सुसेली

अमृता रामदाम, भरतपुर २, चितवन समय घाती आयु पनि नपुग्दै...

कविता : ढाँटै राजा हुने गर्छ मेरो जाति समाजमा

कविता : ढाँटै राजा हुने गर्छ मेरो जाति समाजमा

कनकधारा स्वामी स्वदेशानन्द गुवाहाटी,असम ढाँटेकै मात्र पत्यायो मेरो जाति समाजले,...

असार १५ विशेष झिल्का कविता

असार १५ विशेष झिल्का कविता

ईश्वर साउँद(भिक्षु) रामाराेशन गापा ६ अछाम सदूरपश्चिम प्रदेश १ असारै...

कविता : पीडाका अगुल्टाहरू

कविता : पीडाका अगुल्टाहरू

भुवन शिवाकोटी “चौघरे”, काठमाडौँ बन्दुक बोकाएर लगेका मेरा बा फर्किएनन्...

गजल

गजल

अनुराग अरुण, लुभु , ललितपुर तिमी याद आयौ भने के...