back
CTIZAN AD

कविताः फरक

वि.सं.२०७७ फागुन २९ शनिवार

705 

shares

मेरा आँखामा
एउटा दृश्य बिझाइरहन्छ,

त्यो चालीसे छोरोकी
साठीकी आमा
दैनिक सापटी खोजमा
बिहान सकाउँछे,

अबुझ छोरो
थाक्दैन रिस बोकेर
भोकको ज्वालामा
पिल्सिन्छे आमा ।

वर्षौवर्षदेखि
चलिरहेको छ उहीँ सिलसिला

छोरो आधा रातसम्म भट्टीमा
अर्धचेत छ
आमा बुझ्छे–
काम खोज्दै बाबू
कहाँ कहाँ सम्म पुग्यो होला
ईश्वरमा भरोसा गर्दै,
दिप बाल्छे
रोजगारीको याचनामा
हात फैलाउँछे

मध्ये रातमाआएर छोराले
हिसाब माग्छ

आमा बुझाउँछे
सुरक्षा भत्ताको बिबरण

बस्,
यत्ति फरक छ
आमा र संन्तानमा

जिन्दगीका हरेक बिहान र साँझमा

वर्षौदेखि म
एकादेशको यही कथा आफ्नै वार्दलिबाट हेरिरहेकीछु
निरन्तर मलाई बिझाइरहेछ
यी ब्यथालाई म कथा भनेर
लेख्न पनि सक्दिन

कति फरक छ
आमा र संन्तानमा

वि.सं.२०७७ फागुन २९ शनिवार ०६:५२ मा प्रकाशित

चारु

चारु

भगवती दवाडी, झापा मनभित्र उज्यालो रोप नपाल अब डर सत्यको...

सुसेली

सुसेली

अमृता रामदाम, भरतपुर २, चितवन समय घाती आयु पनि नपुग्दै...

कविता : ढाँटै राजा हुने गर्छ मेरो जाति समाजमा

कविता : ढाँटै राजा हुने गर्छ मेरो जाति समाजमा

कनकधारा स्वामी स्वदेशानन्द गुवाहाटी,असम ढाँटेकै मात्र पत्यायो मेरो जाति समाजले,...

असार १५ विशेष झिल्का कविता

असार १५ विशेष झिल्का कविता

ईश्वर साउँद(भिक्षु) रामाराेशन गापा ६ अछाम सदूरपश्चिम प्रदेश १ असारै...

कविता : पीडाका अगुल्टाहरू

कविता : पीडाका अगुल्टाहरू

भुवन शिवाकोटी “चौघरे”, काठमाडौँ बन्दुक बोकाएर लगेका मेरा बा फर्किएनन्...

गजल

गजल

अनुराग अरुण, लुभु , ललितपुर तिमी याद आयौ भने के...